< Habakuki 1 >

1 Ujumbe ambao habakuki nabii alipokea,
अगमवक्ता हबकूकले पाएका सन्देश,
2 Yahwe, kwa muda gani nitalilia msaada, na hutasikia? Nimekulilia wewe katika kitisho, 'vurugu' lakini hutaniokoa.
“परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न? म ‘हिंसा’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्‍न ।
3 Kwanini unanifanya nione mabaya na kuangalia matendo mabaya. Uharibifu na vurugu uko mbele yangu; kuna mapambano, na ushindani unainuka.
मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ ।
4 Walakini sheria ni dhaifu, na haki haiishi kwa wakati wowote. Sababu uovu umezunguka haki; walakini haki ya uongo inatoweka. “Yahwe” anamjibu habakuki
यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।
5 “Angalia mataifa na uwajaribu; stajaabishwa na shangazwa! Sababu nina uhakika kuhusu kufanya kitu katika siku zako kwamba hutaamini itakapotaarifiwa kwenu.
“जाति-जातिहरूलाई हेर् र तिनीहरूको जाँच गर्, अचम्मित, र आश्‍चर्यचकित हो! किनभने निश्‍चय नै तेरै समयमा म यस्तो काम गर्दै छु जसको विषयमा तँलाई बताइँदा तँलाई विश्‍वास लाग्‍नेछैन ।
6 Sababu angalia! nakaribia kuwainua Wakaldayo - taifa katili na lenye kishindo - wanatembea kupitia upana wa nchi kuteka nyumba zisizo za kwao.
किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् ।
7 Wanahofu na kuogopa; hukumu yao na uzuri kutoka kwao unaendelea.
तिनीहरू डरलाग्दा र भयानक छन् । न्याय र वैभव तिनीहरूबाटै अगाडि बढ्छ ।
8 Farasi wao pia wanambio sana kuliko chui, wepesi sana kuliko mbwa mwitu wa jioni. Farasi wao huwaseta, na wapanda farasi wao wanakuja kutoka mbali - wanapaa kama tai anayewahi kula.
तिनीहरूका घोडाहरू चितुवाभन्दा तेज, र साँझका ब्वाँसाहरूभन्दा द्रुत छन् । यसैकारण तिनीहरूका घोडाहरूले जमिनमा कुल्चन्‍छन्, र तिनीहरूका घोडचढीहरू टाढा-टाढाबाट आउँछन्, र तिनीहरू शिकारलाई खानको निम्ति आतुर भएको गरुडझैँ उड्छन् ।
9 Wote wanakuja kwa vurugu; makundi yao yanakwenda kama upepo wa jangwani, na wanakusanya mateka kama mchanga.
तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् ।
10 Wanawadhihaki wafalme, na viongozi ni dhihaka kwaajili yao. Huicheka kila ngome, maana hurundika mavumbi na kuyaondoa.
यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।
11 Ndipo upepo utapita; itaendelea kupita - watu wenye hatia, ambao uwezo wao ni katika mungu.” Habakuki anamuuliza Yahwe swali lingine
अनि बतास आउनेछ र दोषी मानिसहरूबाट त्यो जानेछ, ती मनिसहरू जसको सामर्थ्य तिनीहरूको देवता हो ।” हबकूकले परमप्रभुलाई अर्को प्रश्न गर्छन्,
12 “Wewe si wa tangu nyakati za zamani, Yahwe Mungu wangu, uliye Mtakatifu? Sisi hatutakufa. Yahwe aliwatenga kwaajili ya hukumu, na ninyi, Mwamba, mmeimarisha kwaajili ya kusahihisha.
“परमप्रभु मेरा परमेश्‍वर, मेरा एक मात्र पवित्र परमेश्‍वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्‍न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
13 Macho yenu ni safi kuangaza juu ya uovu, lakini hamuwezi kuangalia matendo mabaya kwa fadhila; kwa nini mnaangalia kwa upendeleo hivyo juu ambao wanasaliti? Kwanini kunyamaza wakati uovu unameza sana wenye haki zaidi yao?
तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्‍टलाई हेर्नुहुन्‍न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्‍नुहुन्‍न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्‍टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्‍नुभएको छ?
14 unawafanya watu kama samaki baharini, kama vitu vitambaavyo bila kiongozi juu yao.
तपाईंले मानिसलाई समुद्रका माछाझैँ बनाउनुहुन्छ, घस्रने जीवहरूझैँ जसको कुनै शासक छैन ।
15 Wao wanawaleta wote kwa ndoano; wanawakokota watu kutoka kwenye nyavu za samaki na kuwakusanya kwenye wavu wao. Hii ndiyo sababu wanafurahi na kupiga kelele kwa uchangamfu sana.
त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ ।
16 Walakini wanatoa sadaka kwenye nyavu zao za kuvulia na kuchoma ubani kwenye nyavu zao, sababu wanyama wanene ni sehemu yao, na nyama iliyonona ni chakula chao.
त्यसैकारण त्यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ, र त्यसको भोजन उत्तम हुन्छ ।
17 Kwa sababu hiyo watamaliza nyavu zao za kuvulia na kuendelea kuchicha mataifa, bila kuhisi huruma”?
के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”

< Habakuki 1 >