< Zaburi 127 >

1 Yahwe asipoijenga nyumba, waijengao wafanya kazi bure. Yahwe asipoulinda mji, aulindaye afanya kazi bure.
परमप्रभुले नै घर बनाउनुभएन भने, त्‍यसलाई बनाउनेहरूले व्यर्थमा काम गर्छन् । परमप्रभुले नै सहरको रक्षा गर्नुभएन भने, रक्षकले व्यर्थमा रक्षा गर्छ ।
2 Ni kazi bure kwa wewe unayeamka mapema, na kulala kwa kuchelewa, au kula mkate kwa kuufanyia kazi ngumu, maana Yahwe huwapa chakula awapendao hata wawapo usingizini.
बिहान सबेरै उठ्नु, घर ढिला आउनु वा कडा परिश्रमको रोटी खानु तिम्रो निम्ति व्यार्थ हुन्‍छ, किनकि परमप्रभुका प्रियजन सुत्‍दा, उहाँले तिनीहरूला जुटाउनुहुन्छ ।
3 Tazama, wana ni urithi kutoka kwa Yahwe, uzao wa tumbo ni thawabu kutoka kwake.
हेर, छोराछोरी परमप्रभुबाट प्राप्‍त उत्तराधिकार हुन् र गर्भको फल उहाँको इनाम हो ।
4 Kama mishale mkononi mwa shujaa, ndivyo walivyo wana wa ujanani.
योद्धाको हातका काँडहरूझैं जवानी अवस्थाका छोराछोरी हुन्छन् ।
5 Ni namna gani alivyo barikiwa mtu ambaye amelijaza podo lake hivyo. Hata aibishwa pindi atakapo kabiliana na adui zake katika lango.
त्यो मानिस धन्यको हो, जसको ठोक्रो काँडहरूले भरिएको छ । त्यसले ढोकामा त्यसका शत्रुहरूको सामना गर्दा त्यो लज्‍जित हुनेछैन ।

< Zaburi 127 >