< Zaburi 36 >
1 Dhambi hunena kama unabii katika moyo wa mwovu; machoni mwake hamna hofu ya Mungu.
खराब मानिसले आफ्नो हृदयभित्र आफ्नो अपराधको बारेमा बोल्छ, त्यसका आँखामा परमेश्वरको भय नै हुँदैन ।
2 Kwa maana yeye hujifariji mwenyewe, akifikiria kuwa dhambi zake hazitagundulika na kuchukiwa.
किनकि त्यसको पाप थाहा हुनेछैन र घृणित हुनेछैन भनी सोचेर त्यसले आफैलाई सान्त्वना दिन्छ ।
3 Maneno yake ni yenye dhambi na udanganyifu; hataki kuwa mwenye hekima na kutenda mema.
त्यसका शब्दहरू पापी र छली छन् । त्यसले बुद्धिमान हुने र असल गर्ने इच्छा गर्दैन ।
4 Alalapo kitandani, hupanga namna ya kutenda dhambi; yeye hukaa nje kwenye nja ya uovu; yeye hakatai uovu.
त्यो ओछ्यानमा पल्टिंदा, त्यसले पाप गर्ने उपायहरूका योजना बनाउँछ । त्यो दुष्ट मार्गतिर लाग्छ । त्यसले खराबीलाई इन्कार गर्दैन ।
5 Uaminifu wa agano lako, Yahwe, unafika mbinguni; uaminifu wako unafika mawinguni.
हे परमप्रभु, तपाईंको करारको विश्वस्तता आकाशसम्म नै पुग्छ । तपाईंको निष्ठा बादलसम्म पुग्छ ।
6 Haki yako ni kama milima ya Mungu; hukumu yako ni kama kina kirefu. Yahwe, wewe huwahifadhi wote wanadamu na wanyama.
तपाईंको धार्मिकता परमेश्वरको पर्वतजस्तो छ । तपाईंका न्यायहरू गहिरा सागरजस्ता छन् । हे परमप्रभु, तपाईंले मानवजाति र पशुहरू दुवैको सुरक्षा गर्नुहुन्छ ।
7 Ni jinsi gani uaminifu wa aganao lako ni wa thamani, Mungu! Watu hukimbilia usalama chini ya uvuli wa mbawa zako.
हे परमेश्वर, तपाईंको करारको विश्वस्तता कति मूल्यवान छ! तपाईंको पखेटाहरूका छायामुनि मानवजातिले शरण लिन्छ ।
8 Nao watatoshelezwa tele na utajiri wa chakula nyumbani mwako; utawafanya wanywe kutoka katika mto wa baraka zako za thamani.
तपाईंको मन्दिरको प्रशस्ततामा तिनीहरूले भोज गर्छन् तपाईंको खुसीको नदीबाट तपाईंले तिनीहरूलाई पिउन दिनुहुन्छ ।
9 Kwa kuwa mna chemichemi ya uzima; na katika mwanga wako tutaiona nuru.
किनकि तपाईंसँग जीवनको मूल छ । तपाईंको ज्योतिमा हामीले प्रकाश देख्नेछौं ।
10 Uupanue uaminifu wa agano lako kikamilifu kwa wale wanao kujua wewe, ulinzi wako uwe juu ya wanyoofu wa moyo.
तपाईंलाई चिन्नेहरूलाई तपाईंको करारको विश्वस्तता, र हृदय सोझो हुनेहरूलाई तपाईंको रक्षा पूर्ण रूपले फैलाउनुहोस् ।
11 Usiuache mguu wa mwenye kiburi unisogelee. Usiiache mkono wa mwovu unitoweshe.
अहङ्कारी मानिसको पाइला मेरो नजिक आउन नदिनुहोस् । दुष्टका हातले मलाई खेद्न नदिनुहोस् ।
12 Kule wafanyao maovu wameanguka; wameharibiwa hawawezi kuinuka.
त्यहाँ खराबी गर्नेहरू ढलेका छन् । तिनीहरूलाई पछारिएको छ र उठ्न सक्दैनन् ।