< Joeli 1 >

1 Hili ni neno la Bwana lililomjia Yoeli mwana wa Pethueli.
पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
2 Sikieni haya, ninyi wazee, na sikieni, ninyi wenyeji wa nchi. Je! Hii imewahi kuwa kabla ya siku zenu au katika siku za baba zenu?
ए धर्मगुरुहरू हो, यो कुरा सुन, र ए देशका सबै बासिन्दाहरू हो ध्यानसँग सुन । तिमीहरूका दिनमा वा तिमीहरूका पुर्खाहरूका दिनमा कहिल्यै यस्तो भएको छ?
3 Waambie watoto wako kuhusu hilo, na waache watoto wako kuwaambie watoto wao, na watoto wao kizazi kijacho.
यसको विषयमा आफ्ना छोराछोरीलाई भन, र तिमीहरूका छोराछोरीले आफ्‍ना छोराछोरीलाई भनून्, र तिनीहरूका छोराछोरीले अर्को पुस्तालाई भनून् ।
4 Yale yaliyosazwa na tunutu yameliwa na nzige wakubwa; yale yaliyosazwa na nzige panzi wameyala; na yaliyosazwa na panzi yameliwa na madumadu
बथानमा हिंड्ने सलहहरूले जे बाँकी छोडेका छन्, ती ठुला सलहले खाएका छन्, ठुला सलहले जे बाँकी छोडेका छन् ती फट्‍याङ्‍ग्राले खाएका छन्, र फट्‍याङ्‍ग्राले जे बाँकी छोडेका छन् ती झुसिल्‍किराले खाएका छन् ।
5 Amkeni, enyi walevi, lieni! Omboleza, ninyi nyote mnywao divai, kwa sababu divai nzuri imekatwa kutoka kwenu.
ए मद्यले मातेकाहरू हो, उठ र रोओ! ए दाखमद्य पिउनेहरू, सबै विलाप गर, किनभने मिठो दाखमद्यलाई तिमीहरूबाट खोसिएको छ ।
6 Kwa maana taifa limekuja juu ya nchi yangu, imara na bila idadi. Meno yake ni meno ya simba, neye ana meno ya simba.
किनकि मेरो देशमा एउटा जाति आएको छ, बलियो र अनगिन्ती छ । त्यसका दाँत सिंहका दाँतझैं छन्, र त्यसका दाह्रा सिंहनीका झैं छन् ।
7 Amelifanya shamba langu la mizabibu kuwa mahali pa kutisha, amechukua mtini wangu. Amechukua gome lake na kulitupa mbali; matawi yake yamekuwa meupe.
त्यसले मेरो दाखबारीलाई उजाड ठाउँ बनाएको छ र मेरो नेभाराका बोटलाई लाछेर नाङ्गो पारेको छ । त्यसका बोक्राहरू त्यसले ताछेको छ र टाढा फालेको छ, र हाँगाहरू केवल सेता मात्र छन् ।
8 Omboleza kama bikira aliyevaa magunia kwa kifo cha mumewe mdogo.
आफ्नो भर्खरको पतिको मृत्यु भएर भाङ्‍ग्रा लगाएकी कन्या केटीले झैं विलाप गर ।
9 Sadaka ya unga na sadaka ya kinywaji zimekatiliwa mbali na nyumba ya Bwana. Makuhani, watumishi wa Bwana, huomboleza.
परमप्रभुको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् । परमप्रभुको सेवा गर्ने पुजारीहरू विलाप गर्छन् ।
10 Mashamba yameharibiwa, na nchi imekuwa dhaifu. Kwa maana nafaka imeharibiwa, divai mpya imekauka, na mafuta yameharibiwa.
खेतहरू सखाप पारिएका छन्, र अन्‍नहरू नष्‍ट पारिएका हुनाले भूमिले विलाप गर्दैछ । नयाँ दाखमद्य सुकेको छ, तेल बाँकी छैन ।
11 Oneni aibu, enyi wakulima, lieni, wakulima wa mzabibu, kwa ngano na shayiri. Kwa mavuno ya mashamba yameharibika.
ए किसानहरू हो, लज्‍जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्‍ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
12 Mizabibu imeharibika na miti ya mtini imekauka, miti ya mkomamanga, pia mitende, na miti ya epo - miti yote ya shambani imeharibika. Kwa furaha imeharibika kutoka kwa wana wa wanadamu.
दाखका बोटहरू ओइलाएका छन् र नेभाराका बोटहरू सुकेका छन्, र अनार बोटहरू, खजूर बोटहरू र स्याउको बोटहरू, खेतबारीका सबै बोटहरू ओइलाएका छन् । किनभने मानवजातिका सन्तानबाट आनन्द विलाएर गएको छ ।
13 Panda magunia na omboleza, enyi makuhani! Mwalia, enyi watumishi wa madhabahu. Njoo, ulala usiku wote kwenye magunia, enyi watumishi wa Mungu wangu. Maana sadaka ya unga na sadaka ya kinywaji zimezuiliwa nyumbani mwa Mungu wenu.
ए पुजारीहरू हो, भाङ्‍ग्रा लगाओ र विलाप गर! वेदीमा सेवा गर्नेहरू हो, विलाप गर । ए मेरा परमेश्‍वरका सेवा गर्नेहरू हो, आओ, र रातभर भाङ्‍ग्रा लगाएर बस । किनभने तिमीहरूका परमेश्‍वरको मन्‍दिरबाट अन्‍नबलि र अर्घबलि हटाइएका छन् ।
14 Iteni kwa funga takatifu, na iteni kusanyiko takatifu. Mkusanyieni wazee na wenyeji wote wa nchi wafike nyumbani kwa Bwana Mungu wenu, na kumlilia Bwana.
पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।
15 Ole kwa siku! Kwa maana siku ya Bwana imekaribia. Nayo itakuja uharibifu kutoka kwa Mwenyezi.
हाय! त्यो दिन, किनकि परमप्रभुको दिन नजिकै छ । त्योसँगै सर्वशक्तिमान्‌बाट विनाश आउनेछ ।
16 Je, chakula hakikukatiliwa mbali mbele ya macho yetu, na furaha na kicheko kutoka nyumbani mwa Mungu wetu?
के हाम्रै आँखाका सामु खानेकुरा, अनि हाम्रा परमेश्‍वरको मन्‍दिरबाट आनन्द र रमाहट रोकिएको छैन र?
17 Mbegu zinaoza chini ya udongo wake, ghala zimekuwa ukiwa, na mabanda yamevunjika, kwa maana nafaka imeharibika.
माटोका डल्‍लामुनि बीउहरू सडे, भण्‍डारहरू उजाड भए, र अन्‍नका भकारीहरू भत्‍काइए, किनकि अन्‍न सुकेको छ ।
18 Jinsi wanyama hulia! Ng'ombe wa ngome wanateseka kwa sababu hawana malisho. Pia, makundi ya kondoo yanateseka.
पशुहरू कसरी विलाप् गर्छन्! पाल्‍तु पशुका बथानहरूले कष्‍ट भोग्‍दैछन्, किनकि तिनीहरूका निम्ति खर्क छैन । साथै, भेडाका बगालहरू पनि कष्‍ट भोग्‍दैछन् ।
19 Bwana, nakulilia wewe. Kwa maana moto umekula malisho ya jangwani, na moto umeteketeza miti yote ya mashamba.
हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु । किनकि उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्म पारेका छ, र खेतका सबै रूखहरूलाई आगोले जलाएको छ ।
20 Hata wanyama wa mashambani wanapanda kwa ajili yako, kwa maana mito ya maji imekauka, na moto umekula malisho ya jangwani.
जमिनका पशुहरू पनि तपाईंका निम्ति तड्‍पिन्‍छन्, किनकि पानीका खोलाहरू सुकेका छन्, र उजाड-स्‍थानका खर्कहरूलाई आगोले भस्‍म पारेको छ ।

< Joeli 1 >