< Isaya 33 >
1 Ole wenu, waharibifu ambao hamjaharibiwa! Ole wao wasaliti ambao hamjaslitiwa! Pindi mtakapoacha uaribifu, nanyi mtaharibiwa. Pindi mtakapoacha usaliti, nayi mtasalitiwa.
विनाश नभएको विनाश पार्ने तँलाई धिक्कार! तिनीहरूले धोका नदिएको धोकेबाजलाई धिक्कार! जब तैंले विनाश गर्न छोड्छस् तब तेरो विनाश हुनेछ । जब तैले धोका दिन छोड्छस् तब तिनीहरूले तँलाई धोका दिनेछन् ।
2 Yahwe, tuurumie sisi; tumekusubiri wewe; umekuwa mkono wetu kila asubuhi, na wokovu wetu katika kipindi cha mateso.
हे परमप्रभु, हामीप्रति अनुग्रही हुनुहोस् । हामी तपाईंको आशा गर्छौं । हरेक बिहान हाम्रो बहुली हुनुहोस्, कष्टको समयमा हाम्रो उद्धार हुनुहोस् ।
3 Watu wamekimbia kwa kusikia sauti kubwa; uliponyanyuka, mataifa yametawanyika,
ठुलो आवाजमा मानिसहरू भाग्छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्छन् ।
4 Mateka wako wamejikusanya kama mkasanyiko wa nzige; kama nzige warukavyo, watu wataruka juu yake.
तपाईंको लूट सलहरूले जस्तै बटुलिन्छ । सलहहरू उफ्रेझैं मानिसहरू उफ्रन्छन् ।
5 Yahwe ameinuliwa. Anaishi mahali pa juu. Ataijaza Sayuni kwa haki na usawa.
परमप्रभु उच्च पारिनुभएको छ । उच्च स्थानमा उहाँ विराजमान हुनुहुन्छ । उहाँले सियोनलाई न्याय र धार्मिकता भर्नुहुनेछ ।
6 Atakuwa imara katika kipidi chenu, wingi wa wokovu, busara, na maarifa; hofu ya Yahwe iko katika hazina yake.
तिमीहरूका समयमा उहाँ स्थिरता, उद्धार, बुद्धि र ज्ञानको प्रचुरता हुनुहुनेछ । परमप्रभुको भय नै त्यसको भण्डार हो ।
7 Tazama, wujumbe wanalia mtaani; wanadiplomasia wanamatumaini ya amani kwa kulia kwa uchungu.
हेर, तिनीहरूका दूतहरू सडकहरूमा कराउँछन् । शान्तिको आशा गर्ने कुटनितिज्ञहरू धुरुधुरु रुन्छन् ।
8 Barabara kuu imeachwa faragha; hakuna wasafiri tena. Maagano yamevujika, mashahidi wanadharaulika, na utu wa mtu hauheshimiki.
मुल बाटोहरू उजाड पारिएका छन् । त्यहाँ कुनै यात्रीहरू छैनन् । करारहरू तोडिएका छन्, गवाहीहरूको अवहेलना भएको छ र मानव जातिलाई आदर गरिंदैन ।
9 Nchi imeomboleza na kunyaukia mbali; Lebanoni inaibisha na kunyaukia mbali; Sharoni imekuwa kama jangwa wazi; Bashani na Kermeli zimepuputisha majani yake.
देशले विलाप गर्छ र ओइलाउँछ । लेबनान लज्जित हुन्छ र ओइलाउँछ । शारोन मरुभूमिको मैदानजस्तै हो । बाशान र कार्मेलले आफ्ना पातहरू हल्लाउँछन् ।
10 ''Sasa nitanyanyuka, ''asema Yahwe; '' sasa nitanyanyuliwa juu; sasa nitainuliwa.
परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु, अब म उच्च पारिनेछु; म अब उचालिनेछु ।
11 Utashika mimba ya makapi na utazaa mabua; na punzi yako ni moto ambao utakuunguza wewe.
तिमीहरूले भुस गर्भधारण गर्यौ र तिमीहरूले परालका ठुटाहरू जन्मायौ । तिमीहरूका सास तिमीहरूलाई भष्म पार्ने आगो हो ।
12 Watu watachomwa na kuwa kama chokaa, kama miiba ya porini inavyokatwa na kuchomwa.
काँढाका झाडीहरू काटेर जलाएझैं मानिसहरूलाई चूनझैं जलाइनेछ ।
13 Enyi mlio mbali sana, sikiliza nilicho kifanya; na enyi mlio karibu, kirini ukuu wangu.''
तिमीहरू टाढा हुनेहरू, मैले के गरेको छु सो सुन । अनि तिमीहरू नजिक हुनेहरू, मेरो शक्तिलाई स्वीकार गर ।
14 Watenda zambi wa Sayuni wanogopa; tetemeko limewakuta wasio na Mungu. Ni nani miongoni mwetu anayeweza kukaa kwenye moto mkali? Na ni nani miongoni mwetu anayeweza kukaa kwenye moto wa milele?
सियोनका पापीहरू भयभित भएका छन् । ईश्वरहीनहरू थरथराउने डरले समातेको छ । हामीमध्ये कोचाहिं बलिरहेको आगोसँग खेल्न सक्छ र? हामीमध्ये कोचाहिं अनन्त जलिरहने आगोसँग खेल्न सक्छ र?
15 Nyie mnaotembe katika haki na kuongea kw uaminifu; yeye anayedharau mapato ya ukandamizaji, yeye anayekataa kuchuka rushwa, ambaye hausiki kwenye kupanga vurugu za kihalifu, na ambaye haangali maovu-
त्यही नै जो धार्मिकतासाथ हिंड्छ र इमानदारसाथ बोल्छ । जसले अत्यचारको लाभलाई घृणा गर्छ, जसले घूस स्वीकार नगर्न आफ्नो हात टकटकाउँछ, रक्तपातको बारे सुन्नदेखि आफ्ना कानहरू बन्द गर्छ र जसले दुष्टता हेर्नदेखि आफ्ना आँखाहरू बन्द गर्छ—
16 Ataiweka nyumba yake juu; sehemu yake ya ulinzi itakuwa ni ngome ya mwamba; chakula na maji yake hayataisha.
यो त्यो मानिस हो जो उच्च स्थानहरूमा वास गर्नेछ, त्यसको सुरक्षाको स्थान भिरहरू माझको किल्लाहरूमा हुनेछ, त्यसको खाना दिइनेछ र त्यसको पानीको आपुर्ती निरन्तर हुनेछ ।
17 Macho yako yatamuona mfalme katika uzuri wake; watatazama nchi kubwa.
तेरा आँखाहरूले राजालाई उहाँको सुन्दरतामा देख्नेछ । तिनीहरू देशलाई टाढाको दुरीमा देख्नेछन् ।
18 Moyo wako utakumbuka hofu; yuko wapi mwandishi, yuko wapi yule aliayepima pesa? na yuko wapi yeye aesabue minara?
तिमीहरूका मनले त्रासलाई याद गर्नेछ । शास्त्री कहाँ छ, पैसा तौलने कहाँ छ? धरहराहरूको गन्ती गर्ने कहाँ छ?
19 Hautawaona watu wanaopinga, watu weye lugha ya ajabu ambayo hautaweza kuielewa.
तिमीहरूले फेरि हठी मानिसहरू, तिमीहरूले नबुझ्ने भाषा बोल्ने अनौठो मानिसहरूलाई कदापि देख्नेछैनौ ।
20 Itazame Sayuni, mji wa sikukuu yetu; macho yako yataiona Yerusalemu kama makao tulivu, hema ambalo halitatolewa, vigingi vyake havitatolewa wala kamba zake hazitakatika.
सियोन, हाम्रो भोजको सहरलाई हेर । तिमीहरूका आँखाहरूले यरूशलेमलाई शान्त बासस्थानको रूपमा, नहटाइने पालको रूपमा देख्नेछौ, जसको किलाहरूलाई कदापि उखेलिनेछैन न यसको कुनै डोरीलाई चुडाइन्छ ।
21 Badala yake Yahwe katika ukuu wake atakuwa pamoja na sisi, katika eneo la maji mengi na mifereji mingi. Hakuna manuari na mpiga makasia watakayepita hapo, na hakuna mashua itakayopita uko.
बरु, परमप्रभु आफ्नो वैभवमा फराकिलो नदीहरू र खोलाहरूको ठाउँमा हामीसँग हुनुहुनेछ । पतवारले चलाइने कुनै पनि युद्धका पानी जहाजहरूले यात्रा गर्नेछैनन् र कुनै पनि ठुला पानी जहाजहरू जानेछैनन् ।
22 Maana Yahwe ni hakimu wetu, Yahwe ni mwanasheria wet, Yahwe ni mfalme wetu; atatukomboa sisi.
किनकि परमप्रभु हाम्रो न्यायकर्ता हुनुहुन्छ, परमप्रभु हाम्रो व्यवस्था दिने हुनुहुन्छ, परमप्रभु हाम्रा राजा हुनुहुन्छ । उहाँले हामीलाई बचाउनुहुने छ ।
23 Kamba zako zimelegea; haziwezi kushika mlingoti katika eneo lake; haziwezi kuzunguka meli; pindi mateka wanavyogawanyika, hata vilema watawatoa nje kama mateka.
तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।
24 Na wenyeji watasema, ''Ninaumwa;'' watu wanaoishi pale watasamehewa maovu yao.
बासिन्दाहरूले “म बरामी छु” भन्ने छैनन् । त्यहाँ बस्ने मानिसहरूलाई तिनीहरूको पाप क्षमा गरिनेछ ।