< Zaburi 28 >
1 Yahwe, ninalia; mwamba wangu, usinipuuze. Ikiwa haunijibu, nitaungana na wale waendao chini kaburini.
हे परमप्रभु, तपाईंमा नै म पुकारा गर्छु । हे मेरो चट्टान, मलाई बेवास्ता नगर्नुहोस् । तपाईंले मलाई जवाफ दिनुभएन भने, चिहानमा जानेहरूसँग म सहभागी हुनेछु ।
2 Sikia kilio cha kusihi kwangu pale niitapo msaada kutoka kwako, niinuapo mikono yangu mbele ya mahali patakatifu zaidi!
तपाईंबाट सहायताको निम्ति मैले पुकारा गर्दा, तपाईंको महापवित्र स्थानतिर मैले आफ्ना हातहरू उचाल्दा मेरो बिन्तिको सोर सुन्नुहोस् ।
3 Usiniburute pamoja na waovu, wale wafanyao uovu, waongeao amani na majirani zao lakini mioyoni mwao mna uovu.
अधर्म गर्ने दुष्टहरूसँगै मलाई टाढा नलानुहोस्, जसले आफ्ना छिमेकीहरूसँग शान्तिका कुरा गर्छन् तर आफ्ना हृदयहरूमा खराबी हुन्छ ।
4 Uwape kulingana na sitahili ya matendo yao na uwalipe kulingana na madai ya maovu yao, uwalipe kwa ajili ya kazi ya mikono yao na uwape kile wanachostahili.
तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।
5 Kwa sababu hawayaelewi matendo ya Yahwe wala kazi ya mikono yake, atawakanyaga kanyaga chini na hata wajenga tena wao.
किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।
6 Abarikiwe Yahwe kwa sababu yeye amesikia sauti ya kusihi kwangu!
परमप्रभु धन्यको होऊन् किनभने उहाँले मेरो बिन्तिको सोर सुन्नुभएको छ ।
7 Yahwe ni nguvu yangu na ngao yangu; moyo wangu wa humwamini yeye, na ninasaidiwa. Kwa hiyo moyo wangu hufurahia sana, nami nitamsifu yeye kwa kuimba.
परमप्रभु मेरो बल र मेरो ढाल हुनुहुन्छ । मेरो हृदयले उहाँमा भरोसा गर्छ र मलाई मदत भयो । यसकारण मेरो हृदय साह्रै आनन्दित हुन्छ र गाउँदै उहाँको म प्रशंसा गर्नेछु ।
8 Yahwe ni nguvu ya watu wake, naye ni mkombozi salama wa wapakwa mafuta wake.
परमप्रभु आफ्ना मानिसहरूका बल हुनुहुन्छ, अनि उहाँ आफ्नो अभीषिक्त जनलाई बचाउने शरणस्थान हुनुहुन्छ ।
9 Uwaokoe watu wako na uwabariki warithi wako. Uwe mchungaji wao na uwabebe milele.
आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष् दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्नुहोस् ।