< Zaburi 79 >

1 Zaburi ya Asafu. Mungu, Mataifa ya kigeni yameingia kwenye urithi wako; wamelinajisi hekalu lako takatifu; wameigeuza Yerusalemu kuwa chungu cha magofu.
हे परमेश्‍वर, विदेशी जातिहरू तपाईंको उत्तराधिकारमा आएका छन् । तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र तुल्याएका छन् । तिनीहरूले यरूशलेमलाई भग्‍नावशेषको थुप्रो बनाएका छन् ।
2 Wamezitoa maiti za watumishi wako ziwe chakula cha ndege wa angani, miili ya watakatifu wako iwe chakula cha wanyama wa nchi.
तपाईंका सेवकहरूका लासहरू तिनीहरूले आकाशका चराहरूका खानाको रूपमा, तपाईंका विश्‍वासयोग्य मानिसहरूका शरीरहरूलाई पृथ्वीका जङ्गली पशुहरूलाई दिएका छन् ।
3 Wamemwaga damu zao kama maji sehemu zote za Yesrusalemu, na hakuwepo wa kuwazika.
तिनीहरूले यरूशलेमको चारैतिर उनीहरूका रगत पानीझैं बगाएका छन् र तिनीहरूको दफन गर्ने त्‍यहाँ कोही भएन ।
4 Sisi tumekuwa aibu kwa majirani zetu, tukidhihakiwa na kuzomewa na wale wanaotuzunguka.
हाम्रा छिमेकीको निम्ति निन्दा र हाम्रा वरिपरि भएकाहरूका निम्ति खिसी र उपहास हामी बनेका छौं ।
5 Mpaka lini Yahwe? Utabaki kuwa na hasira milele? Ni kwa muda gani hasira yako ya wivu itawaka kama moto?
हे परमप्रभु कहिलेसम्म? के तपाईं सदासर्वदा रिसाउनुहुनेछ? कहिलेसम्म तपाईंको डाही रिस आगोझैं जलिरहनेछ?
6 Mwaga hasira yako juu ya mataifa ambayo hayakujui wewe na ufalme ambao hauliiti jina lako.
तपाईंलाई नचिन्‍ने जातिहरूमाथि र तपाईंको नाउँ पुकारा नगर्ने राज्यहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् ।
7 Kwa maana walimvamia Yakobo na waliharibu kijiji chake.
किनकि तिनीहरूले याकूबलाई निलेका र त्‍यसका गाउँहरूलाई नाश पारेका छन् ।
8 Usiendelee kukumbuka dhambi za baba zetu dhidi yetu; matendo yako ya huruma yaje kwetu, maana tuko chini.
हाम्रा पुर्खाहरूका पापहरू हाम्रा विरुद्धमा नलिनुहोस् । तपाईंका कृपापूर्ण कामहरू हामीकहाँ आऊन्, किनकि हामी धेरै निम्‍न छौं ।
9 Utusaidie, Mungu wa wokovu wetu, kwa ajili ya utukufu wa jina lako; utuokoe na usamehe dhambi zetu kwa ajili ya jina lako.
हे हाम्रा उद्धारका परमेश्‍वर, तपाईंको नाउँको महिमाको खातिर हामीलाई सहायता गर्नुहोस् । तपाईंको नाउँको खातिर हामीलाई बचाउनुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस् ।
10 Kwa nini mataifa yalazimike kusema, “Mungu wao yuko wapi?” Damu ya watumishi wako ambayo ilimwagwa na ilipize kisasi juu ya mataifa mbele ya macho yako.
जातिहरूले किन यसो भन्‍ने “तिनीहरूका परमेश्‍वर खोइ कहाँ छ?” तपाईंका सेवकहरूका रगत बगाइएको बदला जातिहरूमाथि हाम्रै सामु लिनुहोस् ।
11 Kilio cha wafungwa na kije mbele zako; kwa uweza wa nguvu zako uwaweke ai wana wa mauti.
कैदीहरूका सुस्‍केरा तपाईंको सामु आओस् । तपाईंको शक्तिको महान्‌ताले मृत्युका सन्तानहरूलाई जीवित राख्‍नुहोस् ।
12 Uwalipize majirani zetu vifuani mwao mara saba zaidi ya walivyo kutukana wewe, Bwana.
हे परमप्रभु, छिमेकी देशहरूले तपाईंलाई जति अपमान गरेका छन् त्यसको सात गुणा बढी बदला तिनीहरूसँग लिनुहोस् ।
13 Hivyo sisi watu wako na kondoo wa malisho yako tutakushukuru milele. Tutazisimulia sifa zako kwa vizazi vyote.
यसरी हामी तपाईंका मानिसहरू र तपाईंका खर्कका भेडाहरूले तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछौं । तपाईंको प्रशंसा सबै पुस्तालाई हामी बताउनेछौं ।

< Zaburi 79 >