< Zaburi 31 >

1 Kwa kiongozi wa muziki. Zaburi ya Daudi. In wewe, Yahwe, nakimbilia usalama; usiniache niaibishwe. Katika haki yako uniokoe.
हे परमप्रभु, तपाईंमा म शरण लिन्छु । मलाई कदापि अपमानित हुन नदिनुहोस् । तपाईंको धार्मिकतामा मलाई बचाउनुहोस् ।
2 Unisikie; uniokoe haraka; uwe mwamba wangu wa usalama, ngome ya kuniokoa.
मेरो पुकार सुन्‍नुहोस् । मलाई तुरुन्‍तै बचाउनुहोस् । मेरो शरणको चट्टान अर्थात् मलाई बचाउने किल्ला हुनुहोस् ।
3 Kwa kuwa wewe ni mwamba wangu na ngome yangu; kwa hiyo kwa ajili ya jina lako, uniongoze na unielekeze.
किनकि तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ । यसकारण तपाईंको नाउँको खातिर मलाई डोर्‍याउनुहोस् र बाटो देखाउनुहोस् ।
4 Unitoe katika mtego ambao wameuficha kwa ajili yangu, kwa kuwa wewe ni usalama wangu.
तिनीहरूले मेरो निम्ति लुकाएर थपेका जालबाट मलाई तानेर निकाल्नुहोस्, किनकि तपाईं मेरो शरणस्थान हुनुहुन्छ ।
5 Mikononi mwako naikabidhi roho yangu; nawe utaniokoa, Yahwe, mwenye kuaminika.
मेरो आत्मा म तपाईंको हातमा सुम्पिन्छु । हे परमप्रभु, विश्‍वासनीयताको परमेश्‍वर, तपाईंले मलाई उद्धार गर्नुहुनेछ ।
6 Ninawachukia wale wanaotumikia miungu isiyo na maana, bali ninaamini katika Yahwe.
व्‍यर्थका मूर्तीहरूको सेवा गर्नेहरूलाई म घृणा गर्छु, तर म परमप्रभुमा भरोसा गर्छु ।
7 Nitafurahi na kushangilia katika uaminifu wa agano lako, kwa kuwa uliyaona mateso yangu; wewe uliijua dhiki ya moyo wangu.
तपाईंको करारको विश्‍वस्‍ततामा म खुसी र आनन्‍दित हुनेछु, किनकि तपाईंले मेरो कष्‍ट देख्‍नुभयो । मेरो प्राणको कष्‍ट तपाईंले थाहा पाउनुभयो ।
8 Wewe haujaniweka kwenye mkono wa maadui zangu. Nawe umeiweka miguu yangu mahali pa wazi papana.
तपाईंले मलाई मेरो शत्रुको हातमा दिनुभएको छैन । तपाईंले मेरा खुट्टाहरूलाई चौडा खुल्ला ठाउँमा राख्‍नुभएको छ ।
9 Uniurumie, Yahwe, kwa maana niko katika dhiki; macho yangu yanafifia kwa huzuni pamoja na moyo wangu na mwili wangu.
हे परमप्रभु, ममाथि दया गर्नुहोस्, किनकि म कष्‍टमा परेको छु । मेरो प्राण र मेरो शरीरको दुःखसँगै मेरा आँखाहरू थकित हुन्छ ।
10 Kwa kuwa maisha yangu yamechoshwa kwa huzuni na miaka yangu kwa kuugua kwangu. Nimekuwa dhaifu kwa sababu ya dhambi zangu, na mifupa yangu inachakaa.
किनकि मेरो जीवन कष्‍टले र मेरा वर्षहरू शोकले थकित छ । मेरो पापको कारणले मेरो बल सकिन्‍छ र मेरा हाडहरू खिइन्‍छन् ।
11 Kwa sababu ya maadui zangu wote, watu wananibeza; majirani zangu wanaishangaa hali yangu, na wale wanao nifahamu wanashtuka. Wale wanionao mitaani hunikimbia.
मेरा सबै शत्रुका कारणले मानिसहरूले मलाई घृणा गर्छन् । मेरो स्‍थिति हेरेर मेरा छिमेकीहरू डराउँन् र मलाई चिन्‍नेहरू भयभीत हुन्छन् । मलाई बाटोमा देख्‍नेहरू मदेखि भाग्छन् ।
12 Nimesahaulika kama mtu aliye kufa ambaye hakuna mtu anaye mfikiria. Niko kama chungu kilicho pasuka.
मरेको मानिसलाई झैं मलाई भुलिएको जसलाई कसैले विचार गर्दैन । म फुटेको भाँडोजस्तै छु ।
13 Kwa maana nimesikia minong'ono ya wengi, habari za kutisha kutoka pande zote kwa pamoja wamepanga njama kinyume na mimi. Wao wanapanga njama ya kuniua.
किनकि मैले धेरै जनाको कानेखुसी, तिनीहरूले एकसाथ मेरो विरुद्ध षड्यान्त्र गर्दा चारैतिरबाट डरलाग्‍दो खबर मैले सुनेको छु । मेरो ज्यान लिन तिनीहरूले षड्यान्त्र गर्छन् ।
14 Bali mimi ninakuamini wewe, Yahwe; Ninasema, “Wewe ni Mungu wangu.”
तर हे परमप्रभु, म तपाईंमा भरोसा गर्छु । म भन्छु, “तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ ।”
15 Hatima yangu iko mikononi mwako. Uniokoe mikononi mwa maadui zangu na wale wanao nifukuzia.
मेरा समयहरू तपाईंका हातमा छन् । मेरा शत्रुहरू र मलाई खेद्‍नेहरूका हातबाट मलाई बचाउनुहोस् ।
16 Nuru ya uso wako imuangazie mtumishi wako; uniokoe katika uaminifu wa agano lako.
आफ्नो दासमाथि तपाईंको मुहार चम्काउनुहोस् । तपाईंको करारको विश्‍वस्‍ततामा मलाई बचाउनुहोस् ।
17 Usiniache niaibishwe, Yahwe; kwa maana ninakuita wewe! Waovu waaibishwe! Na wanyamaze kimya kuzimuni. (Sheol h7585)
हे परमप्रभु, मलाई अपमानिसत हुन नदिनुहोस् । किनकि म तपाईंमा पुकारा गर्छु । दुष्‍टहरू अपमानित होऊन्! तिनीहरू चिहानमा शान्‍त होऊन्! (Sheol h7585)
18 Na inyamazishwe midomo midanganyifu ambayo husema maneno mabaya kuhusu watu wenye haki huku wakiwa na kiburi na dharau.
धर्मीहरूका विरुद्धमा अहङ्कार र घृणासहित उपेक्षित रूपले बोल्ने ओठहरू चूप होऊन् ।
19 Uzuri wako ni wa namna gani nao umeuhifadhii kwa ajili ya wale wanao kuheshimu sana, ambao wewe huufanya kwa ajili ya wale ambao hukimbilia kwako kwa ajili ya usalama mbele ya watoto wote wa wanadamu!
तपाईंको आदर गर्नेहरूका निम्‍ति तपाईंले सन्‍चित गर्नुभएको तपाईंको भलाइ कति महान् छ । त्‍यो तपाईंमा शरण लिनेहरूका निम्ति मानवजातिका सारा सन्तानका सामु तपाईंले प्रदर्शन गर्नुहुन्छ ।
20 Katika makao ya uwepo wako, wewe huwaficha mbali na njama za watu. Wewe huwaficha mahali salama na ndimi zenye vurugu.
तपाईंको उपस्थितिको छत्रछायामा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ । जिब्राहरूका हिंसाबाट तपाईंले तिनीहरूलाई छत्रछायामा लुकाउनुहुन्छ ।
21 Atukuzwe Yahwe, kwa maana yeye alinionesha maajabu ya uaminifu wa agano lake mahali nilipoishi.
परमप्रभु धन्यको होऊन्, किनकि म घेराबन्दीको सहरमा हुँदा उहाँले मलाई आफ्‍नो अचम्‍मको करारको विश्‍वस्‍तता दर्शाउनुभयो ।
22 Ingawa kwa haraka zangu nilisema, “Nimeondolewa machoni pako,” bali wewe ulisikia kusihi kwangu nilipokulilia wewe.
मैले हतारमा यसो भनें, “तपाईंको दृष्‍टिबाट म हटाइएको छु,” तापनि मैले तपाईंलमा पुकारा गर्दा, तपाईंले मेरो बिन्ती सुन्‍नुभयो ।
23 Enyi wafuasi waaminifu, mpendeni Yahwe, Yahwe huwalinda waaminifu, lakini huwalipa wakaidi ipasavyo.
ए सबै विश्‍वासयोग्‍य अनुयायीहरू हो, परमप्रभुलाई प्रेम गर । परमप्रभुले विश्‍वासयोग्‍यलाई सुरक्षा दिनुहुन्छ । तर उहाँले अहङ्कारीलाई पूरा बदला लिनुहुन्‍छ ।
24 Iweni imara na jasiri, ninyi nyote mnao mwamini Mungu kuwasaidia.
ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।

< Zaburi 31 >