< Zaburi 52 >

1 Kwa nini wewe unajivunia kufanya uovu, wewe mtu mwenye nguvu? Uaminifu wa agano la Mungu huja kila siku.
हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्‍वरको करारको विश्‍वस्‍तता हरेक दिन आउँछ ।
2 Ulimi wako hupanga uharibifu kama wembe mkali, na kufanya udanganyifu.
छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।
3 Wewe unapenda uovu kuliko wema na udanganifu kuliko kuongea haki. (Selah)
तिमीले असलभन्दा खराब र धार्मिकताभन्दा झुट बोल्न रुचाउँछौ । सेला
4 Wewe hupenda maneno ambayo huwaumiza wengine, wewe ulimi mdanganyifu.
तँ चली जिब्रो, तँ अरूलाई निल्ने सबै कुराहरू रुचाउँछस् ।
5 Vivyo hivyo Mungu atakuadhibu wewe milele; yeye atakuchukua na kukuondoa katika hema yako na kukung'oa katika ardhi ya uhai. (Selah)
परमेश्‍वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्‍ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
6 Wenye haki pia wataona na kuogopa; watamcheka na kusema,
धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,
7 “Tazama, huyu ni mtu ambaye hakumfanya Mungu kuwa kimbilio lake la usalama, bali aliamini katika wingi wa mali zake, naye alikuwa na nguvu alipowaharibu wengine.”
“हेर, यो मानिसले परमेश्‍वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्‍ततामा भरोसा गर्‍यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
8 Lakini kwangu mimi, niko kama mti bora wa mzeituni katika nyumba ya Mungu; Nami nitaamini uaminifu wa agano la Mungu milele na milele.
तर मेरो बारेमा, परमेश्‍वरको मन्‍दिरमा म हरियो जैतूनको रूखजस्तो छु । म परमेश्‍वरको करारको विश्‍वस्‍ततामा सदासर्वदा भरोसा गर्नेछु ।
9 Nitakushukuru wewe daima kwa uliyo tenda. Nitalisubiri jina lako, kwa sababu ni zuri, uweponi mwa wantu wako wa kimungu.
तपाईंले जे गर्नुभएको छ त्‍यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्‍तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।

< Zaburi 52 >