< Yeremia 38 >

1 Shefatia mwana wa Matani, Gedalia mwana wa Pashuri, na Pashuri mwana wa Malkiya alisikia maneno ambayo Yeremia alikuwa akitanganza kwa wato wote. Alikuwa akisema,
मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,
2 “Yahwe asema hivi: Yeyote anayeishi kwenye mji huu atauwawa kwa upanga, njaa, na pigo. Lakini yeyote ambaye aendae kwa Wakaldayo ataishi. Atatoroka pamoja na maisha yake mwenyewe, na kuishi.
“परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।
3 Yahwe asema hivi: Huu mji huu utapewa kwa mkono wa jeshi la mfalme wa Babeli, na ataukamata.”
परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।”
4 Kwa hiyo maafisa walisema kwa mfalme, “Acha mtu huu afe, kwa kuwa kwa njia hii anadhofisha mikono ya wanaume wapiganaji waliobaki kwenye mji huu, na mikono ya watu wote. Anatanganza maneno haya, kwa kuwa huyu mtu hafanyi kwa usalama wa watu hawa, lakini kwa majanga.”
त्यसैले अधिकारीहरूले राजालाई भने, “यो मान्छे मरोस्, किनकि यसरी यो मानिसले यस सहरमा बाँकी रहेका योद्धाहरू र सबै मानिसको हातलाई कमजोर पार्दै छ । त्यसले यी वचनहरू घोषणा गर्दैछ, किनकि मानिसहरूको सुरक्षाको लागि उसले केही गरिरहेको छैन, तर विपत्तिको घोषणा गर्दैछ ।”
5 Basi mfalme Sedekia alisema, “Tazama, yuko mkononi mwako kwa kuwa hakuna mfalme awezae kumpinga.”
त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”
6 Kisha walimchukua Yeremia na kumtupa kwenye kisima cha Malkiya, mwana wa mfalme. Kisima kilikuwa kwenye uwanja wa mlinzi. Walimshusha Yeremia chini kwa kamba. Hapakuwa na maji kwenye kisima, lakini kulikuwa na matope, na alizama chini ya matope.
तब तिनीहरूले यर्मियालाई लगे, र राजकुमार मल्कियाहको इनारमा फालिदिए । यो इनार गारदको चोकमा थियो । तिनीहरूले यर्मियालाई डोरीद्वारा तल झारे । इनारमा पानी थिएन, तर त्‍यसमा दलदले हिलो थियो, र तिनी हिलोमा गाडिए ।
7 Sasa Ebed Meleki Mkushi alikuwa mmoja wa watowashi katika nyumba ya mfalme. Alisikia kwamba walikuwa wamemuweka Yeremia kwenye kisima. Sasa mfalme alikuwa ameketi kwa mlango wa Benjamini.
राजदरबारमा भएका नपुंसकमध्ये कूशी एबेद-मेलेक एक जना थिए । तिनीहरूले यर्मियालाई इनारमा राखे भनी तिनले सुने । त्यस बेला राजा बेन्यामीनको मूल ढोकामा बसिरहेका थिए ।
8 Basi Ebed Meleki alienda toka nyumba ya mfalme na kuzungumza na mfalme.
त्यसैले एबेद-मेलेक राजदरबाट गए र राजासित बात गरे । तिनले भने,
9 Alisema, “Bwana wangu mfalme, hawa wanaume wamefanya uovu kwa namna walivyomtendea Yeremia nabii. Walimtupa kwenye kisima kwa ajili ya kufa kutokana na njaa, tangu hakuna chakula zaidi katika mji.”
“हे मेरा मालिक राजा, यी मानिसहरूले यर्मिया अगमवक्तासँग जसरी व्‍यवहार गरे त्‍यो दुष्‍ट काम हो । सहरमा खानलाई अब कुनै कुरा नभएको हुनाले भोकले मर्नलाई तिनीहरूले तिनलाई इनारमा हाले ।”
10 Kisha mfalme alitoa amri kwa Ebed Meleki Mkushi. Alisema, “Chukua amri ya watu thelasini kutoka hapa na mtoe Yeremia nabii nje ya kisima kabla hajafa.”
तब राजाले कूशी एबेद-मेलेकलाई हुकुम गरे । तिनले भने, “यहाँबाट तिस जना मानिस साथमा लिएर जाऊ र यर्मिया अगमवक्ता मर्नुअगि तिनलाई इनारबाट निकाल ।”
11 Basi Ebed Meleki alichukua amri ya watu hao na akaenda nyumba ya mfalme, kwenye ghala la nguo chini ya nyumba. Toka hapo alichukua vitambaa na nguo zilizochanika na kuyashusha chini kwa kamba kwa Yeremia ndani ya kisima.
त्यसैले एबेद-मेलेकले ती मानिसहरूलाई लिए र राजदरबारको एउटा भण्डर कोठामा गए । त्यहाँबाट तिनले थोत्रा र फाटेका कपडाहरू निकाले, र त्‍यसपछि तिनले इनारमा यर्मियाको लागि डोरीले बाँधेर ती झारिदिए ।
12 Ebed Meleki Mkushi alisema kwa Yeremia, “Weka matambara na nguo zilizoraruka chini ya mikono yako na juu ya kamba.” Basi Yeremia alifanya hivyo.
कूशी एबेद-मेलेकले यर्मियालाई भने, “तिम्रा पाखुरा र डोरीहरूको माथिपट्टि यी थोत्रा र फाटेका लुगाहरू लगाऊ ।” यर्मियाले त्यसै गरे ।
13 Kisha walimvuta Yeremia kwa kamba. Kwa njia hii walimtoa kutoka kisimani. Basi Yeremia alibaki kwenye uwanja wa mlinzi.
त्यसपछि तिनीहरूले यर्मियालाई डोरीको सहायताले ताने । यसरी तिनीहरूले तिनलाई इनारबाट बाहिर निकाले । यसरी यर्मिया गारदको चोकमा बसे ।
14 Kisha Mfalme Sedekia alituma neno na kumleta Yeremia nabii kwake, kwenye lango la tatu la nyumba ya Yahwe. Mfalme alisema kwa Yeremia, “Nataka nikuulize kitu. Usinizuilie jibu mimi.”
तब राजा सिदकियाहले खबर पठाए र यर्मिया अगमवक्तालाई आफूकहाँ परमप्रभुको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याए । राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरो सोध्‍न चाहन्छु । मबाट जवाफ नलुकाऊ ।”
15 Yeremia alisema kwa Sedekia, “Kama nakujibu, hautaniuawa kwa hakika? Na kama nakupa ushauri, hautanisikiliza mimi.”
यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई साँच्‍चै नै मार्नुहुन्‍न त?” तर मैले तपाईंलाई सल्लाह दिएँ भने तपाईंले सुन्‍नुहुनेछैन ।”
16 Lakini Mfalme Sedekia aliapa kwa Yeremia kwa siri na kusema, “Kama Yahwe aishivyo, yeye aliyetufanya sisi, Sitakuuwa au kukuweka kwenye mkono wa watu wale wanaotafuta maisha yako.”
तर राजा सिदकियाहले यर्मियासित गुप्‍तमा वाचा बाँधे र भने, “हामीलाई बनाउनुहुने जीवित परमप्रभुको नाउँमा शपथ खाएर भन्दछु, कि म तिमीलाई मार्नेछैनँ वा तिम्रो ज्यान लिन खोज्नेहरूको हातमा सुम्पिदिनेछैनँ ।”
17 Kwa hiyo Yeremia alisema kwa Sedekia, “Yahwe, Mungu wa majeshi, Mungu wa Israel, asema hivi: Kama kwa kweli utatoka kwenda kwa maafisa wa mfalme wa Babeli basi utaishi, and mji huu hautachomwa. Wewe na familia yako mtaishi.
त्यसैले यर्मियाले सिदकियाहलाई भने, “परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तँ वास्तवमै बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइस् भने, तँ बाँच्नेछस्, र यो सहर जलाइनेछैन । तँ र तेरो परिवार बाँच्नेछन् ।
18 Lakini kama hautaenda kwa maafisa wa mfalme wa Babeli, basi mji huu utachukuliwa kwa mkono wa Wakaldayo. Watauchoma, na hautakwepa kutoka mkono wao.”
तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।”
19 Mfalme Sedekia alisema kwa Yeremia, “Lakini ninaogopa watu wa Yuda waliotoka jangwani kwenda kwa Wakaldayo, kwa sababu nitapewa katika mkono wao, kwa kunifanyia vibaya.”
सिदकियाह राजाले यर्मियालाई भने, “तर कल्दीहरूकहाँ भागेर गएका यहूदाका मानिसहरूदेखि म डराएको छु, किनकि ममाथि खराब व्‍यवहार गर्नलाई मलाई तिनीहरूको हातमा सुम्‍पिएला ।”
20 Yeremia alisema, “Hawatakutoa kwao. Tii ujumbe toka kwa Yahwe ambao ninakuambia, ili kusudi mambo yataenda vizuri kwako, na ili kusudi utaishi.
यर्मियाले भने, “तिनीहरूले तपाईंलाई उनीहरूका हातमा सुम्पिनेछैनन् । परमप्रभुबाट आएको सन्देशलाई मान्‍नुहोस्, जुन मैले तपाईंलाई बताउँदैछु जसले गर्दा तपाईंको भलो हुनेछ, र जसले गर्दा तपाईं बाँच्नुहुनेछ ।
21 Lakini kama unakataa kutoka, hivi ndivyo Yahwe amenionesha mimi.
तर जान तपाईंले इन्कार गर्नुभयो भने त परमप्रभुले मलाई देखाउनुभएको कुरो यही हो ।
22 Tazama! Wanawake wote walioachwa kwenye nyumba yako, mfalme wa Yuda, ataletwa kwa maafisa wa mfalme wa Babeli. Hawa wanawake watasema kwako, “Umedaganywa na rafiki zako; wamekuharibu. Miguu yako sasa imezama kwenye matope, na rafiki zako watakimbia.'
हेर्नुहोस्, यहूदाका राजा अर्थात् तपाईंको महलमा छाडिएका सबै स्‍त्रीहरूलाई बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछ । यी स्‍त्रीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंका मित्रहरूद्वारा तपाईं छलमा पर्नुभएको छ । तिनीहरूले तपाईंलाई नष्‍ट पारेका छन् । अब तपाईंका खुट्टा हिलोमा डुबेका छन्, र तपाईंका मित्रहरू भाग्‍नेछन् ।'
23 Kwa kuwa wake zenu wote na watoto wataletwa kwa Wakaldayo, na wewe mwenyewe hautatoroka nchi yao. Utashikwa na mkono wa mfalme wa Babeli, na mji huu utachomwa.”
किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”
24 Kisha Sedekia alisema kwa Yeremia, “Usimjulishe yeyote kuhusu maneno haya, ili kwamba usije kufa.
तब सिदकियाहले यर्मियालाई भने, “यी वचनको विषयमा कसैलाई नभन, जसले गर्दा तिमी मारिनेछैनौ ।
25 Kama maafisa wanasikia kwamba nimeongea na wewe- kama wanakuja na kusema kwako, 'Tuambia umezungumza nini pamoja na mfalme. Usitufiche, au tutakuuwa. Na tuambie nini mfalme amesema kwako'-
मैले तिमीसित कुराकानी गरेको कुरा अधिकारीहरूले सुने र तिमीकहाँ आएर यसो भन्‍छन् भने, 'तिमीले राजालाई के भन्यौ, सो हामीलाई बताऊ, र हामीबाट त्‍यो नलुकाऊ, नत्र तिमीलाई हामी मर्नेछौ,'
26 kisha unapaswa kusema nao, “Nilishawishiana pamoja na mfalme asirudi kwangu kwa nyumba ya Yonathan nitakufa humo.”
तब तिमीले तिनीहरूलाई यसो भन्‍नू, 'राजाले मलाई जोनाथनको घरमा मर्नलाई नपठाऊन् भनी मैले राजाको सामु विनम्र बिन्ती चढाएँ' ।”
27 Kisha maafisa wote walikuja kwa Yeremia na kumuuliza, basi aliwajibu kama mfalme alivyomuelekeza. Basi waliacha kuongea pamoja naye, kwa sababu hawakusikia mazungumzo kati ya Yeremia na mfalme.
तब सबै अधिकारी यर्मियाकहाँ आए र तिनलाई प्रश्न गरे, यसैले राजाले तिनलाई निर्देशन दिएअनुसार तिनले उनीहरूलाई जवाफ दिए । उनीहरूले यर्मिया र राजाको बिचमा भएको बातचितलाई नसुनेका हुनाले उनीहरूले तिनीसित थप कुराकानी गरेनन् ।
28 Basi Yeremia alibaki kwenye uwanja wa mlinzi mpaka siku ile Yerusalem ilipotekwa.
यसरी यरूशलेम कब्जा नभएसम्म यर्मिया गारदको चोकमा नै बसे ।

< Yeremia 38 >