< Yeremia 19 >

1 Bwana akasema hivi, “Nenda ukanunue chupa ya udongo wakati ukiwa na wazee wa watu na makuhani.
परमप्रभुले यसो भन्‍नुभयो, “जा र तँ मानिसहरू र पुजारीहरूका धर्म-गुरुहरूसित हुँदा कुमालेको माटोको भाँडो किन् ।
2 Kisha uende mpaka bonde la Ben Hinomu wakati wa kuingia kwenye mlango uliovunjika wa mfinyanzi, na huko utangaza maneno nitakayokuambia.
त्यसपछि बेन-हिन्‍नोमको बेँसीमा भएको फुटेको भाँडाको ढोकामा जा र मैले तँलाई बताउने वचनहरू त्यहाँ घोषणा गर ।
3 Ukisema, 'Sikilizeni neno la Bwana, wafalme wa Yuda na wenyeji wa Yerusalemu! Bwana wa majeshi, Mungu wa Israeli, asema hivi, “Tazameni, na nitaletea msiba juu ya mahali hapa, na masikio ya kila mtu anayesikia yatawaka.
यसो भन्, 'हे यहूदाका राजाहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको वचन सुन । सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यस ठाउँमाथि विपत्ति ल्याउनै लागेको छु, र यस विषयमा सुन्‍ने हरेकको कान झनझनाउने छ ।
4 Nitafanya hivyo kwa sababu wameniacha na kudharau mahali hapa. Katika mahali hapa wanatoa sadaka kwa miungu mingine ambayo hawakuijua. Wao, baba zao, na wafalme wa Yuda pia wamejaza mahali damu isiyo na hatia.
तिनीहरूले मलाई त्यागेका र यस ठाउँलाई अपवित्र तुल्याका हुनाले म यसो गर्ने छु । यही ठाउँमा आफूले नचिनेका अन्य देवताहरूलाई तिनीहरूले बलिदान चढाउँछन् । तिनीहरू, तिनीहरूका पिता-पुर्खाहरू र यहूदाका राजाहरूले यही ठाउँमा निर्दोष रगत पनि बगाएका छन् ।
5 Walimjengea Baali mahali pa juu na kuwachoma watoto wao kwa moto kama sadaka za kuteketezwa kwake-kitu ambacho sijawaamuru au kutaja, wala hakuingia ndani ya akili yangu.
आफ्ना छोराहरू बाल देवतालाई आगोमा होमबलिको रूपमा चढाउन तिनीहरूले त्‍यसका अग्ला ठाउँहरू बनाए, यस्‍तो कुनै कुरो जुन मैले आज्ञा गरिनँ वा बताइनँ न त मेरो मनमा नै थियो ।
6 Kwa hiyo, tazama, siku zinakuja-hili ndilo tamko la Bwana-ambapo mahali hapa hapataitwa tena Tofethi, bonde la Ben Hinomu, kwa kuwa litakuwa bonde la machinjo.
त्यसकारण, यो परमप्रभुको घोषणा हो, हेर्, त्‍यस्‍ता दिनहरू आउँदैछन्, त्‍यति बेला यस ठाउँलाई तोपेत अर्थात् बेन-हिन्‍नोमको बेँसी भनिनेछैन, तर हत्याको बेँसी भनिनेछ ।
7 Katika mahali hapa nitatamgua mipango ya Yuda na Yerusalemu. Nitawafanya wapate kuuawa kwa upanga mbele ya adui zao na kwa mkono wa wale wanaotafuta maisha yao. Ndipo nitawapa miili yao kuwa chakula cha ndege wa angani na wanyama wa dunia.
यही ठाउँमा म यहूदा र यरूशलेमका योजनाहरूलाई बेकम्मा तुल्याउनेछु । म तिनीहरूका आफ्‍ना शत्रुको तरवार र तिनीहरूको ज्यान लिन खोज्नेहरूको हातद्वारा नष्‍ट गर्नेछु । त्यसपछि म तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका जनावरहरूलाई आहाराको रूपमा दिनेछु ।
8 Ndipo nitaifanya mji huu kuwa uharibifu na kitu cha kuzomewa, kila mtu anayepita atashangaa na kuzomea kwa sababu mateso yake yote.
अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।
9 Nitawafanya wale nyama ya wana wao na binti zao; kila mtu atakula mwili wa jirani yake katika dhiki na katika uchungu ambao umeletwa kwao na maadui zao na wale wanaotaka maisha yao.'”
तिनीहरूलाई आफ्नै छोराछोरीको मासु खाने म बनाउनेछु । तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूद्वारा ल्याइएको घेराबन्दी र सङ्कष्‍टमा हरेक मानिसले आफ्नै छिमेकीको मासु खानेछ ।”
10 Kisha utavunja chupa ya udongo mbele ya watu ambao walikwenda pamoja nawe.
“तब तँसगै गएका मानिसहरूका आँखाकै सामु तैंले त्यो माटोको भाँडा फुटाइदे ।
11 Uwaambie,'Bwana wa majeshi asema hivi: nitafanya jambo hili kwa watu hawa na mji huu- hii ndiyo ahadi ya Bwana, kama vile Yeremia alivyovunja chupa ya udongo ili isiweze kutengenezwa tena. Watu watazika wafu huko Tofethi hata hapatabaki mahali pa kuzika.
तैंले तिनीहरूलाई यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः जसरी यो माटोको भाँडो फेरि मर्मत हुनै नसक्‍ने गरी यर्मियाले फुटाएको छ, त्यसरी नै म यी मानिस र यस सहरलाई गर्नेछु, यो परमप्रभुको घोषणा हो । अरू बढी लासहरू गाड्ने ठाउँ नभएसम्म नै मानिसहरूले तोपेतमा लासहरू गाड्नेछन् ।
12 Hivyo ndivyo nitakavyopafanya mahali hapa na wenyeji wake nitakapofanya jiji hili kama Tofethi, hili ndio tamko la Bwana;
मैले यो सहरलाई तोपेतजस्तै बनाउँदा यो ठाउँ र यसका बासिन्दालाई म यसै गर्नेछु, यो परमप्रभुको घोषणा हो,
13 kwa hiyo nyumba za Yerusalemu na wafalme wa Yuda watakuwa kama Tofethi, nyumba zote zilizo juu ya watu waovu wanaoabudu nyota zote za mbinguni na kumwaga sadaka za kinywaji kwa miungu mingine.'”
यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”
14 Ndipo Yeremia akatoka Tofethi, ambako Bwana amemtuma ahubiri. Akasimama katika ua wa nyumba ya Bwana, akawaambia watu wote,
तब यर्मिया तोपेतबाट गए, जहाँ अगमवाणी बोल्न परमप्रभुले तिनलाई पठाउनुभएको थियो । तिनी परमप्रभुको मन्दिरको चोकमा खडा भए र तिनले सबै मानिसलाई भने,
15 “Bwana wa majeshi, Mungu wa Israeli, asema hivi, Tazameni, nitawaletea mji huu na miji yake yote maafa yote niliyonena dhidi yake, kwa kuwa walifanya shingo zao kuwa ngumu na kukataa kusikiliza maneno yangu.'”
“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”

< Yeremia 19 >