< Waamuzi 7 >
1 Ndipo Yerubaali (yaani Gideoni) akainuka mapema, na watu wote waliokuwa pamoja naye, wakaweka kambi kando ya chemchemi ya Harodi. Kambi ya Midiani ilikuwa kaskazini mwao katika bonde karibu na kilima cha More.
त्यसपछि यरूब-बाल, (अर्थात् गिदोन) र उनीसँग भएका सबै जना मानिसहरू बिहानै उठे, र हरोदको पानीको मूलको छेउमा तिनीहरूले छाउनी हाले । मिद्दानीहरूको छाउनीचाहिं तिनीहरूको उत्तरपट्टिको मोरेको पहाडनजिकको मैदानमा थियो ।
2 Bwana akamwambia Gideoni, Kuna askari wengi sana kwa mimi kukupa ushindi juu ya Wamidiani, ili Waisraeli wasijisifu juu yangu, wakisema, 'Nguvu zetu zimetuokoa'.
परमप्रभुले गिदोनलाई भन्नुभयो, “मिद्दानीहरूमाथि तँलाई विजय दिन मलाई चाहिएको भन्दा धेरै सेना छन्, ताकि इस्राएलले मसँग यसो भनेर घमण्ड नगरोस्, ‘हाम्रो आफ्नै शक्तिले हामीलाई बचाएको हो ।’
3 Basi, tangaza masikioni mwa watu, ukisema, Yeyote anayeogopa, anayetetemeka, arudi na atoke katika mlima Gileadi. 'Basi, watu elfu ishirini na mbili wakaondoka, na elfu kumi wakabaki.
यसकारण अब मानिसहरूले सुन्ने गरी घोषणा गर र यसो भन्, ‘जो डराएको छ, जो थरथर भएको छ, ऊ फर्कोस् र गिलाद डाँडाबाट विदा होस् ।’” यसैले बाइस हजार मानिसहरू फर्केर गए, र दश हजार बाँकी रहे ।
4 Bwana akamwambia Gideoni, 'Watu bado ni wengi sana. Wapeleke chini kwenye maji, na nitafanya idadi yao iwe ndogo kwa ajili yako. Kama nikisema, 'Huyu atakwenda pamoja nawe,' atakwenda pamoja nawe; lakini kama nikisema, 'Huyu hawezi kwenda pamoja nawe,' hatakwenda. '
परमप्रभुले गिदोनलाई भन्नुभयो, “मनिसहरू अझै पनि ज्यादै धेरै छन् । तिनीहरूलाई तल पानीमा लैजा, र त्यहाँ तेरो निम्ति तिनीहरूका सङ्ख्या म कम गरिदिनेछु । म तँलाई भन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछ’ भने, ऊ तँसँग जानेछ । तर म तँलाई बन्छु, ‘यो व्यक्तिचाहिं तँसँग जानेछैन’ भने, ऊ तँसँग जानेछैन ।”
5 Gideoni akawapeleka watu kwenye maji; Bwana akamwambia, “Ondoa kila mtu atakayelamba maji, kama mbwa alambavyo, kutoka kwa wale wanaopiga magoti na kunywa.”
यसैले गिदोनले मानिसहरूलाई तल पानीमा लगे, र परमप्रभुले तिनलाई भन्नुभयो, “घुँडा टेकेर पानी पिउनेहरूबाट कुकुरले झैं चाटेर पानी पिउनेहरूलाई अलग गर् ।”
6 Wanaume mia tatu walilamba. Wengine wote walipiga magoti kunywa maji.
तिन सय जना मानिसहरूले चाटेर पिए । अरू बाँकी मानिसले घुँडा टेकेर पानी पिए ।
7 Bwana akamwambia Gideoni, “Kwa watu hawa mia tatu waliokwisha kulamba maji, nitakuokoa na kukupa ushindi juu ya Wamidiani. Acha kila mtu arudi mahali pake.”
परमप्रभुले गिदोनलाई भन्नुभयो, “यी चाटेर पानी पिएका तिन सय जना मानिसहरू लिएर तिमीहरूलाई म बचाउनेछु र मिद्दानीहरूमाथि विजय दिनेछु । अरू हरेक मानिसलाई आफ्नै ठाउँमा फर्केर जान दे ।”
8 Kwa hiyo wale waliochaguliwa walichukua vifaa vyao na tarumbeta zao. Gideoni akawarudisha watu wote wa Israeli, kila mtu kwenda kwenye hema yake, lakini akawaweka watu mia tatu. Basi kambi ya Midiani ilikuwa chini yake katika bonde.
यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
9 Usiku huo huo Bwana akamwambia, “Simama! Kavamie kambi, kwa maana nitakupa ushindi juu yake.
त्यो रात परमप्रभुले तिनलाई भन्नुभयो, “उठ्! छाउनीलाई आक्रमण गर्, किनकि म तँलाई त्यसमाथि विजय दिन जाँदैछु ।
10 Lakini ikiwa unaogopa kushuka, shka kwenye kambi pamoja na Purh mtumishi wako,
तर तँलाई तल जान डर लागेको छ भने, तेरो सेवक पूराहसँग तल छाउनीमा जा,
11 na usikilize kile wanachosema, na ujasiri wako utaimarishwa kushambulia kambi.” Basi Gidioni akaenda pamoja na Pura mtumishi wake, mpaka chini kwa walinzi wa kambi.
र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।
12 Wamidiani, Waamaleki, na watu wote wa mashariki walikaa karibu na bonde, wengi kama wingu la nzige. Ngamia zao walikuwa zaidi ya mawingu; walikuwa zaidi kuliko idadi ya mchanga katika bahari.
मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।
13 Gideoni alipofika huko, mtu alikuwa akimwambia mwenzake ndoto. Mtu huyo akasema, “Angalia! Niliota ndoto, na nikaona mkate wa shayiri umeanguka ndani ya kambi ya Midiani. Ukaja hemani, na kuipiga kwa nguvu sana hata ikaanguka chini ikapinduka na kulala chini. '
जब गिदोन त्यहाँ पुगे, एक जना मानिसले आफ्नो साथीलाई सपनाको बारेमा भन्दै थियो । त्यस मानिसले भन्यो, “हेर, मैले एउटा सपना देखें, र जौको एउटा रोटी मिद्दानीको छाउनीभित्र गुड्दै आयो । त्यो पालमा आयो, र त्यसलाई जोडले हिर्कायो र त्यसलाई उल्टो गरी पल्टाइदियो, यसैले त्यो ढल्यो ।”
14 Mtu mwingine akasema, 'Hii si kitu kingine isipokuwa upanga wa Gideoni (mwana wa Yoashi), Mwisraeli. Mungu amempa ushindi juu ya Midiani na jeshi lake lote. '
अर्को मानिसले भन्यो, “यो त इस्राएली गिदोनको (योआशका छोराको) तरवारबाहेक अरू केही होइन । परमेश्वरले तिनलाई मिद्दानी र तिनीहरूका सबै सेनामाथि विजय दिनुभएको छ ।”
15 Gideoni aliposikia habari ya ile ndoto na tafsiri yake, akainama chini na kuabudu. Alirudi kwenye kambi ya Israeli na kusema, “Simameni! Bwana ametupa ushindi juu ya jeshi la Midiani.”
जब गिदोनले त्यस सपना भनेको र त्यसको अर्थ लगाइएको सुने, तब तिनले घोप्टो परेर दण्डवत् गरे । तिनी इस्राएलको छाउनीमा फर्केर गए र भने, “उठ! परमप्रभुले तिमीहरूलाई मिद्दानी सेनामाथि विजय दिनुभएको छ ।”
16 Akawagawa watu mia tatu katika makundi matatu, na akawapa tarumbeta zote na mitungi tupu, na taa ndani ya kila mtungi.
ति तिन सय जना मानिसलाई तिनले तिनवटा समुहमा विभाजन गरे, र तिनले उनीहरूलाई सबै तुरहीहरू र हरेक गाग्रोभित्र राँको हालेर खाली गाग्रोहरू दिए ।
17 Akawaambia, 'Niangalieni mimi na kufanya yale ninayoyafanya. Tazama! Ninapofika kwenye mwisho wa kambi, ni lazima mfanye kile ninachofanya.
तिनले उनीहरूलाई भने, “मलाई हेर, र म जे गर्छु त्यही गर । हेर! जब म छाउनीको छेऊमा पुग्छु, तब म जे गर्छु तिमीहरूले त्यही गर्नू ।
18 Nitakapopiga tarumbeta, mimi na wote Mlio pamoja nami, basi mtapiga tarumbeta zenu katika kila upande wa kambi nzima na kupiga kelele, “Kwa Bwana na Gideoni!”
जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्ति र गिदोनको निम्ति!’”
19 Basi Gideoni na watu mia moja waliokuwa pamoja naye walifika mwisho wa kambi, hapo mwanzoni mwa saa ya kati. Wakati Wamidiani walikuwa wakibadilisha walinzi, walipiga tarumbeta na kuvunja mitungi iliyokuwa mikononi mwao.
यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्ना हातहरूमा भएका गाग्रोहरू फुटाए ।
20 Vikosi vitatu vilipiga tarumbeta na kuvunja mitungi. Walikuwa na taa katika mikono yao ya kushoto na tarumbeta katika mikono yao ya kulia ili kuwapiga. Walipiga kelele, “Upanga wa Bwana na wa Gideoni.”
तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्ति र गिदोनको निम्ति तरवार ।”
21 Kila mtu alisimama mahali pake kando ya kambi na jeshi la Midiani likakimbia. Walipiga kelele na kukimbia
हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे ।
22 Walipopiga tarumbeta mia tatu, Bwana akaweka upanga wa kila mtu wa Midiani dhidi ya wenzake na dhidi ya jeshi lake lote. Jeshi likimbia mpaka Bethshita kuelekea Serera, mpaka mpaka wa Abel Mehola, karibu na Tabathi.
जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
23 Watu wa Israeli kutoka Naftali, Asheri, na Manase wote waliitwa nje, nao wakawafuata Midiani.
नप्ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।
24 Gideoni akatuma wajumbe katika nchi zote za mlima wa Efraimu, akisema, “Nenda chini dhidi ya Midiani na umiliki Mto Yordani mpaka Bethbara, ukawazuie.” Basi wanaume wote wa Efraimu walikusanyika pamoja na kuimiliki maji, mpaka Bethbara na Mto Yordani.
गिदोनले यसो भन्दै एफ्राइमको सबै पहाडी देशमा दूतहरू पठाए, “मिद्दानीहरूको विरुद्ध तल जाओ र तिनीहरूलाई रोक्नको निम्ति बेथ-बरासम्म यार्दन नदीमाथि नियन्त्रण गर ।” यसैले एफ्राइमका सबै मानिसहरू एकसाथ भेला भए र बेथ-बरासम्म यर्दन नदीमाथि नियन्त्रण गरे ।
25 Wakawatwaa wakuu wawili wa Midiani, Orebu na Zeebu. Wakamwua Orebu kwenye mwamba wa Orebu, nao wakamwua Zeebu katika shinikizo la divai la Zeebu. Wakawafuata Wamidiani, wakamletea Gideoni vichwa vya Orebu na Zeebu, ng'ambo ya pili ya Yordani.
तिनीहरूले दुई मिद्दानी राजकुमार, ओरेब र जएबलाई कब्जा गरे । तिनीहरूले ओरेबलाई ओरेबको चट्टानमा, र जएबलाई जएबको दाखको कोलमा मारे । तिनीहरूले मिद्दानीहरूका पछि केद्दै गए र तिनीहरूले यर्दनको वारि भएका गिदोनकहाँ ओरेब र जएबका टाउकाहरू लिएर आए ।