< Zaburi 16 >

1 Unilinde, Mungu, kwa kuwa nakimbilia kwako kwa ajili ya usalama.
हे परमेश्‍वर, मेरो रक्षा गर्नुहोस्, किनकि म तपाईंमा शरण लिन्छु ।
2 Nami ninasema kwa Yahwe, “Wewe ni Bwana wangu; wema wangu ni bure pasipo wewe.
म परमप्रभुलाई भन्छु, “तपाईं मेरो परमप्रभु हुनुहुन्छ; तपाईंबाहेक मेरो असल कुरा केही छैन ।
3 Kama kwa watakatifu walioko duniani, ndio walio bora; furaha yangu yote iko kwao.
पृथ्वीमा भएका पवित्र मानिसहरूका बारेमा, तिनीहरू सज्‍जन मानिसहरू हुन् । मेरा सबै खुसी तिनीहरूमा नै छ ।
4 Taabu yao itaongezeka, wale watafutao miungu mingine. Sitamimina sadaka ya damu kwa miungu yao. Wala kuyainua majina yao kwa midomo yao.
तिनीहरू जसले अरू ईश्‍वरहरूको खोजी गर्छन्, तिनीहरूका कष्‍टहरू बढ्‍नेछन् । तिनीहरूका ईश्‍वरहरूलाई रगतको अर्घबलि म चढाउनेछैन वा मेरा ओठहरूले तिनीहरूका नाउँहरू लिनेछैन ।
5 Yahwe, wewe ni sehemu ya chaguo langu na kikombe changu. Unaishikilia kesho yangu.
हे परमप्रभु, तपाईं मेरो चुनिएको हिस्सा र मेरो कचौरा हुनुहुन्छ । तपाईंले मेरो भाग राख्‍नुहुन्छ ।
6 Mistari iliyo pimwa imelelazwa mahari pa kufurahisha kwa ajili yangu; hakika urithi ufurahishao ni wangu.
रमणीय ठाउँहरूमा मेरो निम्ति नापका रेखाहरू राखिएका छन् । निश्‍चय नै मनोहर उत्तराधिकार मरै हो ।
7 Nitakubariki Yahwe, wewe unishauliye; hata wakati wa usiku akili zangu za nielekeza.
मलाई सल्‍लाह दिनुहुने परमप्रभुलाई म धन्‍यको भन्‍नेछु । रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ ।
8 Nimemuweka Yahwe mbele yangu kila wakati, ili nisitikisike kutoka mkono wake wa kuume.
हर समय म परमप्रभुलाई नै मेरो सामु राख्छु, त्यसरी म उहाँको दाहिने हातबाट डग्‍नेछैन ।
9 Kwa hiyo moyo wangu unafuraha, utukufu wangu washangilia. Hakika nitaishi katika usalama.
यसकारण मेरो हृदय खुसी छ । मेरो महिमा आनन्‍दित छ । निश्‍चय नै म सुरक्षामा जिउनेछु ।
10 Kwa kuwa hautaiacha roho yangu kuzimuni. Wewe hautamuacha mwaminifu wako kuliona shimo. (Sheol h7585)
किनकि तपाईंले मरो प्राणलाई चिहानमा त्यग्‍नुहुनेछैन । तपाईंले आफ्नो विश्‍वासयोग्यलाई खाडल देख्‍न दिनुहुन्‍न । (Sheol h7585)
11 Wewe hunifundisha njia ya maisha; furaha tele inakaa katika uwepo wako; furaha inakaa katika mkono wako wa kuume milele!”
तपाईंले मलाई जीवनको बाटो सिकाउनुहुन्‍छ । तपाईंको उपस्थितिमा प्रशस्‍त आनन्दले वास गर्छ, तपाईंको दाहिने हातमा खुसी सदासर्वदा रहन्‍छ ।”

< Zaburi 16 >