< Mwanzo 48 >

1 Ikawa baada ya mambo haya, mmojawapo akamwambia Yusufu, “Tazama, baba yako ni mgonjwa.” Hivyo akaondoka pamoja na wanawe wawili, Manase na Efrahimu.
यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा ल्याए ।
2 Yakobo alipoambiwa, “Tazama, mwanao Yusufu amekuja kukuona,” Israeli akakusanya nguvu na kukaa juu ya kitanda.
जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे ।
3 Yakobo akamwambia Yusufu, Mungu Mwenyezi alinitokea huko Luzu katika nchi ya Kanaani. Akanibariki na
याकूबले योसेफलाई भने, “सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
4 kuniambia, 'Tazama, nitakupa uzao mwingi, na kukuzidisha. Nitakufanya kuwa kusanyiko la mataifa. Nitakupa nchi hii wewe na uzao wako kuwa milki ya milele.'
र भन्‍नुभयो, 'हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु । म यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु ।’
5 Na sasa wanao wawili, waliozaliwa kwako katika nchi ya Misri kabla sijaja Misri, ni wangu. Efrahimu na Manase watakuwa wangu, kama walivyo Rubeni na Simioni.
अब म मिश्रमा आउनअगि मिश्रमा जन्‍मेका तेरा यी दुई जना छोराहरू मेरै हुन्‌ । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌ ।
6 Watoto utakaowapata baada ya hapo ni wako; watahesabiwa katika majina ya ndugu zao katika urithi wao.
तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन्‌ । यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ ।
7 Lakini kwangu mimi, nilipokuja kutoka Padani, kwa uzuni yangu Raheli alikufa njiani katika nchi ya Kanaani, wakati kungalipo kitambo kwenda Efrathi. Nilimzika pale katika njia iendayo Efrathi” (ndio, Bethlehemu).
म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात्‌ बेथलेहेम जाने बाटोमा गाडेँ ।”
8 Israeli alipowaona wana wa Yusufu, akasema, “Ni nani hawa?”
योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”
9 Yusufu akamwambia baba yake, “Hawa ni wanangu, Mungu alionipa hapa:” Israeli akasema, “Walete kwangu, kwamba niwabariki.”
योसेफले आफ्‍ना बुबालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन्‌ ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”
10 Basi macho ya Israeli yalikuwa yanashindwa kwa ajili ya umri wake, hivyo hakuweza kuona. Hivyo Yusufu akawasogeza karibu yake, na akawabusu na kuwakumbatia.
त्‍यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्‍न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले ।
11 Israeli akamwambia Yusufu, “Sikutazamia kuuona uso wako tena, Lakini Mungu ameniruhusu kuwaona hata wanao.”
इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्‍वरले तेरा सन्‍तान पनि देख्‍न दिनुभयो ।”
12 Yusufu akawaondoa kati ya magoti ya Israeli, na kisha akainama na uso wake juu ya nchi.
तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्‍टेर दण्डवत् गरे ।
13 Yusufu akawachukua wote wawili, Efrahimu katika mkono wake wa kulia kuelekea mkono wa kushoto wa Israeli, na Manase katika mkono wake wa kulia kuelekea mkono wa kulia wa Israeli, na akawasogeza kwake.
योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्‍नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्‍याए ।
14 Israeli akainua mkono wake wa kulia na kuuweka juu ya kichwa cha Efrahimu, aliyekuwa mdogo, na mkono wake wa kushoto juu ya kichwa cha Manase. Akaipishanisha mikono yake, kwani Manase ndiye alikuwa mzaliwa wa kwanza.
इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा र आफ्‍नो देब्रे हात मनश्‍शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए ।
15 Israeli akambariki Yusufu, akisema, Mungu ambaye mbele zake baba zangu Ibrahimu na Isaka walitembea, Mungu aliyenilinda hata leo,
इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ,
16 malaika walionilinda na madhara yote, awabariki vijana hawa. Jina langu na litajwe kwao, na majina ya baba zangu Ibrahimu na Isaka. Na wawe makutano ya watu juu ya nchi.”
ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
17 Yusufu alipoona baba yake ameweka mkono wake wa kulia juu ya kichwa cha Efrahimu, haikumpendeza. Akauchukuwa mkono wa baba yake auweke katika kichwa cha Manase.
जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए ।
18 Yusufu akamwambia baba yake, “Sivyo babangu; kwani huyu ndiye mzaliwa wa kwanza. Uweke mkono wako juu ya kichwa chake.”
योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌ ।”
19 Baba yake akakataa na kusema, “Ninafahamu, mwanangu, nafahamu. Yeye naye atakuwa watu, naye pia atakuwa mkuu. Lakini mdogo wake atakuwa mkuu kuliko yeye, na uzao wake utakuwa wingi wa mataifa.”
तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
20 Israeli akawabariki siku hiyo kwa maneno haya, “Watu wa Israeli watatamka baraka kwa majina yenu wakisema, Mungu na akufanye kama Efrahimu na kama Manase'. “Kwa njia hii, Israeli akamweka Efrahimu mbele ya Manase.
इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्, ‘परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌’।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे ।
21 Israeli akamwambia Yusufu, “Tazama, ninakaribia kufa, lakini Mungu atakuwa nanyi, na atawarudisha katika nchi ya baba zenu.
इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।
22 Kwako wewe, kwa kuwa uko juu ya ndugu zako, ninakupa mtelemko wa mlima niliouchukuwa kutoka kwa Waamori kwa upanga wangu na upinde wangu.”
त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”

< Mwanzo 48 >