< Waamuzi 13 >
1 Watu wa Israeli wakafanya yaliyo mabaya machoni pa Bwana, naye akawatia mikononi mwa Wafilisti kwa miaka arobaini.
इस्राएलका मानिसहरूले फेरि परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र उहाँले तिनीहरूलाई पलिश्तीहरूका हातमा चालिस वर्षसम्म सुम्पनुभयो ।
2 Kulikuwa na mtu kutoka Sora, wa jamaa ya Wadani, jina lake Manoa. Mke wake hakuweza kupata mimba na hivyo hakuzaa.
त्यहाँ सोराबाट आएका दानको वंशका एक जना मानिस थिए, तिनको नाउँ मानोह थियो । तिनकी पत्नी गर्भवती हुन सकेकी थिइनन् र यसैले तिनले जन्म दिएकी थिइनन् ।
3 Malaika wa Bwana akamtokea yule mwanamke akamwambia, Tazame sasa, umeshindwa kupata mimba, wala hujazaa, lakini utakuwa na mimba na utazaa mtoto.
परमप्रभुका एउटा दूत ती स्त्रीकहाँ देखा परे र तिनलाई भने, “तिमी गर्भवती हुन सकेकी छैनौ, र तिमीले जन्म दिएकी छैनौ, तर तिमी गर्भवती हुनेछौ र तिमीले एउटा छोरो जमाउनेछौ ।
4 Sasa kuwa makini usinywe divai au kileo, wala usile kitu chochote kilicho najisi.
अब दाखमद्य वा कडा पेय नपिउन होसियार होऊ, र कुनै अशुद्ध कुरा नखाऊ ।
5 Angalia, utakuwa na mjamzito na kuzaliwa mtoto mwanaume. Hakuna wembe itakayotumiwa juu ya kichwa chake, kwa kuwa mtoto atakuwa Mnaziri kwa Mungu kutoka tumboni, naye ataanza kuwaokoa Israeli kutoka mkono wa Wafilisti.
हेर, तिमी गर्भवती हुनेछौ र एउटा छोरो जन्माउनेछौ । उसको कपालमा छुरा लाग्नेछैन, किनकि त्यो बालक गर्भदेखि नै परमेश्वरको निम्ति नाजिरी हुनेछ, र उसले इस्राएललाई पलिश्तीहरूका हातबाट छुटकारा दिन सुरु गर्नेछ ।”
6 Kisha mwanamke akaenda kumwambia mumewe, “Mtu wa Mungu alikuja kwangu, na kuonekana kwake kulikuwa kama malaika wa Mungu, wa kutisha sana. Sikumwuliza ametokea wapi, na hakuniambia jina lake.
तब ती स्त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्वरका दूतका झैं धेरै डरलाग्दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्नुभएन ।
7 Akaniambia, 'Tazama! Utakuwa mjamzito, na utazaa mtoto. Basi usinywe divai au kileo, wala usile chakula chochote ambacho sheria inasema kuwa si safi, kwa kuwa mtoto huyo atakuwa Mnaziri kwa Mungu tangu akipokuwa tumboni mwako mpaka siku ya kufa kwake.”
उहाँले मलाई भन्नुभयो, ‘हेर, तिमी गर्भवती हुनेछौ, र तिमीले एउटा छोरो जन्माउनेछौ । यसैले दाखमद्य वा कडा पेय नपिउनू, र व्यवस्थाले अशुद्ध भनेर घोषणा गरेको कुनै कुरा नखानू, किनभने त्यो बालक तिम्रो गर्भदेखि उसको मृत्युको दिनसम्म नै परमप्रभुको निम्ति नाजिरी हुनेछ ।’”
8 Ndipo Manoa akamwomba Bwana, akasema, Ee Bwana, tafadhali mruhusu mtu wa Mungu uliyemtuma arudi kwetu ili atufundishe kile tutakachotendea kwa mtoto atakayezaliwa hivi karibuni.
त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून् ।”
9 Mungu akajibu sala ya Manoa, na malaika wa Mungu akamwendea mwanamke tena akiwa ameketi shambani. Lakini Manoa mumewe hakuwa pamoja naye.
परमेश्वरले मानोहको पुकार सुन्नुभयो, र परमेश्वरका दूत फेरि ती स्त्रीकहाँ तिनी मैदानमा बसिरहँदा देखा परे । तर मानोह तिनका पति तिनीसँग थिएनन् ।
10 Basi mwanamke akakimbia haraka akamwambia mumewe, “Tazama! Yule mtu ameonekana kwangu-aliyekuja kwangu siku ile!”
यसैले ती स्त्री दौडेर गईन् र आफ्ना पतिलाई बताइन्, “हेर्नुहोस्, ती मानिस, जो मकहाँ हिजो आउनुभएको थियो उहाँ फेरि मकहाँ देखापर्नुभएको छ!”
11 Manoa akasimama na kumfuata mkewe. Alipofika kwa mtu huyo, akasema, “Je, wewe ndiwe mtu aliyezungumza na mke wangu?'” Mtu huyo akasema, “Ni mimi.”
मानोह उठे र आफ्नी पत्नीको पछिपछि गए । जब तिनी ती मानिसकहाँ आए, तिनले भने, “के मेरी पत्नीसँग बोल्ने मानिस तपाईं नै हुनुहुन्छ?” ती मानिसले भने, “हो, मै हुँ ।”
12 Manoa akasema, Sasa maneno yako yatimike. Je! kuna maagizo gani kwa ajili ya mtoto, na kazi yake itakuwa nini? '
यसैले मानोहले भने, “तपाईंका वचन पुरा होऊन् । त्यो बालकको निम्ति नियमहरू के हुनेछन्, र उसको काम के हुनेछ?”
13 Malaika wa Bwana akamwambia Manoa, 'Lazima mkeo afanye kila kitu nilichomwambia.
परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिनलाई भनेका हरेक कुरा तिनले ध्यानपुर्वक गर्नुपर्छ ।
14 Asile kitu chochote kinachotokana na mizabibu, wala usimruhusu kunywa divai au kileo; usimruhusu ale chakula chochote ambacho sheria inasema kuwa si safi. Anapaswa kutii kila kitu nilichoamuru afanye.
दाखको बोटबाट आउने केही पनि तिनले खानुहुँदैन, र तिनले दाखमद्य वा कडा पेय पिउन वा कुनै अशुद्ध कुरा खान नदिनू । मैले तिनलाई गर्नू भनी आज्ञा गरेका सबै कुरा तिनले पालना गर्नुपर्छ ।”
15 Manoa akamwambia malaika wa Bwana, Tafadhali keti kwa muda, utupe wakati wa kuandaa mbuzi kwa ajili yako.
मानोहले परमप्रभुका दूतलाई भने, “कृपया केही समय बस्नुहोस्, र तपाईंको निम्ति एउटा पाठो तयार गर्न हामीलाई समय मिल्नेछ ।”
16 Malaika wa Bwana akamwambia Manowa, Hata kama nitakaa, sitakula chakula chako. Lakini ukitayarisha sadaka ya kuteketezwa, toa kwa Bwana. ' (Manowa hakujua kwamba alikuwa malaika wa Bwana.)
परमप्रभुका दूतले मानोहलाई भने, “म बसें भने पनि म तिम्रो भोजन खानेछैनँ । तर तिमी होमबलि तयार गर्छौ भने, त्यो परमप्रभुलाई चढाउनू ।” (उनी परमप्रभुका दूत थिए भनेर मानोहलाई थाहा थिएन ।)
17 Manoa akamwambia malaika wa Bwana, Jina lako ni nani, ili tukuheshimu wakati maneno yako yatakapotimia?
मानोहले परमप्रभुका दूतलाई भने, “तपाईंको नाउँ के हो, ताकि तपाईंको वचन पुरा हुँदा हामी तपाईंलाई सम्मान गर्न सकौं?”
18 Malaika wa Bwana akamwambia, Mbona unauliza jina langu? Ni ajabu! '
परमप्रभुका दूतले उनलाई भने, “तिमी किन मेरो नाउँ सोध्छौ? त्यो आश्चर्यपूर्ण छ!”
19 Manoa akamchukua huyo mbuzi pamoja na sadaka ya nafaka, akatoa sadaka juu ya mwamba kwa Bwana. Alifanya jambo la ajabu wakati Manoah na mke wake walikuwa wakiangalia.
यसैले मानोहले अन्नबलिसित एउटा पाठो लिए र ती परमप्रभुलाई एउटा चट्टानमा चढाए । मानोह र तिनकी पत्नीले हेरिरहँदा उहाँले केही आश्चर्य काम गर्नुभयो ।
20 Wakati huo moto ukatoka juu ya madhabahu kwenda mbinguni, malaika wa Bwana akapanda katika moto wa madhabahu. Manoah na mkewe waliona jambo hilo wakainamisha vichwa vyao chini.
जब वेदीबाट आगो माथि आकाशतर्फ गयो, तब परमप्रभुका दूत वेदीको आगोमा माथि गए । मानोह र तिनकी पत्नीले यो देखे र आफ्नो मुहार भुइँमा घोप्टो पारे ।
21 malaika wa Bwana hakuonekana tena kwa Manoa au mkewe. Manoa akajua kwamba yule ndiye malaika wa Bwana.
परमप्रभुका दूत मानोह वा उनकी पत्नीकहाँ फेरि देखा परेनन् । तब मानोहलाई तिनी परमप्रभुका दूत रहेछन् भनेर थाहा भयो ।
22 Manoa akamwambia mkewe, 'Hakika tutakufa, kwa sababu tumemwona Mungu!'
मानोहले आफ्नी पत्नीलाई भने, “हामी निश्चय नै मर्नेछौं, किनभने हामीले परमेश्वरलाई देखेका छौं!”
23 Lakini mkewe akamwambia, Ikiwa Bwana alitaka kutuua, asingepokea sadaka ya kuteketezwa na sadaka ya nafaka tuliyompa. Asingetuonesha mambo haya yote, wala wakati huu asingeweza kuturuhusu tusikie mambo hayo.
तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्ने इच्छा गर्नुभएको भए, उहाँले हामीले अर्पण गरेका होमबलि र अन्नबलि ग्रहण गर्नुहुन्नथ्यो । उहाँले हामीलाई यी सबै कुराहरू देखाउनुन्नथ्यो, न त उहाँले यो समय हामीलाई यी कुराहरू भन्नुहुन्थ्यो ।”
24 Baadaye mwanamke akamzaa mtoto, akamwita jina lake Samsoni. Mtoto alikua na Bwana akambariki.
पछि ती स्त्रीले एउटा छोरो जन्माइन्, र तिनको नाउँ शिमशोन राखिन् । त्यो बालक बढ्दै गयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो ।
25 Roho wa Bwana akaanza kumchochea Mahane Dani, kati ya Sora na Eshtaoli.
परमप्रभुको आत्माले तिनलाई सोरा र एश्तोलको बिच महनेह-दानमा उत्तेजित पार्न सुरु गर्नुभयो ।