< Ezekieli 11 >

1 Kisha Roho akaniacha juu na kunileta kwenye lango la mashariki la nyumba ya Yahwe, kuelekea mashariki, na tazama, kwenye njia ya mlango wa lango kulikuwa na watu ishirini na tano. Nikamwona Yaazania mwana wa Azuri na Pelatia mwana wa Benaya, viongozi wa watu, miongoni mwao.
तब आत्‍माले मलाई माथि उठाउनुभयो र परमप्रभुका भवनको पूर्वतिरको ढोकामा लानुभयो, र त्‍यहाँ ढोकाको मुखैमा पच्‍चीस जना मानिस थिए । तिनीहरूका माझमा मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें ।
2 Mungu akanambia, “Mwana wa adamu, hawa ndio wale watu walioshauri udhalimu, na kuamua mipango miovu kwenye huu mji.
परमेश्‍वरले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, यस सहरमा दुष्‍ट्याइँ गर्न षड्‌यन्‍त्र रच्ने र दुष्‍ट योजना बनाउने मानिसहरू यी नै हुन् ।
3 Wakisema, 'Mda wa kujenga nyumba sio sasa; huu mji ni sufuria, na sisi ni nyama.'
तिनीहरू भन्‍दैछन्, 'घरहरू निर्माण गर्ने समय अहिले होइन । यो सहर भाँडो हो र हामीहरू मासु हौं ।’
4 Kwa hiyo tabiri juu yao. Tabiri, mwana wa adamu.”'
यसैकारण तिनीहरूका विरुद्धमा अगमवाणी गर । ए मानिसको छोरो, अगमवाणी गर ।”
5 Kisha Roho wa Yahwe akanijaza na akaniambia, “akisema: Hivi ndivyo Yahwe asemavyo: kama usemavyo, nyumba ya Israeli; kwa kuwa najua kinachoendelea kwenye fikra zenu.
तब परमप्रभुका आत्‍मा ममा आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयोः “परमप्रभु यसो भन्‍नुहुन्‍छः हे इस्राएलका घराना, तिमीहरू यसो भन्दछौ । किनकि तिमीहरूका मनमा के आउँछ भन्‍ने मलाई थाहा छ ।
6 Mmewazidisha watu mliowaua kwenye huu mji na kuijaza mitaa kwa hao.
तिमीहरूले यस सहरमा मारेका मानिसहरूका सङ्ख्‍यालाई वद्धि गरेका छौ, र यसका गल्‍लीहरू तिनीहरूले भरेका छौ ।
7 Kwa hiyo, Bwana Yahwe asema hivi: Wale watu milowaua, ambao mmeilaza miili yao kati ya Yerusalemu, ni nyama, na huu mji ni sufuria. Lakini mnaenda kutolewa nje kutoka kati ya huu mji.
यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूले मारेका मानिसहरू जसका लाशहरू तिमीहरूले यरूशलेमको बिचमा छाडेका छौ, ती मासु हुन्, र यो सहरचाहिं भाँडो हो । तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ ।
8 Mmeuogopa upanga, kwa hiyo nauleta huo upanga juu yenu-huu ndio usemi wa Bwana Yahwe.
तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु । यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
9 Nitawatoa nje kutoka kati ya mji, na kuwaweka kwenye mikono ya wageni, kwa kuwa nitaleta hukumu dhidi yenu.
म तिमीहरूलाई सहरको बिचबाट बाहिर निकाल्‍नेछु, र तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु, किनकि तिमीहरूका विरुद्धमा म न्याय ल्याउनेछु ।
10 Mtaanguka kwa upanga. Nitawahukumu kati ya mipaka ya Israeli hivyo mtajua yakwamba mimi ni Yahwe.
तिमीहरू तरवारले ढल्‍नेछौ । इस्राएलको सिमाना भित्र म तिमीहरूको न्‍याय गर्नेछु । यसरी म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
11 Huu mji hautakua sufuria yenu ya kupikia, wala hamtakuwa nyama ndani yake. Nitawahukumu kati ya mipaka ya Israeli.
यो सहर तिमीहरूका लागि पकाउने भाँडो हुनेछैन, न त त्‍यसको बिचमा तिमीहरू मासु नै हुनेछौ । तिमीहरूको न्‍याय म इस्राएलको सिमाना भित्र नै गर्नेछु ।
12 Kisha mtajua yakwamba mimi ni Yahwe, yule ambaye hamuishe kwenye amri zake na ambaye hamkuzishika sheria zake. Badala yake, mmebeba hukumu za mataifa wanayowazunguka.”
तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, जसका विधिहरूमा तिमीहरू हिंडेका, र जसका नियमहरू तिमीहरूले पालन गरेका छैनौ । बरु, तिमीहरूका वरिपरि भएका जातिहरूका विधिहरू तिमीहरू पालन गरेका छौ ।”
13 Ikawa kwamba nilipokuwa natabiri, Pelatia mwana wa Benaya, akafa. Hivyo nikaanguka kwenye uso wangu na kulia kwa sauti na kusema, “Ee, Bwana Yahwe, Je utayaharibu kabisa mabaki ya Israeli?”
जब मैले अगमवाणी गरिरहेको थिएँ, तब बनायाहका छोरा पलत्‍याह मरे । तब म घोप्‍टो परें र चर्को सोरमा कराएँ र यसो भनें, “हाय, परमप्रभु परमेश्‍वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ?”
14 Neno la Yahwe likanijia, likisema,
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
15 “Mwana wa adamu, ndugu zako! Ndugu zako! Watu wa ukoo wako na nyumba yote ya Israeli! Wote hao ndio hao ambao inasemekana wale wanaoishi Yerusalemu, 'Wako mbali sana kutoka kwa Yahwe! Hii nchi tulipewa sisi kama milki yetu.'
“ए मानिसको छोरो, तेरा दाजुभाइ! तेरा दाजुभाइ! जो तेरा कुलका र इस्राएलका सारा घराना! यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए, 'यिनीहरू परमप्रभुदेखि टाढा भएका छन्‌ । यो देश हामीलाई अधिकार गर्न दिइएको थियो ।’
16 Kwa hiyo sema, 'Bwana Yahwe asema hivi: kote nimewapitisha mbali kati ya mataifa, na kote nimewasambaza kati ya nchi, bado nimekuwa patakatifu kwa ajili yao kwa mda kidogo kwenye nchi ambazo walizoenda.'
यसकारण यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः मैले तिनीहरूलाई जातिहरूका बिचमा टाढा पठाए पनि र तिनीहरूलाई देश-देशमा तितरबितर पारे पनि, तिनीहरू गएका देशमा केही समयको निम्‍ति म तिनीहरूको पवित्रस्‍थान भएको छु ।’
17 Kwa hiyo sema, 'Bwana Yahwe asema hivi: Nitawakusanya kutoka kwa watu, na kuwakutanisha kutoka kwenye nchi mlizokuwa mmetawanyika, na nitawapatia nchi ya Israeli.'
यसकारण भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तिमीहरूलाई म मानिसहरूबाट जम्‍मा गर्नेछु, र तिमीहरू तितरबितर भएका देशहरूबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु र म तिमीहरूलाई इस्राएलको देश दिनेछु ।’
18 Kisha wataenda huko na kuondoa kila kitu chenye karaha na kila chukizo kutoka hiyo sehemu.
तब तिनीहरू त्‍यहाँ जानेछन्‌ र त्‍यो ठाउँबाट हरेक घृणित र घिनलाग्‍दा कुराहरू हटाउनेछन्‌ ।
19 Nitawapatia moyo mmoja, na nitaweka roho mpya kati yao. Nitaondoa moyo wa jiwe kutoka kwenye miili wao na kuwapatia moyo wa nyama,
म तिनीहरूलाई एउटै हृदय दिनेछु, र तिनीहरूमा म एउटा नयाँ आत्‍मा हालिदिनेछु । म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय दिनेछु,
20 ili kwamba waweze kutembea kwenye amri zangu, watayachukua maagizo yangu na kuyatenda. Kisha watakuwa watu wangu, na nitakuwa Mungu wao.
ताकि तिनीहरू मेरा विधिहरूमा चल्‍नेछन्, र तिनीहरूले मेरा नियमहरू पालन गर्नेछन् र तीअनुसार गर्नेछन् । तब तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।
21 Lakini kwa wale watembeao kwa kujifanya kuendeleza mambo yao ya karaha na machukizo yao, nitaleta tabia yao kwenye vichwa vyao-hivi ndivyo Bwana Yahwe asemavyo.”
तर आफ्‍ना घृणित प्रतिमाहरू र घिनलाग्‍दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनेछु, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
22 Makerubi wakainua mabawa yao na magurudumu yaliyokuwa karibu nao, na utukufu wa Mungu wa Israeli ulikuwa juu yao.
ती करूबहरूले आफ्‍ना पखेटा र आफ्‍ना छेउमा भएका पाङ्‌ग्राहरू माथि उचाले र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका माथि थियो ।
23 Kisha utukufu wa Yahwe ukaenda juu kutoka katikati ya mji na kusimama kwenye mlima hata mashariki mwa mji.
तब सहरको बिचबाट परमप्रभुको महिमा माथि गयो, र सहरको पूर्वपट्टिको पर्वतमा अडियो ।
24 Roho akanichukua juu na kunileta hata Ukaldayo, hata uhamishoni, katika maono kutoka kwa Roho wa Mungu, na maono niliyokuwa nimeyaona yakaenda juu yakaniacha.
आत्‍माले मलाई माथि उठाउनुभयो र परमेश्‍वरका आत्‍माद्वारा दिइएको दर्शनमा कल्‍दीमा निर्वासित भएकाहरूकहाँ ल्‍याउनुभयो । तब मैले देखेको त्‍यो दर्शन मबाट मास्‍तिर गइहाल्‍यो ।
25 Kisha nikawaambia wale watumwa mambo yote ya Yahwe niliyokuwa nimeyaona.
तब परमप्रभुले मलाई देखाउनुभएका सबै कुरा मैले निर्वासित भएकाहरूकहाँ घोषणा गरिदिएँ ।

< Ezekieli 11 >