< Zaburi 48 >
1 Yahwe ndiye aliye mkuu na mwenyekusifiwa sana, katika mji wa Mungu wetu kwenye mlima wake mtakatifu.
परमप्रभु महान् हुनुहुन्छ र हाम्रा परमेश्वरको सहर उहाँको पवित्र पर्वतमा ज्यादै धेरै प्रशंसा हुनुपर्छ ।
2 Ni mzuri katika mwinuko wake, furaha ya nchi yote, ni mlima Sayuni, kwenye upande wa kaskazini, mji wa Mfalme mkuu.
महान् राजाको सहरको उत्तरमा अवस्थित सियोन पर्वत उच्च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।
3 Mungu amejifunua mwenyewe katika jumba lake la kifahari kama kimbilio la usalama.
त्यसका दरबारहरूमा परमेश्वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।
4 Maana, tazama, wafalme walikusanyika wenyewe; wote pamoja walipita.
हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे ।
5 Nao waliuona, wakashangaa; walifadhaika, na wakaharakisha kuondoka.
जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।
6 Pale pale tetemeko liliwashikilia, maumivu makali kama mwanamke anaye zaa.
कम्पले तिनीहरूलाई समात्यो, प्रसव वेदना परेकी स्त्रीझैं पीडित भए ।
7 Kwa upepo wa mashariki wewe huivunja meli ya Tarshishi.
पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।
8 Kama tulivyo sikia, vivyo hivyo tumeona katika mji wa Yahwe wa majeshi, katika mji wa Mungu wetu; Mungu atautunza milele. (Selah)
सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला
9 Tumeutafakari uaminifu wa agano lako, Mungu, katikati ya hekalu lako.
हे परमेश्वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्वस्तताका बारेमा विचार गरेका छौं ।
10 Kama lilivyo jina lako, Mungu, hivyo ndivyo zilivyo sifa zako mpaka miisho ya dunia; mkono wako wa kuume umejaa haki.
हे परमेश्वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।
11 Milma Sayuni na ufurahi, nao wana wa Yuda washangilie kwa sababu ya amri ya haki yako.
तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्दित होऊन् ।
12 Tembeeni katika Mlima Sayuni, muuzungukie mji,
सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्ती गर,
13 mzitazame kwa makini nguzo zake, na mtazame majumba yake ya kifahari ili kwamba muweze kuwasimulia kizazi kijacho.
त्यसका पर्खालहरू ध्यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्छौ ।
14 Kwa kuwa huyu Mungu ni Mungu wetu milele na milele; naye atakuwa kiongozi wetu mpaka kufa.
किनकि यही परमेश्वर सदासर्वदा हाम्रा परमेश्वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।