< Mika 4 >
1 Lakini katika siku za mwisho itakuja kuhusu kwamba mlima wa nyumba ya Yahwe utawekwa imare juu ya milima mingine. Utainuliwa juu ya milima, na watu watautakabisha.
तर अन्त्यका दिनहरूमा परमप्रभुको घरानाको पर्वत अरू पर्वतहरूमाथि स्थापित हुनेछ । त्यो पहाडहरूभन्दा माथि उचालिनेछ र जाति-जातिहरू त्यसतर्फ जानेछन् ।
2 Mataifa mengi yataenda na kusema, “Njoni, twendeni juu kwenye mlima wa Yahwe, kwenye nyumba ya Mungu wa Yakobo. Atatufundisha njia zake, na tutembea katika njia zake.” Kwa kuwa kutoka Sayuni sheria itatoka, na neno la Yahwe kutoka Yerusalemu.
धेरै जातिहरू गएर भन्नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ ।
3 Atahukumu miongoni mwa watu na kuamua kuhusiana na mataifa mengi ya mbali. Watapoga mapanga yao kuwa plau na mikuki yao kuwa miuundu ya kupogolea. Taifa halitainua upanga dhidi ya taifa, wala kutawala kwa vita tena.
उहाँले धेरै जातिहरूको न्याय गर्नुहुनेछ र टाढा-टाढा भएका धेरै जातिहरूका विषयमा निर्णय गर्नुहुनेछ । तिनीहरूले आफ्ना तरवारहरूलाई पिटेर हलोका फाली र आफ्ना भालाहरूलाई छिमल्ने हँसिया बनाउँनेछन् । एउटा जातिले अर्को जातिको विरुद्ध तरवार उठाउने छैन, नत तिनीहरूले अबदेखि युद्धको निम्ति तालिम लिनेछन् ।
4 Badala yake, wataketi kila mtu chini ya mzabibu wake na chini ya mtini wake. Hakuna mtu atakayewafanya waogope, kwa kuwa mdomo wa Yahwe wa majeshi umesema.
बरु, तिनीहरूले हरेक मानिसलाई उहाँको दाखको बोटमुनि र उहाँको नेभाराको रूखमुनि राख्नेछन् । कसैले पनि तिनीहरूलाई भयभीत बनाउनेछैन, किनभने सेनाहरूका परमप्रभु बोल्नुभएको छ ।
5 Kwa kuwa watu wote wataenenda, kila mmoja, katika jina la mungu wake. Lakini sisi tutaenenda katika jina la Yahwe Mungu wetu milele na milele.
किनभने हरेक जातिहरू तिनीहरूका ईश्वरहरूका नाममा हिँड्छन् । तर हामी हाम्रा परमेश्वर परमप्रभुको नाउँमा सदा सर्वदा हिँड्नेछौँ ।
6 “Katika siku hiyo,” aseme Yahwe, “Nitamkusanya achechemeaye na kumkusanya aliyefukuzwa, wale ambao nimewatesa.
परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिनमा, म लङ्गडाहरू भेला गराउनेछु र निर्वासितहरूलाई एकसाथ ल्याउनेछु, तिनीहरू जसलाई मैले पीडा दिएको छु ।
7 Nitamrudisha aliyechechemea kwenye mabaki, na yeye aliyetupwa kwenye taifa imara, na mimi, Yahwe, nitatawala juu yao katika Milima Sayuni, sasa na milele.
म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।
8 Kama kwako, mnara wa saa kwa ajili ya kundi, mlima wa binti wa Sayuni-utakuja kwenu, utawala wenu wa zamani utarudishwa, ufalme ambao unaomilikiwa na binti wa Yerusalemu.
ए बगालको धरहरा, सियोनकी छोरीको पर्वत, तेरो पहिलेको राज्य अर्थात् यरूशलेमकी छोरीको राज्य पुनर्स्थापित हुनेछ ।
9 Sasa, kwa nini unapiga kelele kwa sauti kuu? Je hakuna mfalme miongoni mwenu? Je mshauri wako amekufa? Kwa nini uchungu umekushika kama yule mwanamke akiwa anazaa?
अब, तिमीहरू किन ठुलो सोरमा कराउँछौ? के तिमीहरूका बिचमा कोही राजा छैन? के तिमीहरूको सल्लाहकार मरिसक्यो? के यही कारणले प्रसववेदनाकी स्त्रीलाई झैँ पीडाले तिमीहरूलाई पक्रेको छ?
10 Kuwa katika uchungu wa kuzaa ili uzae, binti Sayuni, kama mwanamke mwenye uchungu. Kwa sasa utatoka nje ya mji, kuishi kwenye shamba, na kwenda Babeli. Huko utaokolewa. Huko Yahwe atakuokoa kutoka kwenye mikono ya maadui.
सियोनकी छोरी, प्रसववेदनाकी स्त्रीझैँ बच्चा जन्माउनको निम्ति पीडा र वेदनामा पर् । किनभने अब तँ सहरबाट बाहिर जानेछस्, मैदानमा बस्नेछस्, र बेबिलोनमा जानेछस् । त्यहाँ तँलाई बचाइनेछ । त्यहाँ परमप्रभुले तिमीहरूका शत्रुका हातबाट तिमीहरूलाई बचाउनुहुनेछ ।
11 Sasa mataifa mengi yamekusanyika juu yako; wakisema; 'Atiwe unajisi; macho yenu yaangalie Sayuni.”'
अब धेरै जातिहरू तिमीहरूका विरुद्धमा एक भएका छन् । तिनीहरू भन्छन्, ‘त्यसलाई अपवित्र रहन देओ, हाम्रा आँखाले सियोनमाथि नजर लगाइरहून् ।’
12 Nabii asema, “Hawayajui mawazo ya Yahwe, wala hawaelewi mpango wake, kwa kuwa wamewakusanaya kama miganda kupura sakafuni.”
तिनीहरू परमप्रभुका विचार जान्दैनन्, नत तिनीहरू उहाँका योजनाहरू बुझ्छन्, किनभने उहाँले तिनीहरूलाई खलाको निम्ति तयार गरिएको अन्नका बिटाझैँ बटुल्नुभएको छ ।
13 Yahwe asema, “siamama na upure, binti Sayuni, kwa kuwa nitaifanya pembe yako kuwa chuma, na nitazifanya kwato zako kuwa shaba. Utaponda watu wengi. Nitaweka wakfu udhalimu wao kwangu mwenyewe, Yahwe, miliki zao kwangu, Bwana wa dunia nzima.”
ए सियोनकी छोरी उठ् र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”