< Waamuzi 18 >

1 Siku hizo hapakuwa na mfalme huko Israeli. Kabila la Wadani lilikuwa linatafuta makazi ya kuishi, kwa maana mpaka siku hiyo hawakupokea urithi wowote kutoka miongoni mwa makabila ya Israeli.
ती दिनहरूमा इस्राएलमा कुनै राजा थिएन । दानको कुलका मानिसहरूले बसोबास गर्नको निम्ति ठाउँ खोजिरहेका थिए, किनकि त्यो दिनसम्म तिनीहरूले इस्राएलका कुलहरूबाट कुनै उत्तराधिकार प्राप्‍त गरेका थिएनन् ।
2 Watu wa Dani walituma watu watano kutoka kwa idadi yote ya kabila lao, wanaume wenye ujasiri kutoka Sora na kutoka Eshtaoi, ili kukagua ardhi kwa miguu, na kuiangalia. Wakawaambia, “Nendeni mkaangalie nchi.' Wakafika nchi ya mlima wa Efraimu, kwa nyumba ya Mika wakalala huko.
दानका मानिसहरूले आफ्‍ना सम्‍पुर्ण कुलबाट पाँच जना मानिसहरू, सोरा र एश्लोत अनुभवी युद्धाहरूलाई हिंडेर देशको जानकारी लिन र त्यसमाथि दृष्‍टि लगाउन पठाए । तिनीहरूले उनीहरूलाई भने, “जाओ, र देशमाथि दृष्‍टि लगाओ ।” तिनीहरू एफ्राइमको पहाडी देशमा मीकाको घरमा आए, र तिनीहरूले त्यो रात त्यहीं बिताए ।
3 Walipokuwa karibu na nyumba ya Mika, walitambua maneno ya Mlawi. Basi wakamsimama na kumwuliza, “Nani alikuleta hapa? Unafanya nini hapa? Kwa nini uko hapa?”
जब उनीहरू मीकाको घरको नजिकै थिए, तब उनीहरूले ती जवान लेवीको बोली चिने । यसैले उनीहरू तिनलाई रोके र सोधे, “तिमीलाई यहाँ कसले ल्यायो? तिमी यस ठाउँमा के गर्दैछौ? तिमी यहाँ किन छौ?”
4 Akawaambia, “Hivi ndivyo Mika amefanya kwa ajili yangu Yeye aliniajiri mimi kuwa kahani wake.”
तिनले उनीहरूलाई भने, “मीकाले मेरो निम्‍ति यसो गरेका छन्: तिनको पुजारी हुनलाई तिनले मलाई नियुक्त गरेका छन् ।”
5 Wakamwambia, “Tafadhali tafuta ushauri kwa Mungu, ili tuweze kujua kama safari tunayoendea itafanikiwa.”
उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्‍वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्‍न भनी हामीलाई थाहा होस् ।”
6 Kuhani huyo akawaambia, “Nenda kwa amani. Bwana atakuongoza katika njia unayoiendea.”
ती पुजारीले उनीहरूलाई भने, “शान्तिमा जाओ । तिमीहरू जानुपर्ने बाटोमा परमप्रभुले तिमीहरूलाई डोर्‍याउनुहुनेछ ।”
7 Kisha wale watu watano wakaondoka na wakafika Laishia, na waliona watu waliokuwa pale waliishi salama- vivyo hivyo Wasidoni waliishi bila kusumbuliwa na kwa usalama. Hapakuwa na mtu aliyewashinda katika nchi hiyo, au aliyewasumbua kwa namna yoyote. Waliishi mbali na Wasidoni, na hawakuwa na ushirikiano na mtu yeyote.
त्यसपछि ती पाँच जना मानिस त्यहाँबाट गए र लेशमा आए, अनि मानिसहरू सुरक्षासाथ बसोबास गरिरहेका उनीहरूले देखे, जसरी सीदोनीहरू कुनै बाधा नभई र सुरक्षित बस्‍थे । तिनीहरूलाई पराजय गर्ने वा त्यस देशमा कुनै प्रकारले दमन गर्ने कोही पनि थिएन । तिनीहरू सीदोनीहरूबाट टाढा बस्थे र तिनीहरूको कसैसँग लेन-देन थिएन ।
8 Walirudi kwa kabila lao huko Zora na Eshtaol. Ndugu zao waliwauliza, 'Mna habari gani?'
उनीहरू सोरा र एश्तोलमा भएको आफ्नो कुलकहाँ फर्के । उनीहरूका नातेदारहरूले सोधे, “तिमीहरूसँग के विवरण छ?”
9 Wakasema, “Njoo! Hebu tuwashambulie! Tumeona ardhi na ni nzuri sana. Je hamfanyi kitu? Msiwe wavivu kushambulia na kuchukua ardhi.
उनीहरूले भने, “आओ, तिनीहरूलाई आक्रमण गरौँ! हामीले त्यो देश देखेका छौं र त्यो धेरै असल छ । के तिमीहरू केही गर्दैनौ? आक्रमण गर्न र त्यो देशमाथि अधिकार गर्न ढिला नगर ।
10 Mnapoenda, mtakuta watu wanaofikiri wapo salama, na nchi ni pana! Mungu amewapa ninyi-mahali ambako hapajapungukiwa kitu chochote duniani. '
जब तिमीहरू जान्छौ, तब तिमीहरूले ती मानिसहरूलाई भेट्नेछौ जसले आफैंलाई सुरक्षित ठान्छन्, र त्यो सहर फराकिलो छ! परमेश्‍वरले तिमीहरूलाई त्यो सहर दिनुभएको छ— एउटा ठाउँ जसमा कुनै कुराको अभाव छैन ।”
11 Watu mia sita wa kabila la Dani, wenye silaha za vita, waliondoka kutoka Sora na Eshtaoli.
दानका कुलका छ सय मानिसहरू युद्धको निम्ति हातहतियारले सुसज्‍जित भएर सोरा र एश्तोलबाट निस्के ।
12 Wakasafiri, wakapanga Kiriath-yearimu, huko Yuda. Ndio maana watu walipaita mahali pale Mahane Dani hata leo; ni magharibi ya Kiriath yearimu.
तिनीहरू माथि गए र यहूदाको किर्यत-यारीममा छाउनी हाले । यसकारण मानिसहरूले त्यस ठाउँलाई आजको दिनसम्म महनेह-दान भन्छन् । त्योचाहिं किर्यत-यारीमको पश्‍चिममा पर्छ ।
13 Wakaondoka huko na kwenda nchi ya mlima wa Efraimu, wakafika nyumbani kwa Mika.
तिनीहरू त्यहाँबाट एफ्राइमको पहाडी देशमा गए र मीकाको घरमा आए ।
14 Kisha watu watano waliokuwa wamekwenda kutazama nchi ya Laisha waliwaambia jamaa zao, “Je, mnajua kwamba katika nyumba hizi kuna efodi, miungu ya kaya, sanamu zilizochongwa, na sanamu za chuma? Amua sasa utakachofanya.”
लेशको देशमा जानकारी प्राप्‍त गर्न गएका पाँच जना मानिसले आफ्ना नातेदारहरूलाई भने, “यी घरहरूमा एपोद, घर-देवताहरू, खोपिएको मूर्ति, र ढलौटे मूर्ति छन् भनी के तिमीहरूलाई थाहा छ? तिमीहरूले के गर्नेछौ अहिले नै निर्णय गर ।”
15 Basi wakarudi huko, wakafika nyumbani mwa Mlawi, nyumbani mwa Mika; wakamsalimu.
यसैले तिनीहरू मीकाको घर, ती जवान लेवीकहाँ आए र तिनीहरूले तिनलाई अभिवादन गरे ।
16 Wana Daniani mia sita, wenye silaha za vita, walisimama kwenye maingilio ya lango.
अनि दानका छ सय जना मानिसहरू युद्धको निम्ति हात-हतियारले सुसज्‍जित भएर ढोकामा उभिए ।
17 Wale watu watano waliokuwa wamekwenda kutembelea nchi walikwenda huko na wakachukua sanamu zilizochongwa, efodi, na miungu ya nyumba, na sanamu ya chuma, wakati kuhani alipokuwa amesimama kwenye maingilio ya lango na wanaume mia sita wenye silaha za vita.
ती पाँच जना मानिस जसले देशको बारेमा जानकारी लिन गएका थिए, तिनीहरू त्यहाँ गए र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, जति बेला पुजारीचाहिं युद्धको निम्ति हात-हतियारले सुसज्‍जित छ सय जना मानिसका साथ ढोकामा उभिए ।
18 Walipokuwa wakiingia nyumbani kwa Mika na kuchukua sanamu zilizochongwa, efodi, miungu ya nyumba, na sanamu za chuma, kuhani akasema, “mnafanya nini?”
जब तिनीहरू मीकाको घरमा पसे र खोपिएको मूर्ति, एपोद, घर-देवताहरू, र ढलौटे मूर्ति लिए, पुजारीले तिनीहरूलाई भने, “तिमीहरू यो के गरिरहेका छौ?”
19 Wakamwambia, “Tulia! Weka mkono wako kwenye kinywa chako na uje nasi, na uwe kwetu baba na kuhani. Je, ni bora kuwa wewe kuhani kwa ajili ya nyumba ya mtu mmoja, au kuhani kwa kabila na jamaa katika Israeli?”
तिनीहरूले तिनलाई भने, “चूप लाग! आफ्‍नो हात आफ्‍नो मुखमा राख र हामीसँग आऊ, र हाम्रो निम्ति पिता र पुजारी होऊ । के तिम्रो निम्ति एउटा मानिसको घरको पुजारी हुनु, कि इस्राएलमा एउटा कुल र वंशको पुजारी हुनु कुन असल छ?”
20 Moyo wa kuhani ulifurahi. Akachukua efodi, miungu ya nyumba, na sanamu ya kuchongwa, akaenda pamoja na hao watu.
ती पुजारीको हृदय हर्षित भयो । तिनले त्यो एपोद, घर-देवताहरू, र खोपिएको मूर्ति लिए, र ती मानिसहरूसँगै गए ।
21 Basi wakageuka wakaenda. Wameweka watoto wadogo mbele yao wenyewe, pamoja na ng'ombe na mali zao.
यसैले तिनीहरू फर्केर त्यहाँबाट गए । तिनीहरूले साना बालबालिका र गाई-वस्तु र आफ्ना धनमालहरूलाई आफ्नो अगि-अगि हिंडाए ।
22 Walipokuwa umbali mzuri kutoka kwa nyumba ya Mika, watu waliokuwa ndani ya nyumba iliyo karibu na nyumba ya Mika waliitwa, nao wakawafikia Wadani.
जब तिनीहरू मीकाको घरबाट अलि पर पुगे, मीकाको घरनजिकका घरहरूमा बस्‍ने मानिसहरूलाई एकसाथ भेला गरियो, र तिनीहरूले दानका मानिसहरूलाई भेट्टाए ।
23 Waliwapigia kelele Wadani, nao wakageuka, wakamwambia Mika, “Kwa nini mmekuja pamoja?
तिनीहरूले दानका मानिसहरूमाथि कराए, र तिनीहरू फर्के र मीकालाई भने, “तिमीहरू किन एकसाथ भेला भएका छौ?”
24 Akasema, “ninyi mmeiba miungu niliyoifanya, mmemchukua kuhani wangu, na mnaondoka. Je, nina nini tena? Unawezaje kuniuliza, 'Ni nini kinachokusumbua?'”
तिनले भने, “मैले बनाएका देवताहरू तिमीहरूले चोर्‍यौ, मेरो पुजारीलाई लग्यौ, र तिमीहरू जाँदैछौ । अब मसँग के बाँकी छ? तिमीहरू कसरी मलाई ‘तिमीलाई के कुराले दु: ख दिइरहेको छ’ भनेर सोध्दैछौ?”
25 'Watu wa Dani wakamwambia,” Usiruhusu tusikie chochote unachosema, au baadhi ya watu wenye hasira sana watawapiga, wewe na familia yako mtauawa.”
दानका मानिसहरूले तिनलाई भने, “हामीलाई तिम्रो केही कुरा नसुनाऊ, नत्रता हामीमध्येका कोही धेरै क्रोधित मानिसले तिमीलाई आक्रमण गर्नेछ, र तिमी र तिम्रा परिवार सबै मारिनेछन् ।”
26 Ndipo watu wa Dani wakaenda zao. Mika alipoona kwamba walikuwa na nguvu sana juu yake, akageuka na kurudi nyumbani kwake.
त्यसपछि दानका मानिसहरू आफ्‍नो बाटो लागे । जब तिनीहरू आफ्नो निम्ति धेरै नै बलिया रहेछन् भनेर मीकाले देखे तब तिनी आफ्नै घर फर्किए ।
27 Watu wa Dani walichukua kile alichokifanya Mika, pamoja na kuhani wake, na wakafika Laisha, kwa watu waliokuwa hawasumbuliwi na wenye usalama na salama wakawaua kwa upanga na kuuchoma mji huo.
दानका मानिसहरूले मीकाले बनाएका कुराहरू र तिनका पुजारीलाई लिए, र तिनीहरू लेशमा कुनै बाधामा नपरेका र सुरक्षित मानिसहरूकहाँ आए, अनि तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे र सहरलाई जलाइदिए ।
28 Hapakuwa na mtu wa kuwaokoa kwa sababu palikuwa na umbali mrefu kutoka Sidoni, na hawakuwa na uhusiano na mtu yeyote. Palikuwa katika bonde lililo karibu na Beth Rehobu. Wadani wakaujenga mji na kuishi huko.
तिनीहरूलाई बचाउने त्‍यहाँ कोही पनि थिएन किनभने त्यो सीदोनबाट धेरै टाढा थियो, र तिनीहरूको कसैसँग पनि कुनै लेन-देन थिएन । त्यो बेथ-रहोबनजिकको बेसीमा थियो । दानका मानिसहरूले त्यो सहरलाई पुनर्निर्माण गरे र त्यहीं बसोबास गरे ।
29 Wakauita jina lake Dani, jina la baba zao Dani, ambaye alikuwa mmoja wa wana wa Israeli. Lakini jina la mji hapo mwanzo ulikuwa Laisha.
तिनीहरूले इस्राएलका छोरामध्‍ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।
30 Watu wa Dani walijenga sanamu za kuchonga wenyewe. Naye Yonathani, mwana wa Gershomu, mwana wa Musa, yeye na wanawe walikuwa makuhani wa kabila la Wadani mpaka siku ya uhamisho wa nchi.
दानका मानिसहरूले आफ्नै निम्ति ती खोपिएका मूर्तिहरू राखे । अनि त्यो देश कैदमा नपरेसम्म मोशाका नाति, गेर्शोमका छोरा जोनाथन र तिनका छोराहरू दानका कुलका निम्ति पुजारीहरू भए ।
31 Basi wakaiabudu sanamu ya kuchonga ya Mika aliyoifanya wakati wa nyumba ya Mungu huko Shilo.
यसैले शीलोमा परमेश्‍वरको भवन भएसम्म तिनीहरूले मीकाले बनाएका खोपिएका मूर्तिहरूको पुजा गरे ।

< Waamuzi 18 >