< Zaburi 149 >
1 Msifuni Yahwe. Mwimbieni Yahwe wimbo mpya; imbeni sifa zake katika kusanyiko la waaminifu.
परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।
2 Israeli ishangilie katika yeye aliye iumba; watu wa Sayuni na washangilie katika mfalme wao.
इस्राएल तिनीहरूलाई बाउनुहुनेमा आनन्दित होस् । सियोनका मानिसहरू आफ्ना राजामा आनन्दित होऊन् ।
3 Nao walisifu jina lake kwa kucheza; na wamuimbie sifa yeye kwa ngoma na kinubi.
तिनीहरूले नाँच्दै उहाँको नाउँको प्रशंसा गरून् । खैंजडी र वीणा बजाउँदै तिनीहरूले उहाँको प्रशंसाको गीत गाऊन् ।
4 Kwa kuwa Yahwe hupata furaha katika watu wake; huwapa utukufu wanyeyekevu kwa wokovu.
किनकि परमप्रभु आफ्ना मानिसहरूसँग प्रशन्न हुनुहुन्छ । उहाँले नम्रहरूलाई उद्धारले महिमित पार्नुहुन्छ ।
5 Wacha Mungu wauchangilie ushindi; nao waimbe kwa furaha vitandani mwao.
विजयमा धर्मीहरू आनन्दि होऊन् । तिनीहरू आ-आफ्ना ओछ्यानमा आनन्दका गीत गाऊन् ।
6 Sifa za Mungu na ziwe vinywani mwao na panga mbili zenye makali mkononi mwao
तिनीहरूका मुखहरूमा परमेश्वरको प्रशंसा र तिनीहरूका हातमा दुई धारे तरवार होस्,
7 kutekeleza kisasi juu ya mataifa na matendo ya adhabu juu ya watu.
जातिहरूमा बदला लिन र मानिसहरूमा दण्डका कामहरू गर्न ।
8 Nao watawafunga wafalme wao kwa minyororo na wakuu wao kwa pingu za chuma. Watatekeleza hukumu ambayo imeandikwa.
तिनीहरूले आफ्ना राजाहरूलाई साङ्लाहरूले र आफ्ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्नेछन् ।
9 Hii itakuwa ni heshima kwa ajili ya watakatifu wake wote. Msifuni Yahwe.
लेखिएका न्यायका फैसला तिनीहरूले गर्नेछन् । उहाँका सबै विश्वासयोग्य जनका निम्ति यो एउटा आदर हुनेछ । परमप्रभुको प्रशंसा गर ।