< Zaburi 39 >
1 Niliamua, “Nitakuwa mwangalifu kwa kile nisemacho ili kwamba nisitende dhambi kwa ulimi wangu. Nitaufumba mdomo wangu niwapo uweponi mwa mtu mwovu.”
मैले निर्णय गरें, “म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्नो मुखलाई चूप राख्नेछु ।”
2 Nilikaa kimya; Nilizuia maneno yangu hata kuongea lolote zuri, na maumivu yangu yalizidi sana.
म शान्त बसें । कुनै असल कुरा भन्नलाई पनि मैले आफ्नो मुख खोलिनँ र मेरो दुःख झन् बढी भयो ।
3 Moyo wangu ukawaka moto; nilipoyatafakari mambo haya, yaliniunguza kama moto. Ndipo mwishowe niliongea.
मेरो हृदय तातो भयो । जब मैले यी कुराका बारेमा विचार गरें, तब त्यो आगोझैं बल्यो । तब अन्तमा मैले बोलें ।
4 Yahwe, unijulishe ni lini utakuwa mwisho wa maisha yangu na kiwango cha siku zangu. Unioneshe jinsi maisha yangu yalivyo mafupi.
“हे परमप्रभु, मेरो जीवनको अन्त कहिले हुन्छ र मेरो समय कहिलेसम्म छ सो मलाई जान्न दिनुहोस् । म कति क्षणिक छु भनी मलाई देखाउनुहोस् ।
5 Tazama, wewe umezifanya siku zangu kama upana wa kiganja changu tu, sikuzangu za kuishi ni kama si kitu mbele zako. Hakika kila mtu ana pumzi moja. (Selah)
हेर्नुहोस्, तपाईंले मेरो समय मेरो हातको बित्ताभरिको मात्र बनाउनुभएको छ र मेरो जीवनकाल तपाईंको सामु केही पनि होइन । निश्चय नै, हरेक मानिस एक सास मात्र हो । सेला
6 Hakika kila mtu hutembea kama kivuli. Hakika kila mmoja hufanya haraka kuhusu kukusaya utajiri ingawa hawajui ni nani atazipokea.
निश्चय नै हरेक मानिस छाया झैं हिंड्डुल गर्छ । निश्चय नै हरेक व्यक्ति धन थुपार्न हतार गर्छ, तापनि ति कसले पाउनेछ भनी तिनीहरू जान्दैनन् ।
7 Sasa, Bwana, ninasubiri kwa ajili ya nini? Wewe ni tumaini langu pekee.
हे परमप्रभु, म के पर्खिरहेको छु? मेरो एक मात्र आसा तपाईं हुनुहुन्छ ।
8 Uniokoe na dhambi zangu; usinifanye laumu ya wabumbavu.
मेरा पापहरूबाट मलाई बचाउनुहोस् । मलाई मूर्खहरूको निन्दा नबाउनुहोस् ।
9 Niko kimya na siwezi kufungua mdomo wangu, kwa sababu ni wewe ndiwe umefanya hivyo.
म शान्त छु र मेरो मुख खोल्न सक्दिनँ, किनभने त्यो गर्ने तपाईं नै हुनुहुन्छ ।
10 Acha kunijeruhi; nimezidiwa na pigo la mkono wako.
मलाई चोट दिन छोड्नुहोस् । तपाईंको हातको मुक्काले म विह्वल भएको छु ।
11 Wewe unapowaadhibu watu kwa ajili ya dhambi, huvila kama nondo vitu vyao wavitamanivyo; hakika watu si kitu bali mvuke. Serah
जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्ट पार्नुहुन्छ । निश्चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
12 Sikia maombi yangu, Yahwe, na unisikilize; usikie kilio changu! Usiwe kiziwi kwangu, kwa maana niko kama mgeni pamoja nawe, kimbilio langu la usalama kama mababu zangu walivyokuwa.
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् र मेरो कुरामा ध्यान दिनुहोस् । मेरो रोदन सुन्नुहोस् । मेरो कुरामा बहिरो नहुनुहोस्, किनकि तपाईंसँग म विदेशीजस्तै, मेरा सबै पुर्खाजस्तै एक जना शरणार्थी हुँ ।
13 Geuzia furaha yako kwangu ili kwamba niweze kutabasamu kabla sijafa.
मबाट तपाईंको हेराइलाई हटाउनुहोस् ताकि म मर्नअघि म फेरि मुसुक्क हाँस्न सकौं।