< Malaki 3 >
1 Tazama, namtuma mjumbe wangu, atakayeandaa njia mbele yangu. Na Bwana, ambaye mnamtafuta, atakuja ghafla katika hekalu lake; na mjumbe wa agano, ambaye katika yeye mnafurahi, tazama anakuja.” asema Bwana wa Majeshi.
“हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
2 Na ni nani atakeyevumilia siku ya kuja kwake? na nani atasimama akishatokea? Yeye ni kama mtu asafishaye kwa moto na kama sabuni ya kufulia.
तर उहाँको आगमनको दिन कसले सहन सक्छ र? उहाँ आउनुहुँदा को खडा हुन सक्छ र? किनभने उहाँ सुनारको आगो र धोबीको साबूनझैँ हुनुहुनेछ ।
3 Atakaa na kutawala kama msafishaji wa fedha, na atawasafisha wana wa Lawi. na atawafanya wawe safi kama dhahabu na fedha, na wataleta sadaka za haki kwa Bwana.
उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।
4 Na sadaka ya Yuda na Yerusalem itampendeza Bwana, kama siku za kale, na miaka ya zamani.
त्यसपछि यहूदा र यरूशलेमको भेटी, पुराना दिनमा झैँ, र प्राचीन वर्षहरूमा झैँ परमप्रभुको निम्ति प्रसन्न तुल्याउने किसिमको हुनेछ ।
5 Kisha nitapita karibu na ninyi kuwahukumu. na nitakuwa shahidi mwepesi dhidi ya wachawi, wazinzi, mahsahidi wa uongo, na kinyume cha wale wanaoonea wafanyakazi katika mizigo yake, wanaoonea wajane na yatima, na anayemfukuza mgeni kutoka kwenye haki yake, na kwa wale wasionitii mimi,”asema Bwana wa majeshi.
“अनि न्यायको निम्ति म तिमीहरूको नजिक आउनेछु । टुनामुना गर्नेहरू, व्यभिचारीहरू, झुटा साक्षी दिनेहरू, ज्यालादारीमा काम गर्ने श्रमिक, विधवा र टुहुरा-टुहुरीलाई दमन गर्नेहरू, परदेशीहरूलाई सहायता नगर्नेहरू, र मलाई आदर नगर्नेहरूका विरुद्ध म नै साक्षी हुनेछु,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
6 Mimi Bwana, sibadiliki; pia ninyi, watu wa Yakobo, hamkutumia.
“किनभने म, परमप्रभु परिवर्तन भएको छैनँ, यसैकारण याकूबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ ।
7 Toka siku za baba zenu mmegeukia mbali na amri zangu na hamkuzitunza. Nigeukieni, nami nitawarudia ninyi,” asema Bwana wa majeshi. Lakini mwasema, tutakurudiaje?
तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’
8 Mwanadamu anaweza kumwibia Mungu? Mnaniibia mimi, lakini mwasema, 'Tumekuibiaje?' kwa zaka na sadaka.
के कुनै मानिसले परमेश्वरलाई लुट्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ । तर तिमीहरू भन्छौ, ‘हामीले कसरी तपाईंलाई लुटेका छौँ?’ दशांश र भेटीमा ।
9 Mmelaani kwa laana, kwa kuniibia mimi, taifa lote hili.
तिमीहरू श्रापित भएका छौ, किनभने तिमीहरू सारा जातिले मलाई लुटिरहेका छौ ।
10 Leteni zaka kamili katika ghalani, ili kwamba kiwemo chakula katika nyumba yangu. Na mnijaribu kwa hili,” asema Bwana wa Majeshi. “kama sitawafungulia madilisha ya mbinguni na kuwamwagia baraka juu yenu, ili kwamba hakutakuwa na sehemu ya kutosha kuzipokea.
भण्डारमा पूर्ण दशांश ल्याओ, ताकि मेरो भवनमा भोजन होस्, र मैले स्वर्गका ढोकाहरू खोलेर तिमीहरूकहाँ राख्ने ठाउँ नहुनेसम्म गरी तिमीहरूमाथि आशिष् खन्याउँछु, कि खन्याउँदिन, यसमा मलाई जाँचेर हेर,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
11 Nitamkemea mharibifu kwako, kwamba asiharibu mavuno yenu ya nchi yenu; mizazibu yenu katika shamba haitapukutisha kabla ya wakati wake,” asema Bwana wa Majeshi.
“तिमीहरूका बालीहरू नष्ट गर्नेहरूको विरुद्ध म बोल्नेछु, ताकि तिनीहरूले तिमीहरूका भूमिको जम्मै फसल नष्ट नगरून् । भूमिका तिमीहरूका दाखको बोटले आफ्ना फल गुमाउनेछैनन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
12 Mataifa yote watakuita mbarikiwa; kwa ajili yako itakuwa ni nchi ya furaha,” asema Bwana wa Majeshi.
“सारा जातिहरूले तिमीहरूलाई आशिषित् भन्नेछन्, किनभने तिमीहरू रमाहटको देश हुनेछौ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
13 Maneo yenu yamekuwa magumu kinyume changu,” asema Bwana. lakini mwasema, “Tumesema nini kinyume chako?'
“मेरो विरूद्ध तिमीहरूका वचन कडा भएका छन्,” परमप्रभु भन्नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामीहरूले हाम्रो बिचमा तपाईंको विरुद्ध के भनेका छौँ?’
14 mmesema, 'Hakuna maana kumtumikia Mungu. Kuna faida ya namna gani kutunza maagizo yake au kutembea huku mkiomboleza mbele za Bwana wa Majeshi?
तिमीहरूले भनेका छौ, ‘परमेश्वरको सेवा गर्नु व्यर्थ छ । हामीले उहाँले भनेअनुसार गरेर वा सेनाहरूहरूका परमप्रभुको अगि विलाप गर्दै हिँडेर हामीलाई के लाभ?
15 Na sasa tunamwita mwenye kiburi mbarikiwa. Waharifu si kufanikiwa tu, bali kumjaribu Mungu na kumwepuka.”
यसैकारण अब हामी हठीहरूलाई नै आशिषित् भन्छौँ । दुष्ट काम गर्नेहरू सफल मात्र हुँदैनन्, तर तिनीहरूले परमेश्वरलाई जाँच गरेर उम्कन्छन् ।’”
16 Kisha wale wanaomweshimu Bwana walisemezana mmoja baada ya mwingine; Bwana yuko makini kutusikiliza, na kitabu cha kumbukumbu kiliandikwa mbele zake kwa ajili ya wale wanamwogopa Bwana na kuliheshimu jina lake.
अनि परमप्रभुको भय मान्नेहरू एक-आपसमा बोले । परमप्रभुले ध्यान दिनुभयो र सुन्नुभयो, र परमप्रभुको भय मान्ने र उहाँको नाउँलाई आदर गर्नेहरूका विषयमा उहाँकै सामु सम्झनाको पुस्तक लेखियो ।
17 “Watakuwa wangu,” asema Bwana wa majeshi,” hazina zangu, katika siku nitakayotenda; nitawapenda, kama mtu anavyompenda mwanawe anayemhudumia.
“मैले काम गर्ने दिनमा, तिनीहरू मेरा हुनेछन्, मेरो आफ्नै धन-सम्पत्ति हुनेछन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ । बुबाको सेवा गर्ने छोरोमाथि त्यो बुबाले दया देखाएझैँ, म तिनीहरूमाथि दया देखाउनेछु ।
18 Kisha zaidi sana nitatofautisha kati ya haki wenye haki na waovu, kati ya anayemwabudu Mungu na asiyemwabudu yeye.
अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्ट बिच भिन्नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।