< Ezekieli 24 >

1 Neno la Yahwe likanijia katika mwaka wa nane mwezi wa kumi na siku ya kumi ya mwezi, kusema,
नवौं वर्षको दशौं महिनाको र महिनको दशौं दिनमा परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Mwanadamu, andika kwa ajili yako jina la hii siku, siku hii sahihi mfalme wa Babeli ameizingira Yerusalimu.
“ए मानिसको छोरो, आफ्‍नो निम्‍ति आजको दिन, आजकै मिति लेख्, किनकि आजकै दिन बेबिलोनको राजाले यरूशलेमलाई घेरा हालेको छ ।
3 Basi nena mithali juu ya hii nyumba ya kuasi, fumbo moja. Waambie, 'Bwana Yahwe asema hivi: weka sufuria ya kupikia. Iweke na weka maji kwenye hiyo.
यस विद्रोही घरानाको विरुद्धमा यो उपदेश, यो दृष्‍टान्त तिनीहरू भन्‌। तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः पकाउने भाँडो राख् । त्‍यसलाई राख्, र त्‍यसमा पानी हाल्‌ ।
4 Vikusanye vipande vya chakula ndani yake, kila kipande kizuri-paja na bega-na ijaze kwa mifupa bora.
त्‍यसभित्र भएका खानेकुरा, हरेक असल टुक्रा— तिघ्रा र ह्‍याकुलो जम्‍मा गर र त्‍यसलाई असल हाडहरूले भर्‌ ।
5 Chukua kundi bora na jaza mifupa chini yake. Ilete kuchemsha na ipike mifupa ndani yake.
बगालको सबभन्‍दा असल पशु छान्, त्यसमुनि हाडको थुप्रो लगा । त्यसलाई उमाल्ने ठाउँमा ल्या र त्‍यसमा हाडहरू पका ।
6 Kwa hiyo, Bwana Yahwe asema hivi: Ole kwa mji wa damu. Nitakiongeza chungu cha mbao. Weka kuni nyingi na washa moto. Pika nyama vizuri na changanya katika viungo na iacha mifupa iteketee.
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः यो रगतको सहरलाई धिक्‍कार! त्‍यो खिया लागेको भाँडालाई र त्‍यसबाट त्‍यो खिया जानेछैन! त्‍यसमा भएका टुक्राबाट नछानिकन एक-एक गर्दै निकाल् ।
7 Kwa kuwa damu iko kati yake. Ameiweka juu ya jiwe laini; hakuimwaga juu ya nchi kuifunika kwa mavumbi,
किनकि त्‍यसको रगत त्‍यसकै बिचमा छ । त्‍यसले त्‍यो रगत चिल्‍लो चट्टानमा बगाई । धूलाले ढाक्‍नलाई त्‍यसले त्‍यो रगत भूइँमा पोखाईन,
8 hivyo inaleta hasira ya kulipa kisasi. Nimeweka damu yake juu ya jiwe laini ili isifunikwe.
यसैले त्‍यसले साटो लिने क्रोध ल्‍याउँछ । त्‍यसको रगत ढाक्‍न नसकियोस् भनेर मैले चिल्लो चट्टानमा त्‍यो पोखाइन ।
9 Kwa hiyo, Bwana Yahwe asema hivi: Ole kwa mji wa damu. Nitakiongeza chungu cha mbao.
यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः त्‍यस रगतको सहरलाई धिक्‍कार । म दाउराको थुप्रोलाई पनि बढाउनेछु ।
10 Weka kuni nyingi na washa moto. Pika nyama vizuri na changanya katika viungo na acha mifupa iteketee.
दाउरा थुपार्‌ र आगो सल्‍का । मासु राम्ररी पका, र मसला हाल र हाडहरू डड्न दे‌ ।
11 Kisha weka chungu kitupu juu ya mkaa, ili kuchemsha na kuchoma shaba yake, hivyo uchafu wake ndani yake itayeyushwa, kutu yake imekula.'
त्‍यसपछि त्यसलाई तताउन र तामालाई तताएर आगोजस्तै बनाउन भाँडो खाली गरेर भुङ्ग्रोमाथि राख्, ताकि त्यसभित्र भएको अशुद्धता पग्लोस्, र त्‍यसको थेग्रो डढेर जाओस्‌ ।’
12 Amechoka kwa sababu ya kazi ya taabu, lakini kutu yake haitoki kweke kwa moto.
परिश्रमको कारणलर त्यो थकित भएकी छे, तर त्‍यसको बाक्‍लो थेग्रो आगोले पनि गएन ।
13 Tabia yako ya aibu iko ndani ya uchafu wako, kwa sababu nimekusafisha, lakini bado hutaweza kuwa msafi. Bado hutakuwa huru kutoka uchafu wako hadi hasira yako itakapotulia kutoka kwako.
तेरो लाजमर्दो व्यवहार तेरो अशुद्धताभित्र छ । किनभने मैले त तँलाई शुद्ध गर्ने कोशिश गरें, तर तेरो अशुद्धताबाट तँ अझै शुद्ध भइनस् । जबसम्‍म म आफ्‍नो क्रोध तेरो विरुद्धमा पोखाएर सन्‍तुष्‍ट हुन्‍नँ, तबसम्‍म तँ फेरि शुद्ध हुनेछैनस्‌ ।
14 Mimi, Yahwe, nimesema hili, na nitalifanya. Sintotulia wala kupumzika kwa ajili ya hili. Kama njia zako zilivyokuwa, na kama matendo yako, yatakuhukumu! -hivi ndivyo Bwana Yahwe asemavyo.”
म परमप्रभुले यो घोषणा गरेको हुँ, र म यो गर्नेछु । म पछि हट्‌नेछैनँ, न त म त्‍यसबाट आराम नै गर्नेछु । तेरा चाल र तेरा कामहरूले तिनीहरूले तेरो न्‍याय गर्नेछन्— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
15 Kisha neno la Yahwe likanijia, kusema,
त्यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
16 “mwanadamu! Tazama, ninachukua tamaa ya macho yako kutoka kwako pamoja na tauni, lakini hutaomboleza wala kulia, na machozi yako hayatatoka.
“ए मानिसको छोरो, हेर्, तेरो आँखाका इच्‍छालाई म विपतिबाट हटाउँदैछु, तर तैंले शोक गर्नुहुँदैन न त रुनु हुन्‍छ, र तेरा आँखाबाट आँसु झर्नुहुँदैन ।
17 Utagugumia bila kusikika. Usiendeshe mazishi kwa ajili ya aliyekufa. Funga kilemba chako juu yako na vaa makubazi miguuni pako, lakini usivalishe shela nywele zako au kula mkate wa watu waombolezao kwa ajili ya kuwapoteza wake zao.”
तैंले चूपचाप सुस्‍केरा हाल्नुपर्छ । मृतकको अन्तेष्‍टि नगर्‌ । आफ्‍ना फेटा आफ्‍नो टाउकोमा बाँध र आफ्‍ना जुत्ता आफ्‍ना खुट्टामा लगा, तर आफ्नो मुखका रौं नढाक् वा आफ्ना पत्‍नीको मृत्युमा शोक गर्ने मानिसहरूका रोटी नखा ।”
18 Hivyo nimeongea na watu asubuhi, na mke wangu amekufa asubuhi. Asubuhi nimefanya kile nilichokuwa nimeambiwa kukifanya.
यसैले बिहानै मैले यो कुरा मानिसहरूलाई भनें, र त्‍यही बेलुकी मेरी पत्‍नीको मृत्‍यु भयो । भोलिपल्‍ट बिहान मलाई जे गर्ने आज्ञा दिइएको थियो, मैले त्‍यही गरें ।
19 Watu wameniuliza, “Ji! hautatuambia haya mambo yanamaana gani, mambo ambayo unayoyafanya?”
मानिसहरूले मलाई सोधे, “यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्‍नुहुन्‍न?”
20 Hivyo nimewaambia, “Neno la Yahwe likanijia, kusema,
यसैले मैले तिनीहरूलाई भनें, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
21 'Waambie nyumba ya Israeli, Bwana Yahwe asema hivi: Tazama! Nitapanajisi patakatifu pangu-fahari ya nguvu yenu, mahali panapopendeza macho yenu, na panapotamaniwa na roho zenu, na wana wenu na binti zenu ambao mliowaacha nyuma wataanguka kwa upanga.
‘इस्राएलको घरानालाई यसो भन्‌: परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, म आफ्‍नो पवित्रस्‍थान—तिमीहरूका शक्तिको गर्व, तिमीहरूका आँखाको खुसी, र तिमीहरूका प्राणको इच्छालाई अपवित्र तुल्‍याउनेछु, र तिमीहरूले छोडिराखेका तिमीहरूका छोराछोरी तरवारले मारिनेछन्‌ ।
22 Kisha mtafanya hasa kama nilivyofanya: hutafunika nywele za sehemu ya chini za uso, wala kula mkate wa watu wanaoomboleza!
तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्‍नो अनुहारका रौं छोप्‍नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
23 Badala yake, vilemba vyenu vitakuwa juu ya vichwa, na makubadhi yenu miguuni mwenu; hutaomboleza wala kulia, kwa kuwa mtayeyuka katika maovu yenu, na kila mtu atagugumia kwa ya ajili ya ndugu yake.
त्‍यसको साटोमा, तिमीहरूका फेटा तिमीहरूका टाउकामा र तिमीहरूका जुत्ता तिमीहरूका खुट्टामा हुनेछन् । तिमीहरूले शोक गर्नेछैनौ न त रुनेछौ, किनकि तिमीहरू आफ्‍ना पापहरूको कारणले पग्लेर जानेछौ, र हरेक मानिसले आफ्ना भाइको निम्ति सुस्‍केरा हाल्‍नेछ ।
24 Hivyo Ezekieli atakuwa ishara kwenu, kama kila kitu ambacho alichokifanya mtafanya wakati hili litakapokuja. Kisha mtajua yakwamba mimi ni Bwana Yahwe!”'
यसरी इजकिएलचाहिं तिमीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछ । उसले जे गरेको छ ती हरेक कुरा तिमीहरूले पनि गर्नेछौ । तब म नै परमप्रभु परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍नेछौ' ।”
25 “Lakini wewe, mwanadamu, siku ambayo nitachukua hekalu lao, ambalo ni furaha yao, kiburi chao, na kile waonacho na kutamani-na wakati nikiwachukua wana wao na binti-
“तर ए मानिसको छोरो, तिनीहरूका आनन्‍द, गर्व, तिनेहरूले हेर्ने र इच्‍छा गर्ने तिनीहरूका मन्‍दिरलाई मैले कब्जा गरेको दिनमा— र मैले तिनीहरूका छोराछोरी लिएर जाँदा—
26 siku hiyo, mgeni atakuja kwako kukupatia habari!
त्‍यस दिनमा तँलाई समाचार दिनलाई एक जना शरणार्थी तँकहाँ आउनेछ ।
27 Siku hiyo kinywa chako kitafunguliwa kwa huyo mgeni na utaongea-hutakuwa bubu tena. Utakuwa ishara kwao hivyo basi watajua kwamba mimi ni Yahwe.
त्‍यो दिनमा त्यो शरणार्थीसँग तैंले मुख खोल्‍नेछस् र तँ बोल्नेछस्— तँ फेरि चूपचाप रहनेछैनस्‌ । तँ तिनीहरूका निम्‍ति एउटा चिन्‍ह हुनेछस्, ताकि तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ ।”

< Ezekieli 24 >