< Hosea 4 >
1 Sikilizeni neno la Bwana, enyi watu wa Israeli. Bwana ana mashtaka dhidi ya wenyeji wa nchi, kwa sababu hakuna ukweli au uaminifu wa agano, hakuna ujuzi wa Mungu katika nchi.
ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन । यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्वस्तता, परमप्रभुको ज्ञान छैन ।
2 Kuna laana, uongo, mauaji, wizi na uzinzi. Watu wamevunja mipaka yote, na damu inakuja baada ya damu.
त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ । मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ ।
3 Kwa hiyo nchi inakauka, na kila mtu aliyeishi ndani yake anaangamia; wanyama katika mashamba na ndege angani, hata samaki katika bahari, wanaondolewa.
यसैले त्यो देश सुख्खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।
4 Lakini usiruhusu mtu yeyote kuleta mashtaka; msiruhusu mtu yeyote ahukumu mtu mwingine. Kwa maana ninyi ndio makuhani, ninaowashtaki.
तर कसैलाई मुद्धा ल्याउन नदेओ । कसैले कसैलाई पनि दोष नलगाओस् । किनकि मैले दोष लगाइरहेको तिमी, पुजारीहरूलाई नै हो ।
5 Ninyi makuhani mtajikwaa wakati wa mchana; manabii pia watajikwaa pamoja nanyi usiku, nami nitamwangamiza mama yako.
तिमी पुजारीहरू दिनमा ठेस खानेछौ । तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्ट गर्नेछु ।
6 Watu wangu wanaharibiwa kwa sababu ya ukosefu wa maarifa. Kwa sababu makuhani wamekataa maarifa, nami nitawakataa msiwe makuhani kwangu. Kwa sababu umesahau sheria yangu, ingawa mimi ni Mungu wako, nami pia nitasahau watoto wako.
मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्ट भइरहेका छन् । तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु ।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु ।
7 Makuhani wengi waliongezeka, zaidi walifanya dhambi dhidi yangu. Walibadilisha heshima zao kwa aibu.
पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो, त्यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे । आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे ।
8 Wanajilisha dhambi ya watu wangu; wao ni wenye tamaa zaidi ya uovu wao.
मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्छन्, र उनीहरूले धेरै दुष्टता गरून् भन्ने तिनीहरूको इच्छा हुन्छ ।
9 Itakuwa sawa kwa watu kama kwa makuhani: nitawaadhibu wote kwa matendo yao; Nitawalipa kwa matendo yao.
पुजारीहरूलाई जस्तो गरियो मानिसहरूलाई त्यस्तै गरिनेछः तिनीहरूका अभ्यासहरूका निम्ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु ।
10 Watakula lakini hawatashiba; watafanya uzinzi lakini hawataongezeka, kwa sababu wamekwenda mbali na Bwana.
तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्ट हुनेछैन, तिनीहरूले वेश्यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन् ।
11 Wanapenda uasherati, divai, na divai mpya, ambayo imechukua uelewa wao.
तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन् ।
12 Watu wangu hutaka shauri kwa sanamu zao za mbao, na fimbo zao za kutembelea huwapa unabii. Kwa maana mawazo ya uasherati yamewadanganya, na wamefanya kama makahaba badala ya kuwa mwaminifu kwa Mungu wao.
मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्छन्, र तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन् । किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ, र आफ्ना परमेश्वरमा विश्वसयोग्य हुन छोडेर वेश्याहरूले जस्तो व्यवहार तिनीहरूले गरेका छन् ।
13 Wanatoa sadaka juu ya milima na kuteketeza uvumba kwenye milima, chini ya mialoni, milibua na miela, kwa sababu kivuli ni nzuri. Basi binti zenu hufanya uasherati, na binti zenu wanazini.
पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ । यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन् ।
14 Mimi siwaadhibu binti zako wakati wanachagua kutenda uasherati, wala binti zako wakati wazini. Kwa maana wanaume pia wanajitoa kwa makahaba, na hutoa dhabihu ili waweze kufanya vitendo vya uasherati na makahaba. Hivyo watu wasiofahamu wataangamizwa.
तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु । किनकि पुरुषहरूले पनि आफैंलाई वेश्याहरूकहाँ दिन्छन्, र पवित्र वेश्याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन् । यी मानिसहरू जसले बुझ्दैनन्, तिनीहरू तल फालिनेछन् ।
15 Ingawa wewe, Israeli, umefanya uzinzi, lakini Yuda asiwe na hatia. Ninyi msiende Gilgali; msiende hadi Beth Aven. Wala msiape, “Aishivyo Bwana.”
तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।
16 Kwa maana Israeli amefanya ukaidi, kama ndama mkaidi. Je! Bwana anaweza kuwaleta kwenye malisho kama kondoo mahali penye nafasi?
किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ । भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्नुहुन्छ?
17 Efraimu alijiunga na sanamu; mwache peke yake.
एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ । त्यसलाई वास्तै नगर ।
18 Hata wakati kileo chao kimeondoka wakaendelea kufanya uzinzi; watawala wake hupenda sana aibu yao.
तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्तर व्यभिचारमा गर्छन् । र त्यसको शासकहरूले आफ्नो लज्जास्पद कुरालाई ज्यादै मन पराउँछन् ।
19 Upepo utamfunga kwa mabawa yake; nao wataona aibu kwa sababu ya dhabihu zao.
हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।