< Ayubu 21 >

1 Kisha Ayubu akajibu na kusema,
तब अय्यूबले जवाफ दिए र भने,
2 “Sikilizeni hotuba yangu kwa makini, hii na iwe faraja yenu.
“मेरा वचनलाई ध्यान दिएर सुन्‍नुहोस्, र यो तपाईंहरूले मलाई दिने सान्त्वना होस् ।
3 Nimeteswa, lakini pia nitasema; nikisha kusema, endeleeni kudhihaki.
मलाई सुन्‍नुहोस्, र म पनि बोल्नेछु । मैले बोलेर सकेपछि निरन्‍तर गिल्ला गर्नुहोस् ।
4 Lakini kwangu mimi, malalamikio yangu ni kwa mtu? Kwa nini nisiwe mwenye subira?
मेरो बारेमा, के मैले मानिसलाई गुनासो गरेको हो र? म किन अधैर्य नहुनू?
5 Nitazameni na mshangae, nanyi wekeni mkono wenu midomoni mwenu.
मलाई हेर्नुहोस् र छक्‍क पर्नुहोस्, र आफ्नो हातले आफ्‍नो मुख छुनुहोस् ।
6 Ninapoyafikiria mateso yangu, ninaumizwa, mwili wangu unaogopa.
मैले आफ्‍नो दुःखको बारेमा सोच्दा म त्रसित हुन्छु, र थरथरीले मेरो शरीरलाई नै समाउँछ ।
7 Kwa nini waovu wanaendelea kuishi, wanazeeka, na kuwa na uwezo katika madaraka?
दुष्‍ट मानिसहरू किन निरन्‍तर बाँच्‍छन्, बुढा हुन्छन् र सामर्थ्‍यमा शक्तिशाली हुन्छन्?
8 Wazao wao wanathibitishwa mbele zao, na uzao wao unaimarika machoni pao.
तिनीहरूका सन्तानहरू तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन्, र तिनीहरूका छोराछोरी तिनीहरूकै आँखाको सामु स्‍थापित हुन्छन् ।
9 Nyumba zao ziko salama mbali na hofu; wala fimbo ya Mungu haiko juu yao.
तिनीहरूका घरहरू डरबाट सुरक्षित हुन्‍छन् । न त परमेश्‍वरको छडी नै तिनीहरूमाथि परेको हुन्‍छ ।
10 Dume lao la ng'ombe linazalisha; halishindwi kufanya hivyo; ng'ombe wao anazaa na hafishi ndama wake akiwa mchanga.
तिनीहरूका बहर मिसिन्छन् । त्‍यसो गर्न चुक्‍दैनन् । तिनीहरूको गाई बियाउँछ, र तुहिंदैन ।
11 Wanawapeleka wadogo wao kama kundi la kondoo, na watoto wao hucheza.
तिनीहरूले आफ्ना केटाकेटीलाई बगालझैं बाहिर पठाउँछन्, र तिनीहरूका छोराछोरी नाच्छन् ।
12 Wanaimba kwa tari na vinubi na hufurahi kwa muziki na zomari.
तिनीहरूले खैँजडी र वीणाको धुनमा गाउँछन्, र बाँसुरीको सङ्गीतमा रमाउँछन् ।
13 Wanatumia siku zao katika mafanikio, na wanashuka kuzimu kwa utulivu. (Sheol h7585)
तिनीहरूले आफ्नो समय समृद्धिमा बिताउँछन्, र तिनीहरू शान्‍त बएर तल चिहानमा जान्छन् । (Sheol h7585)
14 Wanamwambia Mungu, 'Ondoka kwetu kwani hatutaki ufahamu wowote juu ya njia zako.
तिनीहरूले परमेश्‍वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।
15 Mwenye enzi ni nani, hata tumwabudu? Tutafaidika na nini tukimwabudu? Tutapata faida gani ikiwa tutamwomba?
सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?'
16 Tazama, je mafanikio yao hayamo katika mikono yao wenyewe? Sina cha kufanya na ushauri wa waovu.
हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।
17 Mara ngapi taa za waovu huzimwa, au kwamba majanga huja juu yao? Mara ngapi inatokea kwamba Mungu husambaza huzuni kwao kwa hasira?
कतिपल्‍ट दुष्‍ट मानिसहरूको बत्ती निभाइन्‍छ, अथवा तिनीहरूका विपत्ति तिनीहरूमाथि नै आउँछ? परमेश्‍वरले आफ्नो क्रोधमा तिनीहरूलाई कतिपल्‍ट दुःख पठाउनुहुन्‍छ?
18 Ni mara ngapi inatokea kwamba wanakuwa kama mabua mbele ya upepo au kama makapi yanayopeperushwa na dhoruba?
कतिपल्‍ट बतासको सामु तिनीहरू सुकेका झारपात, अथवा आँधीले उडाएर लैजाने भुसझैं भएका छन्?
19 Mnasema, 'Mungu huweka hatia ya mtu kwa watoto wake kuilipa.' Na alipe yeye mwenyewe, ili kwamba aweze kujua hatia yake mwenyewe.
तपाईंहरू भन्‍नुहुन्छ, 'मानिसको दोषको दण्‍ड परमेश्‍वरले उसका छोराछोरीलाई दिनुहुन्छ ।' त्‍यो उसैले भोग्‍नुपरोस्, जसले गर्दा उसले आफ्नो दोष थाहा पाओस् ।
20 Acha macho yake yaone uangamivu wake mwenyewe, na acha anywe gadhabu ya Mwenyezi.
उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस् ।
21 Kwani anaangaliaje familia yake mbele yake idadi ya miezi yake inapokwisha.
किनकि उसको आफ्नै आयु सकिएपछि, उसले आफ्नो परिवारको के वास्ता गर्छ र?
22 Je kuna mtu anaweza kumfundisha Mungu maarifa kwa kuwa yeye huwaukumu hata walio juu?
परमेश्‍वरले त उच्‍चमा हुनेहरूको पनि न्याय गर्नुहुन्‍छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?
23 Mtu mmoja ufa katika nguvu zake kamili, akiwa na utulivu kabisa na kwa amani.
एक जना मानिस पूरा बलियो अवस्‍थामा, बिलकुल शान्ति र चैनमा मर्छ ।
24 Mwili wake hauna uhitaji, na kiini cha mifupa yake ina unyevu na afya njema.
उसको शरीर ह्रष्‍टपुष्‍ट हुन्छ, र उसको हड्‍डीहरूको मासी ताजा हुन्छ ।
25 Mtu mwingine ufa kwa uchungu wa nafsi, bila kujifurahisha kwa jambo lolote jema.
अर्को मानिस मनको तिक्‍ततामा नै मर्छ, जसले कुनै असल कुराको अनुभव कदापि गरेको छैन ।
26 Wanazikwa kaburini wote kwa pamoja, funza wanawafunika wote.
तिनीहरू समान रूपमा धूलोमा पल्टिन्छन् । तिनीहरू दुवैलाई किराहरूले ढाक्छन् ।
27 Tazama, nayajua mawazo yenu, na jinsi mnavyotaka kunikosesha.
हेर्नुहोस्, तपाईंहरूका विचार, अनि मेरो कुभलो गर्ने तपाईंहरूका मार्गहरू म जान्‍दछु ।
28 Kwa kuwa mwasema, 'Iko wapi sasa nyumba ya mwana wa mfalme? Liko wapi kao alipokaa mwovu?'
किनकि तपाईंहरू भन्‍नुहुन्छ, 'अहिले त्‍यो राजकुमारको घर कहाँ छ? दुष्‍ट मानिस कुनै समयमा बस्‍ने गरेको पाल कहाँ छ?'
29 Je hamjawauliza wasafiri? Hamfahamu wanavyoweza kusema,
यात्रा गर्ने मानिसहरूलाई तपाईंहरूले कहिल्यै सोध्‍नुभएको छैन? तिनीहरूले भन्‍ने प्रमाण तपाईंहरूलाई थाहा छैन,
30 kwamba mwovu anaepushwa na siku ya shida, na kwamba anawekwa mbali na siku ya gadhabu?
कि दुष्‍ट मानिस विपत्तिको दिनमा जोगिन्छ, र क्रोधको दिनमा उसलाई कतै सारेर जोगाइन्‍छ?
31 Ni nani atakaye ituhumu siku ya mwovu mbele yake? Ni nani atakayemwadhibu kwa alichokifanya?
दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र?
32 Hata hivyo atapelekwa kaburini; watu wataliona kaburi lake.
तापनि उसलाई चिहानमा लगिनेछ । मानिसहरूले उसको चिहानको रेखदेख गर्नेछन् ।
33 Udongo wa bondeni utakuwa mtamu kwake; watu wote watamfuata, hata kuwe na watu wengi mbele yake.
मैदानको माटोका डल्ला उसलाई गुलियो हुनेछ । अनगिन्ती मानिस उसको अगि-अगि हुनाले, सबै मानिस उसको पछिपछि जानेछन् ।
34 Ni jinsi gani basi mtanifariji bila kufikiri, kwa kuwa majibu yenu hayana lolote ila uongo?”
तपाईंहरूका व्यर्थका कुराले मलाई कसरी सान्त्वना दिन्‍छ, किनकि तपाईंहरूको जवाफमा झुटबाहेक केही छैन?”

< Ayubu 21 >