< Isaya 9 >
1 Viza itaondolewa kwa yeyote ambaye yuko kwenye dhiki. Katika kipindi cha awali aliifedhehesha nchi ya Zebuluni na nchi ya Naftali, lakini kipindi cha baadae ataifanya itukuke, njia ya kuelekea baharini, mbele ya Yordani na mataifa ya Galilaya.
जो वेदनमा थियो, उसबाट नैराश्यता दूर गरिनेछ । जबूलूनको देश र नप्तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्यसलाई महिमित पार्नुहुनेछ ।
2 Watu wanotembeakatika giza wameona wameona mwanga mkubwa; wale waishio katika nchi ya uvuli wa mauti, mwanga umewaka juu yao.
अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्योति देखेका छन् । मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ ।
3 Umeliongeza taifa; umeongeza furaha yao. Wamefurahia mbele yako kama furaha ya kipindi cha mavuno, kama watu wanavyofurahi kugawanya nyara.
तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ । तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको छ । कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्दित हुन्छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्दित हुन्छन् ।
4 Maana nira ya mzigo wake, boriti katika mabega yake, fimbo ya mkandamizaji, umesambaratisha ndoto kama siku ya Midiamu.
किनकि त्यसको भरी जुवा, त्यसको पिठ्युको नाल, त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको छ ।
5 Kila buti likanyagalo gasia na vazi limekwisha kwenye damu itachomwa, mafuta kwa moto.
दुश्मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ ।
6 Kwetu mtoto amezaliwa, kwetu mtoto ametoka; na mtawala atakuwa kwenye mabega yake; na jina lake ataitwa mshauri wa ajabu, Mungu mwenye nguvu, Baba wa milele, Mfalme wa Amani.
किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
7 Enzi yake na amani yake haitakuwa na mwisho, maana anatawala katika kiti cha enzi cha Daudi, na juu ya ufalme wake, ataanzisha hukumu ya haki, tangu sasa na hata milele. Bidii ya Yahwenwa majeshi itafanya haya.
दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
8 Bwana alituma neno juu ya Yakobo, na ikaanguka juu ya Israeli,
परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्यो ।
9 Watu wote watajua, Hata Samaria na wakazi wote wa Samaria, wanaongea kwa kiburi na moyo wenye kiburi,
सबै मानिसहरूले जान्नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्ने एफ्राइम र सामरियाले पनि जान्नेछन्,
10 Matofali yameanguka, lakini tutajenga tena kwa jiwe la patasi; mkuyu umekatwa chini, lakini tutaotesha mierezi katika eneo lao.
“इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्नेछौं ।”
11 Hivyo basi Yahwe atamwinua juu yao Rezini, adui zake, atawakoroga adui zake,
यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,
12 Waaramea upande wa mashariki, na wafilisti upande wa magharibi. Nao watamla Israeli kwa mdomo uliowazi. katika mambo yote haya hasira yake haijapungua; badala yake ameunyosha mkono wake nje.
पुर्वका अरामीहरू र पश्चिमका पलिश्तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
13 Lakini hawatageuka kwa yule anayewapiga wao, wala kumtafuta Yahwe wa majeshi.
तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।
14 Hivyo basi yao atakata kichwa nakiwiwili cha Israeli, kuti na nyasi, katika siku moja.
यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्ट पार्नुहुनेछ ।
15 Viongozi na watu wenye vyeo na manabii wanaofundisha kuwa uongo ni mkia.
अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।
16 Wale wanaowaongoza watu hawa wanawaongoza vibaya, na wale wanaongozwa wameangamia.
यी मानिसहरूलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन् र तिनीहरूद्वारा डोर्याइनेहरू निलिन्छन् ।
17 Hivyo basi Bwana atafurahia juu ya vijana wadogo wala hatakuwa na huruma kwa yatima na wajane, maana kila mmoja hana Mungu na ni watenda dhambi, na kila mdomo unazungumza matendo mabaya. Mambo yote haya, hasira yake haijapungua; badala yake mkono wake umenyooka hata sasa.
यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्दित हुनुहुन्न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्यक्ति अधर्मी र दुष्ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
18 Matendo mabaya yataungua kama moto, moto hulao mbigili na miiba; itachoma hata vichaka vya mwitu, na safu ya moshi mkubwa upaa.
दुष्टता आगोझैं बल्छ । त्यसले सिउँडी र काँढालाई भष्म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
19 Japo hasira ya Yahwe wa majeshi imeunguza, na watu ni kama mafuta kwenye moto. Hakuna mtu aliyemuacha ndugu yake.
सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।
20 Watanyakuwa chakula katika mkono kulia lakini bado watasikia njaa; watakula chakula kwa mkono wa kushoto lakini hawataridhika. Kila mmoja atakula nyama ya mkono wake mwenyewe.
तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्त हुनेछैनन् । प्रत्येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।
21 Manase; kwa pamoja watavamia Yuda. Mambo yote haya, hasira yake haitapungua; badala yake, amenyoosha mkono wake hata sasa.
मनश्शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।