< Zaburi 143 >
1 Ee Yahwe, usikie maombi yangu; sikia kuomba kwangu. Kwa sababu ya uaminifu wa agano lako na haki yako, unijibu!
हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस् । मेरो बिन्ती सुन्नुहोस् । तपाईंको विश्वस्तता र धार्मिकताको कारणले मलाई जवाफ दिनुहोस् ।
2 Usimuhukumu mtumishi wako, kwa kuwa machoni pako hamna aliye haki.
तपाईंको सेवकलाई इन्साफमा नपार्नुहोस्, किनकि तपाईंको दृष्टिमा कोही पनि धर्मी छैन ।
3 Adui ameifuatia nafsi yangu; amenisukuma hadi chini; amenifanya niishi gizani kama wale ambao wamekwisha kufa siku nyingi zilizopita.
शत्रुले मेरो ज्यान लिनलाई खेदेका छ । त्यसले मलाई जमिनमा कुल्चेको छ । त्यसले मलाई उहिले नै मरेकाहरूझैं अँध्यारोमा बस्न लगाएको छ ।
4 Na roho yangu inazidiwa ndani yangu; moyo wangu unakata tamaa.
मभित्र मेरो आत्मा व्याकुल भएको छ । मेरो हृदय निराश हुन्छ ।
5 Nakumbuka siku za zamani zilizopita; nayatafakari matendo yako yote; nawaza juu ya utimilifu wako.
पुराना दिनहरूलाई म सम्झिन्छु । तपाईंका सबै कामहरू म ध्यान गर्छु । तपाईंका उपव्धीहरूमा म चिन्तन गर्छु ।
6 Nakunyoshea mikono yangu katika maombi; nafsi yangu inakuonea kiu katika nchi kavu. (Selah)
म आफ्ना हातहरू तपाईंतिर फैलाउँछु । सुख्खा जमिनमा मेरो प्राण तपाईंको तृष्णा गर्छ । सेला
7 Unijibu upesi, Yahwe, kwa sababu roho yangu inazimia. Usinifiche uso wako, vinginevyo nitakuwa kama wale waendao chini shimoni.
हे परमप्रभु, मलाई चाँडै जवाफ दिनुहोस्, किनभने मेरो आत्मा मूर्छित हुन्छ । तपाईंको मुहार मबाट नलुकाउनुहोस्, नत्रता ती खाल्डोमा जानेहरूजस्तै म हुनेछु ।
8 Unifanye kusikia uaminifu wa agano lako wakati wa asubuhi, maana ninakuamini wewe. Unionyeshe njia niipasayo kutembea kwayo, kwa maana nakuinulia wewe nafsi yangu.
बिहानमा मलाई तपाईंको करारको विश्वस्तता सुन्न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्नो प्राण तपाईंतिर उचाल्छु ।
9 Uniokoe dhidi ya adui zangu, Yahwe; nakimbilia kwako ili nijifiche.
हे परमप्रभु, मेरा शत्रुहरूबाट मलाई बचाउनुहोस् । लुक्नलाई म तपाईंकहाँ भागेर आउँछु ।
10 Unifundishe kufanya mapenzi yako, maana wewe ni Mungu wangu. Roho wako mwema na aniongoze mimi katika nchi ya unyoofu.
तपाईंको इच्छा पुरा गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंको असल आत्माले मलाई सोझाहरूका देशमा डोर्याओस् ।
11 Ee Yahwe, kwa ajili ya jina lako, unihifadhi hai; katika haki yako uitoe nafsi yangu taabuni.
हे परमप्रभु, तपाईंको नाउँको खातिर मलाई जीवित राख्नुहोस् । तपाईंको धार्मिकतामा मेरो प्राणलाई कष्टबाट बाहिर निकाल्नुहोस् ।
12 Katika uaminifu wa agano lako uwaondoshe maadui zangu na uwaangamize maadui wa uhai wangu, maana mimi ni mtumishi wako.
तपाईंको करारको विश्वस्ततामा मेरा शत्रुहरूलाई नष्ट पार्नुहोस् र मेरो जीवनका सबै शत्रुलाई नाश गर्नुहोस्, किनकि म तपाईंको सेवक हुँ ।