< Isaya 3 >
1 Ona, Bwana, Yahwe wa majeshi, anakaribia kuwachukua kutoka Yerusalema na Yudawasaidizi na wafanyakazi: wasambazaji wote wa mikate, wasambazaji wote wa maji;
अब हेर, प्रभु सेनाहरूका याहवेहले यरूशलेम र यहूदाबाट सर-सामान र सहारा दुवै लैजान लाग्नुभएको छ: सबै भोजनका सरसामानहरू र पानीका मुहानहरू,
2 mtu mwenye nguvu, shuja, hakimu, nabii, dalili za msomaji, na mzee;
वीर र योद्धा, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्ने र वृद्ध मानिसहरू,
3 naodha wa hamsini, raia husika, mshauri, fundi mtarajiwa, na mchawi stadi.
पचास माथिका सेनापति र उच्च पदाधिकारी, सल्लाहकार, सिपालु कारिगर र चतुर जादुगर।
4 Nitamuweka kijana tu kama kiongozi wenu, kijana atawaongoza wao.
“म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।”
5 Watu watanyanyasika, kila mmoja mmoja na kila mmoja na jirani yake; watoto watawatusi wazee, na mivutano itawapa changamoto waheshimiwa.
मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। वृद्धको विरुद्धमा जवान, र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ।
6 Mwanaume atamshikilia ndugu yake katika nyumba ya baba yake na kusema, 'Unayo kanzu; uwe kiongozi wetu, na uharibifu huu uwe mikononi mwako.
एउटा मानिसले आफ्ना दाजुभाइहरूमध्ये एक जनालाई आफ्ना बुबाको घरमा समातेर भन्नेछ, “तिमीसित राम्रो पहिरन छ, तिमी नै हाम्रो अगुवा बन, र यस भग्नावशेषको जिम्मा लेऊ!”
7 'Siku hiyo atapaza sauti na kusema, 'hautakuwa mganga; sina mkate wala mavazi. Hatanifanya kuwa kiongozi wa watu.
तर त्यस दिन त्यसले कराएर भन्नेछ, “म उपचार गर्ने मानिस होइन। मेरो घरमा भोजन र वस्त्र केही पनि छैन; मलाई मनिसहरूका अगुवा नबनाओ।”
8 Kwa maana Yerusalemu kuna mashaka, na Yuda imeanguka, kwa sababu mazungumzo yao na matendo yao yako kinyume na Yahwe, wanayapinga macho ya utukufu wake.
यरूशलेम धरमरिँदैछ, यहूदा लड्दैछ; तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्; तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्।
9 Angalia nyuso zao zinashudia kinyume nao; na watasema dhambi zao kama Sodoma; hawatazificha, Ole wao! Maana wanakamilisha janga lao wenyewe.
तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ; तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्; तिनीहरूले ती लुकाउँदैनन्। तिनीहरूलाई धिक्कार! तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्।
10 Mwambie mtu mwenye haki kwamba itakuwa vizuri, maana watakula matunda ya matendo yao.
धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्।
11 Ole kwa wakosaji! itakuwa vibaya kwa yeye, maana malipo ya mikono yake yatafanyika kwake pia.
दुष्टहरूलाई धिक्कार! तिनीहरूमाथि विपत्ति आउनेछ। तिनीहरूले आफ्ना हातहरूले गरेअनुसार नै भोग्नेछन्।
12 Watu wangu-watoto wangu wanawakandamiza, na wanawake wanawaongoza wao. Watu wangu, wale wanaowaongoza wanawaongoza vibaya na kuchanganya muelekeo wa nja yenu.
जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
13 Yahwe simama juu ya mashitaka; yeye amesimama kuwashaki watu.
याहवेहले न्यायालयमा आफ्नो आसन ग्रहण गर्नुहुन्छ; उहाँ मानिसहरूको न्याय गर्न खडा हुनुहुन्छ।
14 Yahwe atakuja na hukumu juu ya wazee na watu wao na viongozi wao: ''Umeharibu shamba; nyara kutoka kwa masikni ziko kwenye nyumba zako.
याहवेहले आफ्ना मानिसहरूका प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: “मेरो दाखबारी नष्ट पार्ने तिमीहरू नै हौ; गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ।
15 Kwa nini unaponda watu wangu na kusaga nyuso za masikini?'' Hili ni tamko Bwana, Yahwe wa majeshi.
मेरा मानिसहरूलाई धुलोपिठो बनाएको अनि गरिबहरूका अनुहारहरू पिँधेको तिमीहरूले के अर्थ लाउँछौ?” प्रभु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।
16 Yahwe anasema hivyo kwa sababu mabinti wa Sayuni wanajigamba, wanatembea pekee yao vichwa vyao vikiwa juu, na kutaniana kwa macho yao, na kutakata kokote waendako na kuamua upatu kwa miguu yao,
याहवेह भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अभिमानी छन्, तिनीहरू गर्दन ठड्याउँदै र विलासी आँखाहरू तर्काउँदै, नक्कल पार्दै कल्ली लगाएर छमछम गर्दै हिँड्छन्।
17 Kwa hiyo Bwana atafanya magonjwa ya mapele kwenye kishwa cha mabinti wa Sayuni, na Yahwe atawafanya upaa.
यसकारण प्रभु याहवेहले सियोनका स्त्रीहरूका शिरमा घाउहरू ल्याउनुहुनेछ, र तिनीहरूका तालु केशविहीन बनाइदिनुहुनेछ।”
18 Siku hiyo Bwana ataondoa mapambo mazuri yaliyoko kwenye kifundo cha miguu, bendi za kichwa chao, kaya zao; bangili za masikio,
त्यस दिन प्रभुले तिनीहरूका सिङ्गारका चीजहरू जस्तै: चुराहरू र शिरबन्दीहरू, चन्द्रहारहरू,
19 bangili za miguu na taji zao;
झुम्काहरू र बालाहरू र घुम्टाहरू,
20 kitambaa cha kichwa, chaini za miguu, mafurungu na maboksi ya marashi na na haiba ya bahati.
शिरका सिङ्गारहरू, कल्ली, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,
21 Atatoa bangili na kipini kwenye pua;
छाप-औँठीहरू र नत्थहरू,
22 sherehe za mavazi, mapazia na mabegi ya mkononi;
मसिनो वस्त्रहरू, अलखा र ओढ्नेहरू, थैलीहरू,
23 vioo vya mkononi, sanda nzuri, vilemba vya kichwa na taji.
अनि ऐनाहरू, मलमलका वस्त्रहरू, मुकुटहरू र दोसल्लाहरू खोसेर लैजानुहुनेछ।
24 Badala ya manukato mazuri kutakuwa na arufu mbaya; na badala ya ukunda, kamba, kufunika kwa vazi la gunia; kitia alama mwilini kwa moto badala ya uzuri. wanaume wao wataanguka kwa upanga,
सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ; पटुकाको साटो डोरी; राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ; मसिनो वस्त्रको साटो भाङ्ग्रा; सुन्दरताको साटो डामै-डाम हुनेछ।
25 na wanaume wenye nguvu wataanguka kwenye vita.
तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; तेरा योद्धाहरू लडाइँमा मारिनेछन्।
26 Lango la Yerusalemu litaomboleza na kuomboleza; na atakuwa peke yake amekaa chini ya ardhi.
सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; आश्रयविहीन भई तिनी भुइँमा बस्नेछिन्।