< Ayubu 11 >
1 Ndipo Sofari Mnaamathi alijibu na kusema,
सोपर नमातीले जवाफ दिए र यसो भने,
2 “Huo wingi wa maneno haupaswi kujibiwa? Mtu huyu, aliyejaa maneno mengi awe wa kuaminiwa?
“यति धेरै शब्दका जवाफ दिनुहुँदैन र? धेरै बोल्ने यी मानिसलाई विश्वास गर्नुपर्छ र?
3 Kujivuna kwako kunapaswa kuwafanya wengine wabaki wamenyamaza? Wakati unapoyadhihaki mafundisho yetu, hakuna awaye yote atakayekufanya wewe ujisikie mwenye aibu?
तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?
4 Kwa kuwa wewe unasema kwa Mungu, 'Imani yangu ni safi, Mimi sina waa lolote machoni pako.'
किनकि तपाईं परमेश्वरलाई भन्नुहुन्छ, 'मेरो विश्वास शुद्ध छ; तपाईंको दृष्टिमा म दोषरहित छु ।'
5 Lakini, laiti, Mungu huyo angesema na kufungua midomo yake dhidi yako;
तर परमेश्वर बोल्नुभए हुन्थ्यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्नुभए हुन्थ्यो ।
6 hivyo angekuonyesha wewe siri za hekima! Kwa kuwa yeye ni mkuu katika ufahamu. Tena tambua huyo Mungu anataka kutoka kwako kidogo kuliko uovu wako unavyostahili.
उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्थ्यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्ड परमेश्वरले तपाईं दिनुहुन्छ भनी जान्नुहोस् ।
7 Je, wewe unaweza kumfahamu Mungu kwa kumtafuta yeye? Unaweza kumtambua aliye mkuu kwa ukamilifu?
परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
8 Upeo uko juu kama mbingu; unaweza kufanya nini wewe? Ni wenye kina kirefu kuliko kuzimu; waweza kufahamu nini wewe? (Sheol )
यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्नुहुन्छ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्न सक्नुहुन्छ? (Sheol )
9 Vipimo vyake ni virefu kuliko nchi, na vipana kuliko bahari.
यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।
10 kama yeye akipita kati na kumyamazisha mtu yeyote, kama yeye akimwita mtu yeyote hukumuni, tena ni nani anayeweza kumzuia yeye?
उहाँ आउनुहुन्छ र कसैलाई थुन्नुहुन्छ, र कसैलाई इन्साफको लागि बोलाउनुहुन्छ भने, कसले उहाँलाई रोक्न सक्छ र?
11 Kwa maana anawajua watu waongo; wakati anapoona uovu, hawezi yeye kuukumbuka?
किनकि झुटा मानिसहरूलाई उहाँले चिन्नुहुन्छ । जब उहाँले अधर्म देख्नुहुन्छ, तब उहाँले त्यो ख्याल गर्नुहुन्न र?
12 Lakini watu wapumbavu hawana ufahamu; wataupata wakati punda mwitu atakapozaa mtu.
तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्त गर्छन् ।
13 Lakini ikiwa umeuelekeza moyo wako kwa haki na umeunyosha mkono wako karibu na Mungu;
तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्वरतिर फैलाएको भए,
14 ikiwa huo uovu ulikuwa katika mikono yako, lakini hivyo tena unauweka mbali nawe, na haukuruhusu kutokuwa mwenye haki kukaa hemani mwako.
मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्यसलाई तपाईंले आफूबाट टाढा पुर्याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्न नदिएको भए ।
15 Ndipo kwa hakika ungeinua juu uso wako bila ishara ya aibu; Ni dhahiri, ungethibitika na usingeogopa.
तब तपाईंले निश्चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्थ्यो । वास्तवमा तपाईं दृढ बन्नुहुन्थ्यो र डराउनुहुने थिएन ।
16 Wewe ungesahau mateso yako; ungeyakumbuka hayo tu kama maji ambayo yametiririka mbali.
तपाईंले आफ्नो दुःख बिर्सनुहुन्थ्यो । तपाईंले त्यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्थ्यो ।
17 Maisha yako yangekuwa angavu kuliko adhuhuri; japokuwa kulikuwa na giza, litakuwa kama asubuhi.
तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्थ्यो । त्यहाँ अँध्यारो भए पनि, त्यो बिहानजस्तै हुन्थ्यो ।
18 Ungekuwa salama kwa sababu kuna tumaini; ni dhahiri, wewe utapata usalama juu yako na utachukua pumziko lako katika usalama.
त्यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्थ्यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्थ्यो र तपाईंको विश्राम सुरक्षित हुन्थ्यो ।
19 Pia ungelala chini katika pumziko, na hakuna ambaye angekufanya wewe uogope; hakika wengi wangetafuta upendeleo wako.
साथै, तपाईं विश्राममा पल्टनुहुन्थ्यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्थे ।
20 Lakini macho ya watu waovu yatashindwa; hawatakuwa na njia ya kukimbia; tumaini lao la pekee litakuwa pumzi yao ya mwisho ya uhai.
तर दुष्ट मानिसहरूका आँखा चुक्नेछन् । भाग्नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”