< Isaya 22 >

1 Tamko kuhusu bonde la maono:
दर्शनको बेसीको विषयमा एउटा घोषणाः के कारणले तिमीहरू सबै जना घरको छतमाथि गएका छौ?
2 Mji wenye kelele, mji umejaa maovu; wafu hawajauwawa kwa upanga, na hawakuuwawa kwenye vita.
होहल्लाले भरिएको सहर र खुसीले भरिएको नगरका आवाजहरू सुन्‍नलाई तिमीहरूले त्‍यसो गरेका हौ? तिमीहरूका मृतहरू तरवारले मारिएको थिएनन् र तिनीहरू युद्धमा मरेनन् ।
3 Viongozi wenu wamekimbia pamoja, lakini wamekamatwa pasipo na upinde, wote kwa pamoja wamekamatwa na wamekamatwa pamoja; walikimbia kutoka mbali.
तिमीहरूका सबै शासकहरू एकसाथ भागे, तर धनु समेत प्रयोग नगरी तिनीहरू समातिए । तिनीहरू धेरै टाढा भागेका थिए तापनि तिनीहरू सबै जना एकसाथ समातिए ।
4 Hivyo basi, Msiniangalie mimi, nitalia kwa uchungu; msijaribu kunifariji kuhusiana na kuharibika kwa binti ya watu wangu.
यसकारण मैले भनें, “मलाई नहेर, म धुरुधुरु रुनेछु । मेरा मानिसहरूका छोरीको विनाशको बारेमा मलाई सान्त्वना दिने कोसिस नगर ।”
5 Maana kuna siku za ghasia, akanyagaye chini, na fujo za Bwana, Yahwe wa majeshi, katika bonge la maono, kuanguka chini kwa ukuta, na watu wanalia juu ya milima.
किनकि दर्शनको बेसीमा सर्वशक्तिमान् परमप्रभुको निम्‍ति कोलाहल, कुल्चिने अलमल पार्ने र पर्खालहरू भत्काउने र मानिसहरू डाँडाहरूतिर रुने दिन हो ।
6 Elamu chukua podo juu, na gari la watu na farasi, na kirghizameweka ngao wazi.
रथीहरू र घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ र कीरले ढाललाई नाङ्गो बनाउछ ।
7 Siku hiyo ambapo mabonde ulioyachagua yatajaa magari, na farasi watachukua nafasi zao katika lango.
तेरा उत्तम बेसीहरू रथहरूले भरिनेछन् र घोडचढीहरूले ढोकाहरूमा आफ्‍ना ठाउँ ओगट्नेछन् ।
8 Atauodoa mbali ulinzi wa Yuda; na utaona siku hiyo utaona silaha katika jumba la msitu.
उहाँले यहूदाको सुरक्षालाई हटाउनुभयो । तिमीहरूले त्यस दिन वनको महलमा हतियारहरू हेर्‍यौ ।
9 Umeona matawi ya mji wa Daudi, jinsi mlivyowengi, na kukusanya maji katika birika la chini.
तिमीहरूले दाऊदका सहरका प्‍वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्‍लो तलाउबाट पानी जम्‍मा गर्‍यौ ।
10 Umehesabu nyumba za Yerusalemu, na umerarua nyumba chini kuuimarish ukuta.
तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।
11 Na umefanya hifadhi katika ya kuta mbili maana maji ya birika la zamani. Maana haukuwahusisha walioujenga mji, walioupanga mji kutoka zamani.
तिमीहरूले पुरानो पानीलो तलाउको निम्ति पर्खालहरूको बिचमा एउटा जलाशय बनायौ । तर तिमीहरूले सहरको निर्माणकर्तालाई विचार गरेनौ, जसले धेरै पहिले नै यसको योजना गर्नुभएको थियो ।
12 Bwana, Yahwe wa majeshi amewaita siku hiyo watu waje kuomboleza na kulia, wanyoe vichwa vyao na kuvaa nguo za magunia.
त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।
13 Lakini angalia, badala yake sherehe na furaha, kuuwa ng'ombe na kuchinga kondoo, njooni tule na kunjwa mvinjo maana kesho tutakufa.
तर त्‍यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्‍दैछन् ।
14 Hili limebanika kwenye masikio yangu na Yahwe wa majeshi: Hakika maovu haya hayatasamehewa, hata utakapokufa, ''Amesema Bwana wa majeshi.
यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्‍चय नै यो अपराधको निम्‍ति मृत्‍युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्छ ।
15 Bwana, Yahwe wa majeshi, asema hivi, ''Nenda kwa huyu kiongozi, kwa Shebana, aliye juu ya nyumba, na umwambie,
परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,
16 Ni nina aliyekuruhusu kuchimba kaburi lako mwenyewe, kukata juu ya kaburi na juu ya urefu katika mahali pa kupunzikia ndani mwamba?''
'तैंले यहाँ के गरिरहेको छस्, अनि आफ्नो निम्ति चिहान खोप्‍न, उच्‍च टाउँमा चिहान खन्‍न र चट्टानमा विश्राम गर्ने ठाउँ कुँद्‍न तँलाई कसले अनुमति दियो?”
17 Yahwe anakaribia kukutupa chini; mtu mwenye nguvu, anakaribia kukutupa chini; atakuzongazonga.
हेर्, परमप्रभुले तँलाई फाल्‍न लाग्‍नुभएको छ, ए शक्तिशाली मानिस, तँलाई फाल्‍न लाग्‍नुभएको छ । उहाँले तँलाई कसेर समात्‍नुहुनेछ ।
18 Atahakikisha anatuzungusha zungusha, na kutupa msukosuko kama mpira kwenye nchi kubwa. Pale utakapokufa, na pale gari lako tukufu litakapo kuwa; utakuwa aibu ya nyumba ya bwana wako!
निश्‍चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्‍नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।
19 ''Nami nitakuondoa katika ofisi yako na katika kituo chako. Na utavutwa chini.
तेरो अफिसबाट र तेरो ठाउँबाट तँलाई म निकाल्नेछु । तँ तल खसालिनेछस् ।
20 Na itakuwa hivi kuhusu siku hiyo nitamchukua Eliakimu mtoto wa Hilkia mtumishi wangu.
त्‍यो दिन यस्‍तो हुनेछ, हिल्कियाहका छोरा मेरो सेवक एल्याकीमलाई म बोलाउनेछु ।
21 Nitamvisha yeye kwa kanzu yenu na kumvika mkanda wenu, na nitahamisha mamlaka yenu kwenye mikono yake. Atakuwa baba wa wenyeji wa Yerusalemu na katika nyumba ya Yuda.
तेरो अलखा म उसलाई लगाइदिनेछु र तेरो पटुका उसलाई बाँधिदिनेछु, तेरो अधिकार म उसको हातमा सुम्‍पिनेछु । यरूशलेमका बासिन्दाहरू र यहूदाका घरानाको निम्ति निम्ति ऊ नै पिता हुनेछ ।
22 Nitaziweka funguo za nyumba ya Daudi kwenye mabega yake; Atafungua, na hakuna atakayefunga; na atafunga na hakuna atakayefungua.
दाऊदको घरानाको साँचो म उसको काँधमा राख्‍नेछु । उसले खोल्नेछ र कसैले बन्द गर्नेछैन र कसैले खोल्नेछैन ।
23 Nami nitamuimarisha yeye, kigingi katika mahali salama, na atakuwa kiti cha utukufu katika nyumba ya baba yake.
म त्यसको निम्ति सुरक्षित स्थानमा एउटा किला गाड्‍नेछु र आफ्‍नो पिताको घरानाको निम्ति ऊ गौरवको आसन हुनेछ ।
24 Nao wataangukia juu yake utukufu wote wa baba nyumba ya baba yake, watoto wake na uzao wake na kila chombo kidogo kutoka vikombe mpaka majagi yote.
उसको घराना, सन्तानहरू र वंशको, हरेक सानो भाँडोदेखि कचौराहरू र गाग्रोहरूका गौरव तिनीहरूले उसमा नै राख्‍नेछन् ।
25 Siku hiyo- hili ndilo tamko la Yahwe wa majeshi- kigingi kilichowekwa katika mazingira imara kitatoa njia, utavunjika, na kuanguka, na uzito ulionao utaondoleawa- maana Yahwe amesema.
यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो— त्यो दिन सुरक्षित स्थानमा गडिएको किलाले ठाउँ छोड्‍नेछ, भाँचिनेछ र ढल्‍नेछ अनि त्यसमा भएको भार हटाइनेछ— किनकि परमप्रभुले भन्‍नुभएको छ ।

< Isaya 22 >