< Ayubu 3 >
1 Baada ya hayo, Ayubu akafunua kinywa chake na kuilani siku aliyozaliwa.
यसपछि अय्यूबले आफ्नो मुख खोले, र आफू जन्मेको दिनलाई सरापे ।
3 “Na ipotelee mbali siku niliyozaliwa mimi, usiku uliosema, 'Mimba ya mtoto wa kiume imetungwa.'
“म जन्मेको दिन नष्ट होस्, त्यो रात जसले भन्यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'
4 Siku hiyo na iwe giza; Mungu toka juu asiifikilie, wala mwanga usiiangazie.
त्यो दिन अन्धकार होस् । परमेश्वरले माथिबाट त्यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।
5 Ishikwe na giza na giza la mauti liwe lake. Wingu na likae juu yake; kila kitu kiifanyacho siku kuwa giza kweli na kiitishe.
अन्धकार र मृत्युको छायाले आफ्नो लागि यसलाई दाबी गरून् । यसमाथि बादल लागोस् । दिनलाई अँध्यारो बनाउने हरेक कुराले यसलाई साँच्चै त्रसित पारोस् ।
6 Usiku huo, na ukamatwe na giza tororo. Usihesabiwe miongoni mwa siku za mwaka; na usiwekwe katika hesabu ya miezi.
निस्पट्ट अँध्यारोले त्यो रातलाई समातोस् । वर्षका दिनहरूका बिचमा यो नरमाओस् । महिनाहरूको गन्तीमा यसको गणना नहोस् ।
7 Tazama, usiku huo na uwe tasa; na sauti ya shangwe isiwe ndani yake.
हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।
8 Na wailani siku hiyo, hao wafahamuo namna ya kumuamsha lewiathani.
लिव्यातन्लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।
9 Nyota za mapambazuko yake zitiwe giza. Siku hiyo iutafute mwanga, lakini isiupate; wala makope ya mapambazuko isiyaone,
त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्न पाओस् ।
10 kwasababu haikuifunga milango ya tumbo la mama yangu, na kwasababu haikunifichia taabu machoni pangu.
किनभने यसले मेरी आमाको गर्भको ढोकालाई थुनेन, र किनभने यसले मेरा आँखाबाट कष्टलाई लुकाएन ।
11 Kwanini si-kufa wakati lipotokeza katika tumbo la uzazi? Kwanini sikuitoa roho yangu hapo mama aliponizaa?
मेरी आमाको गर्भबाट बाहिर निस्कँदा म किन मरिनँ? मेरी आमाले मलाई जन्माउँदा मैले आफ्नो आत्मा किन त्यागिनँ?
12 kwanini magoti yake yalinipokea? Kwanini maziwa yake yanipokee hata ninyonye?
उनका घुँडाहरूले मलाई किन स्वागत गरे? मैले दूध चुस्नलाई उनका स्तनहरूले मलाई किन स्वीकार गरे?
13 Kwa sasa ningelikuwa nimelala chini kimya kimya. Ningelala usingizi na kupata pumziko
किनकि अहिले म चुप लागेर बसिरहेको हुन्थें । म सुतेको हुन्थें, र विश्राममा हुन्थें,
14 pamoja na wafalme na washauri wa dunia, ambao walijijengea makaburi ambayo sasa ni magofu.
पृथ्वीका राजाहरू र सल्लाहकारहरूका साथमा, जसले आफ्नै लागि चिहानहरू बनाए, जुन अहिले ध्वस्त छन् ।
15 Au Ningelikuwa nimelala pamoja na wakuu wenye dhahabu, waliozijaza nyumba zao fedha.
अर्थात् ती राजकुमारहरूसित म सुतिरहेको हुन्थें, जससित कुनै बेला सुन थियो, जसले आफ्ना घरहरूलाई चाँदीले भरेका थिए ।
16 Au pengine ningekuwa sijazaliwa, kama watoto wachanga wasio uona mwanga kabisa.
अर्थात् सायद म तुहेर जन्मने थिएँ, कदापि उज्यालो नदेख्ने शिशुहरूझैं हुन्थें ।
17 Huko waovu huacha kusumbua; huko waliochoka hupumzika.
त्यहाँ दुष्टको अत्याचार सकिन्छ । त्यहाँ थाकितहरूले विश्राममा लिन्छन् ।
18 Huko wafungwa kwa pamoja hupata amani; hawaisikii sauti ya msimamizi wa watumwa.
त्यहाँ कैदीहरू सँगसँगै चैनमा हुन्छन् । तिनीहरूले कमाराको नाइकेको सोर सुन्नुपर्दैन ।
19 Wote wadogo na watu maarufu wako huko; mtumishi yuko huru kwa bwana wake huko.
त्यहाँ साना र ठुला दुवै थरिका मानिसहरू छन् । नोकर आफ्नो मालिकबाट स्वतन्त्र हुन्छ ।
20 Kwa nini yeye aliye mashakani kupewa mwanga? Kwa nini hao wenye uchungu moyoni kupewa uhai,
दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ?
21 ambao hutamani mauti lakini hawapati; ambao huyachimbulia mauti zaidi ya kutafuta hazina iliyofichika?
जसले मृत्यु नै नआई त्यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्दा धेरै मृत्यको लागि खाडल खन्छ ।
22 Kwa nini kupewa mwanga ambao hushangilia mno na kufurahi walionapo kaburi?
जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्यसलाई ज्योति किन दिइन्छ?
23 Kwanini kupewa mwanga mtu ambaye njia zake zimefichika, mtu ambaye Mungu amemzungushia uwa?
जसको मार्ग लुकाइएको छ, र जुन मानिसलाई परमेश्वरले छेक्नुभएको छ, त्यस मानिसलाई ज्योति किन दिइन्छ?
24 Kwa kuwa kushusha kwangu pumzi kwatokea badala ya kula; kuugua kwangu kumemiminika kama maji.
किनकि मैले खानुको साटो सुस्केरा हाल्छु । मेरो वेदनाको सोर पानीझैं पोखिन्छ ।
25 Maana jambo lile niliogopalo limenipata; nalo linitialo hofu limenijilia.
जुन कुरोदेखि म डराउँथेँ, त्यही मकहाँ आएको छ । म जेदेखि भयभीत हुन्थेँ, त्यही मकहाँ आएको छ ।
26 Mimi sioni raha, sipati utulivu, na sipati pumziko; badala yake huja taabu.”
म चैनमा छैनँ, म मौन छैनँ, र मलाई विश्राम छैन । बरु सङ्कष्ट आउँछ ।”