< Mika 5 >
1 Sasa njoni pamoja katika safu ya kupigana, binti wa maaskari; maaskari wameuzingira mji, kwa ufito watampiga mwamuzi wa Israeli kwenye shavu.
अब, ए सेनाहरूका छोरी, युद्धको निम्ति पङ्क्तिमा आओ, किनभने सेनाहरूले सहरको वरिपरि घेरा लगाएका छन्, र तिनीहरूले इस्राएलका न्यायकर्ताको गालामा छडीले हिर्काउनेछन् ।
2 Lakini wewe, Bethlehemu Efrata, hata kama uko mdogo miongoni mwa koo za Yuda, kutoka kweko mmoja atakuja kwangu kutawala Israeli, ambaye mwanzo wake ni kutoka nyakati za kale, toka milele.
तर, बेथलेहेम एप्राता, तँ यहूदाका वंशहरूमा सानो भए तापनि, तेरै बिचबाट एक जना इस्राएलमा शासन गर्न मकहाँ आउनेछ, जसको सुरुवात प्राचीन समयदेखि, अर्थात् सदादेखि नै भएको थियो ।
3 Kwa hiyo Mungu atawapa, hata mda wa yeye aliye katika uchungu kuzaa mtoto, na mabaki ya ndugu zake yatawarudia wana wa Israeli.
यसैकारण प्रसववेदनामा भएकीले बच्चा नजन्माएसम्म, र त्यसका बाँकी रहेकाहरू इस्राएलका मानिसकहाँ नफर्केसम्म परमेश्वरले तिनीहरूलाई त्याग्नुहुनेछ ।
4 Atasimama na kuchunga kundi lake kwa nguvu za Yahwe, kwa ukuu wa enzi ya jina la Yahwe Mungu wake. Watabaki, kwa kuwa atakuwa mashuhuri hata mwisho wa dunia.
परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
5 Atakuwa amani yetu. Wakati Waashuru watakapokuja kwenye nchi yetu, wakati wakitembea dhidi ya boma yetu, kisha kisha tutainuka juu yao wachungaji saba na viongozi nane juu ya watu.
किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ ।
6 Watachunga nchi ya Ashuru kwa upanga, na nchi ya Nimrodi katika malango yake. Atatuokoa kutoka kwa Waashuru, watakapokuja kwenye nchi yetu, watakapoingia kwenye mipaka yetu.
तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ ।
7 Mabaki ya Yakobo yatakuwa katika kabila za watu wengi, kama umande utokao kwa Yahwe, kama manyunyu kwenye majani, ambayo hayamsubiri mtu, na hayawasubiri watoto wa mwanadamu.
याकूबका बाँकी रहेकाहरू धेरै जातिहरूका माझमा हुनेछन् । तिनीहरू परमप्रभुबाटको शीत, र घाँसमा पर्ने झरीझैँ हुन् जसले कुनै मानिस, वा मानिस जातिका सन्तानलाई पर्खंदैनन् ।
8 Mabaki ya Yakobo yatakuwa miongoni mwa mataifa, miongoni mwa watu wengi, kama simba katikati ya kundi la kondoo. wakati akipita katikati yao, atawakanyaga juu yao na kuwachachana kuwa vipande vipande, na hakutakuwa na mtu wa kuwaokoa.
याकूबका बाँकी रहेकाहरू राष्ट्रहरू र जातिहरूका माझमा हुनेछन् । तिनीहरू जङ्गलका पशुहरूका बिचमा भएको एउटा सिंहझैँ, र भेडाहरूको बगालमा एउटा जवान सिंहझैँ हुन् । जब त्यो तिनीहरूका बिचबाट जान्छ, त्यसले तिनीहरूलाई कुल्चनेछ र तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछ, अनि तिनीहरूलाई बचाउने त्यहाँ कोही हुनेछैन ।
9 Mkono wako utainuliwa dhidi ya maadui zako, na utawaharibu.
तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।
10 “Itatokea siku hiyo,” asema Yahwe, “kwamba nitawaharibu farasi wako kutoka miongoni mwenu na nitayavunja magari yako ya farasi.
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिन यस्तो हुनेछ । म तिमीहरूका बिचमा तिमीहरूका घोडाहरूलाई नाश गर्नेछु र तिमीहरूका रथहरू भत्काइदिनेछु ।
11 Nitaiharibu miji katika nchi yako na kuzingusha ngome zako zote.
तेरो भुमिका सहरहरूलाई म नाश गर्नेछु र तिमीहरूका गढीहरूलाई भत्काइदिनेछु ।
12 Nitauharibu uchawi kwenye mkono wako, na hakutakuwa na waaguzi tena.
म तिमीहरूका बिचमा भएको तन्त्रमन्त्र नष्ट पार्नेछु, र तिमीहरूका बिचमा कोही पनि भविष्यवक्ताहरू हुनेछैनन् ।
13 Nitaziaharibu sanamu zako za pango na nguzo za mawe kutoka miongoni mwako. Hautaabudu tena ustadi wa mikono yako.
म तिमीहरूले हातले बनाएका मुर्तिहरू र तिमीहरूका ढुङ्गाका स्तम्भहरूलाई नाश गर्नेछु । अबदेखि तिमीहरूले आफ्ना हातले बनाएका वस्तुहरूलाई पुज्नेछैनौ ।
14 Nitazin'goa nguzo zako za Ashera kutoka miongoni mwenu, na nitaiharibu miji yenu.
म तिमीहरूका बिचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु, र म तिमीहरूका सहरहरू नाश गर्नेछु ।
15 Nitalipiza kisasi kwa hasira na ghadhabu juu ya mataifa ambayo hayakusikiliza.”
मेरा कुराहरू नसुन्ने जातिहरूमा म रिस र क्रोधमा प्रतिशोद ल्याउनेछु ।”