< Isaya 25 >
1 Yahwe wewe ni Mungu wangu; nitakutukuza wewe, nitalisifu jina lako; maana umetenda matendo ya ajabu, mambo uliyoyapanga toka zamaini, kwa uaminifu na ukamilifu.
हे परमप्रभु, तपाईं मेरो परमेश्वर हुनुहुन्छ । तपाईंलाई म उच्च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्दर कुराहरू तपाईंले पुर्ण विश्वस्ततासाथ गर्नुभएको छ ।
2 Maana umeufanya mji kuwa chungu, ngome ya mji, uharibifu na ngome ya wageni kuwa si mji.
किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।
3 Hivyo basi watu wenye nguvu watakutukuza wewe; na mji waishio watu wasio na ukatili watakuogopa wewe.
यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्नेछन् ।
4 Maana umekuwa katika eneo salama kwa aliye masikni, makazi kwa mhitaji ambaye yuko kwenye dhiki- makazi kwa aliyeko kwenye dhoruba na kivuli kwa aliyeko kwenye jua. Pale punzi ya watu wakatili imekuwa kama dhoruba dhidi ya ukuta,
किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्ने घर र तापबाट बच्ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,
5 na jua kwenye aridhi kavu, na watazuia kelele za wageni, kama vile jua linavyozuiliwa na kivuli cha mawingu, hivyo basi nyimbo wasio na makosa zimejibiwa.
र सुख्खा जमिनको ताप जस्तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।
6 Katika mlima huu Yahwe wa majeshi atafanya kwa watu sikukuu ya ya vitu vilivyonona, na mvinyo uliochaguliwa, zabuni ya nyama na sikuku juu ya sira.
यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।
7 Na katika mlima huu atauharibu mfuniko uliowekwa juu watu wote, na mtandao wa kusuka juu ya mataifa.
उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।
8 Atameza kifo daima, na Bwana Yahwe atayafuta machozi katika nyuso zetu; na aibu ya watu wake itatupwa mbali kutoka duniani kote, maana Yahwe amesema hivyo.
उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्नुभएको छ ।
9 Yatazungumzwa katika siku hiyo, ''Huyu ni Mungu wetu; na tunayemngoja, na atatuokoa. Huyu ni Yahwe; tuliyemngoja, tutafurahia na kushangilia wokovu wake.''
त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
10 Maana katika mlima huu mkono wa Bwana utashuka; na Moabu itakanyagwakangwa chini kwenye eneo lake, na hata majani yatakanyagwakanyagwa chini katika shimo lililojaa mbolea.
किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ
11 Wataitawnya mikono yao katikati yao, kama vile mpiga mbizi atawanyavyo mikono yake wakati akipiga mbizi. Lakini Bwana atashusha kiburi chao chini japo kuwa na ujuzi katika mikono yao.
पौडी खेल्नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्यसको माझमा आफ्ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।
12 Na ataiangusha chini kwenye aridhi kuta za ngome, kwenye mavumbi.
तेरा किल्लाहरूका अग्ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्नुहुनेछ ।