< Zaburi 118 >
1 Mshukuruni Yahwe, kwa kuwa ni mwema, kwa maana uaminifu wa agano lake wadumu milele.
परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।
2 Israeli na aseme, “Uaminifu wa agano lake wadumu milele.”
इस्राएलले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
3 Nyumba ya Haruni na iseme, “Uaminifu wa agano lake wadumu milele.”
हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
4 Wafuasi waaminifu wa Yahwe na waseme, “Uaminifu wa agano lake wadumu milele.”
बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।”
5 Katika dhiki yangu nilimuita Yahwe; Yahwe alinijibu na kuniweka huru.
मेरो संकष्टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्वतन्त्र गर्नुभयो ।
6 Yahwe yuko pamoja nami; sitaogopa; mwanadamu atanifanya nini? Yahwe yuko upande wangu kama msaidizi;
परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
7 nitawatazama kwa ushindi wale walio nichukia.
परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्टिले हे्र्नेछु ।
8 Ni bora kuwa na makazi katika Yahwe kuliko kumtumainia mwanadamu.
मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
9 Ni bora kukimbilia katika Yahwe kuliko kuamini katika wakuu.
कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
10 Mataifa yote walinizunguka; kwa jina la Yahwe niliwakatilia mbali.
सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
11 Walinizunguka; naam, walinizunguka; kwa jina la Yahwe niliwakatilia mbali.
तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
12 Walinizunguka kama nyuki; walitoweka haraka kama moto kati ya miiba; kwa jina la Yahwe niliwakatilia mbali.
तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्ट पारें ।
13 Walinishambulia ili waniangushe, lakini Yahwe alinisaidia.
तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।
14 Yahwe ni nguvu yangu na furaha yangu, na ndiye anaye niokoa.
परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
15 Kelele za ushindi zimesikika katika maskani ya wenye haki; mkono wa kuume wa Mungu umeshinda.
धर्मीहरूका पालहरूमा विजयको आनन्दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
16 Mkono wa kuume wa Mungu umetukuka; mkono wa kuume wa Yahwe umeshinda.
परमप्रभुको दाहिने बाहुली उच्च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्त गर्छ ।
17 Sitakufa, bali nitaishi na kuyatangaza matendo ya Yahwe.
म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।
18 Yahwe ameniadhibu vikali; lakini hajaruhusu nife.
परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।
19 Unifungulie milango ya haki; nitaingia na nitamshukuru Yahwe.
मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।
20 Hili ni lango la Yahwe; wenye haki hupitia kwalo.
यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्छ ।
21 Nitakushukuru wewe, kwa kuwa ulinijibu, na umekuwa wokovu wangu.
म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।
22 Jiwe ambalo wajenzi walilikataa wajenzi limekuwa msingi.
निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
23 Yahwe ndiye afanyaye hili; ni la ajabu machoni petu.
यो परमप्रभुको काम हो । यो हाम्रा दृष्टिमा अचम्मको कुरा हो ।
24 Hii ni siku ambayo Yahwe ametenda; tutaifurahia na kuishangilia.
यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्दित हुनेछौं र खुसी हुनेछौं ।
25 Tafadhali, Yahwe, utupe ushindi! Tafadhali, Yahwe, utupe mafanikio!
हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्!
26 Amebarikiwa yule ajaye katika jina la Yahwe; tunakubariki kutoka katika nyumba ya Yahwe.
परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्दिरबाट हामी आशीर्वाद दिनेछौं ।
27 Yahwe ni Mungu, na ametupa sisi nuru; ifungeni dhabihu kwa kamba pembeni mwa madhabahu.
परमप्रभु परमेश्वर हुनुहुन्छ र उहाँले हामीलाई ज्योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।
28 Wewe ni Mungu wangu, nami nitakushukuru; wewe ni Mungu wangu; nitakutukuza wewe.
तपाईं मेरो परमेश्वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्वर हुनुहुन्छ । म तपाईंलाई उच्च पार्नेछु ।
29 Oh, mshukuruni Yahwe; kwa kuwa ni mwema; kwa maana uaminifu wa agano lake wadumu milele.
परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।