< Joeli 3 >

1 Tazama, katika siku hizo na wakati huo, nitakaporudi mateka wa Yuda na Yerusalemu,
हेर, ती दिनमा र त्‍यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,
2 Nami nitakusanya mataifa yote, na kuwaleta mpaka bonde la Yehoshafati. Nitawahukumu huko, kwa sababu ya watu wangu na warithi wangu Israeli, ambao waliwatawanya kati ya mataifa, na kwa sababu waligawanya nchi yangu.
सबै जातिहरूलाई म भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेंसीमा तल लैजानेछु । मेरा मानिसहरू र मेरो उत्तराधिकार इस्राएलको कारणले, जसलाई तिनीहरूले जातिहरूका बिचमा छरपष्‍ट पारेको, र मेरो देशलाई तिनीहरूले भाग-भागको पारेको कारणले, त्यहाँ म तिनीहरुको न्‍याय गर्नेछु ।
3 Wamepiga kura kwa ajili ya watu wangu, walinunua kijana kwa ajili ya kahaba, kuuza msichana kwa divai ili waweze kunywa.
तिनीहरूले मेरा मानिसहरूका निम्ति चिट्‍ठा हाले, एउटी वेश्‍या पाउनलाई केटालाई बेचे, र दाखमद्य पिउनलाई केटीलाई बेचे, यसरी तिनीहरूले जाँड-रक्‍सी पिए ।
4 Sasa, kwa nini unanikasirikia, Tiro, Sidoni na mikoa yote ya Wafilisti? Je! mutanirudishia malipo? Hata kama mutanilipa, mara moja nitawarudishia malipo yenu juu ya vichwa vyenu wenyewe.
अब, टुरोस, सीदोन र पलिश्‍तीका सबै क्षेत्रहरू, तिमीहरू किन मसँग रिसाउँछौ? के तिमीहरूले मलाई बदला लिन सक्छौ? तिमीहरूले मलाई बदला लियौ भने पनि, तिमीहरूको बदलालाई म तुरुन्तै तिमीहरूकै थाप्‍लोमा फर्काउनेछु ।
5 Kwa maana mumechukua fedha zangu na dhahabu zangu, nanyi mukachukua hazina zangu za thamani na kuzileta katika hekalu zenu.
किनकि तिमीहरूले मेरो चाँदी र सुन लग्‍यौ, र मेरा बहुमुल्य धनसम्पत्ति तिमीहरूले आफ्ना मन्दिरहरूमा लग्‍यौ ।
6 Mumewauza watu wa Yuda na Yerusalemu kwa Wayunani, ili kuwaondoa mbali na maeneo yao.
यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका इलाकाबाट टाढा हटाउनलाई, तिमीहरूले तिनीहरूलाई ग्रीकहरूका हातमा बेचिदियौ ।
7 Tazama, nitawaamsha, watoke mahali ambako muliwauza, na nitawarudishia malipo juu ya vichwa vyenu wenyewe.
हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँबाट, म तिनीहरूलाई माथि उठाउनेछु, र तिमीहरूकै टाउकोमा त्‍यसको मुल्‍य चुकाउनेछु ।
8 Nitawauza wana wako na binti zako, kwa mkono wa watu wa Yuda. Wao watawauza Sheba, kwa taifa mbali. Kwa maana Bwana amesema.
यहूदाका मानिसहरूका हातद्वारा, तिमीहरूका छोराहरू र छोरीहरूलाई म बेचिदिनेछु । टाढाको जाति शबाहरूका हातमा, तिनीहरूले उनीहरूलाई बेच्नेछन्, किनकि परमप्रभुले बोल्‍नुभएको छ ।”
9 Tangaza hii kati ya mataifa, 'Jitayarisheni wenyewe kwa ajili ya vita, waamsheni mashujaa, waacheni wakaribie, mashujaa wote wa vita wapande juu.
जातिहरूका बिचमा यो कुरा घोषणा गर, “युद्धको निम्ति आफैंलाई तयार गर, शक्तिशाली मानिसहरूलाई जगाओ, तिनीहरूलाई नजिक आउन देओ, युद्धका सबै मानिसहरू माथि आऊन् ।
10 Yafueni majembe yenu kuwa panga na visu vyenu vya kuchongea kuwa mikuki. Basi wadhaifu waseme, 'Nina nguvu.'
आफ्ना फालीहरू पिटेर तरवारहरू बनाओ र छिमल्ने खुकुरीहरू पिटेर भालाहरू बनाओ । कमजोरले भनोस्, ‘म बलियो छु ।’
11 Haraka na mje, mataifa yote ya karibu, jikusanyeni pamoja huko. Ee Bwana, washushe mashujaa wako.
ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।
12 Naam, mataifa yajihimize yenyewe kuja hadi bonde la Yehoshafati. Kwa maana nitakaa huko kuhukumu mataifa yote ya jirani.
जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्‍लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्यहीं बस्‍नेछु ।
13 Wekeni katiki mundu, kwa maana mavuno yameiva. Njoo, muponde zabibu, kwa ajiri pipa la divai limejaa. Vipuri vilivyofurika, kwa sababu uovu wao ni mkubwa sana.
हँसिया बोक, किनकि फसल पाकेको छ । आओ, दाखहरूलाई पेल, किनको दाखको कोल भरिएको छ । घ्‍याम्‍पोहरू भरिएर पोखिन्‍छन्, किनकि तिनीहरूका दुष्‍टता विशाल छ ।”
14 Kuna mshtuko, mshtuko katika bonde la Hukumu. Kwa maana siku ya Bwana i karibu katika bonde la hukumu.
त्‍यहाँ होहल्‍ला छ, इन्साफको बेसीमा कोलाहल छ । किनकि इन्साफको बेसीमा परमप्रभुको दिन नजिकै छ ।
15 Jua na mwezi vinakuwa giza, nyota zimeacha kuangaza.
सुर्य र चन्द्रमा अन्धकार हुन्छन्, र ताराहरूले आफ्नो चमक लुकाउँछन् ।
16 Bwana ataunguruma kutoka Sayuni, na kuinua sauti yake kutoka Yerusalemu. Mbingu na nchi zitatikisika, lakini Bwana atakuwa makao kwa ajili ya watu wake, na ngome kwa wana wa Israeli.
सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ ।
17 Kwa hiyo mtajua ya kuwa mimi ndimi Bwana, Mungu wenu, anayeishi Sayuni, mlima wangu mtakatifu. Kisha Yerusalemu itakuwa takatifu, na hakuna jeshi litaklozunguka tena.
“यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन ।
18 Katika siku hiyo, milima itatayarisha divai nzuri, milima itatiririsha maziwa, miito yote ya Yuda itapita katikati ya maji, na chemchemi zitakuja kutoka nyumba ya Bwana na maji ya bonde la Shitimu.
त्यो दिनमा यस्‍तो हुनेछ, पहाडहरूबाट मिठो दाखमद्य चुहिनेछ, डाँडाहरूबाट दूध बग्‍नेछ, यहूदाका सबै खोलाहरूमा पानी बग्‍नेछ, र परमप्रभुको मन्‍दिरबाट मूल फुट्नेछ, र शित्तिमको उपत्यकालाई भिजाउनेछ ।
19 Misri itakuwa ukiwa, na Edomu itakuwa jangwa tupu, kwa sababu ya vurugu iliyofanyika kwa watu wa Yuda, kwa sababu walimwaga damu isiyo na hatia katika nchi yao.
यहूदाका मानिसहरूमाथि अत्याचार गरिएको हुनाले, तिनीहरूले आफ्नो देशमा निर्दोष रगत बगाएको हुनाले, मिश्र त्‍यागिएर उजाड हुनेछ, र एदोमचाहिं त्यागिएको उजाड-स्‍थान हुनेछ ।
20 Lakini Yuda utakua mwenyeji milele, na Yerusalemu itakuwa kizazi hata kizazi.
तर यहूदामा सधैं मानिसहरू बसोबास गर्नेछन्, र यरूशलेममा चाहिं पुस्तादेखि पुस्तासम्म बसोबास हुनेछ ।
21 Nitawalipizia damu yao, ambayo sijajilipizia kisasi, kwa maana Bwana anaishi Sayuni.
मैले बदला नलिएको रगतको म बदला लिनेछु, किनकि परमप्रभु सियोनमा बास गर्नुहुन्‍छ ।”

< Joeli 3 >