< Kutoka 33 >
1 Yahweh anasema na Musa, “Nenda kutoka hapa, wewe na watu ulio watoa kutoka nchi ya Misri. Nenda kwenye nchi nilio fanya nadhiri na Ibrahimu, Isaka, Yakobo, nilipo sema, 'Nitakupa wewe na uzao wako'.'
तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।
2 Nitatuma malaika mbele yako, na kuwaondoa Wakanani, Waamori, Wahiti, Waperizi, Wahivi, na Wayebusi.
म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।
3 Nenda kwenye hiyo nchi, inayo tiririka kwa maziwa na asali, lakini sitaenda nawe, kwasababu ninyi ni watu wajehuri. Ninaweza kuwaharibu njiani.”
दूध र मह बग्ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ । मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु ।”
4 Watu walipo sikia haya maneno ya kushtua, walilia, na hakuna aliye vaa mikufu.
जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन ।
5 Yahweh alisema kwa Musa, “Waambie Waisraeli, 'Ninyi ni watu wakorofi. Kama ningeenda miongoni mwenu ata kwa muda kidogo, nigewaharibu ninyi. Hivyo sasa, toa mikufu yenu ili niamue nini cha kufanya kwenu.”'
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”
6 Hivyo Waisraeli hawaku vaa mikufu kutoka Mlima Horebu na kwendelea.
त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन् ।
7 Musa akachukua hema na kukita nje ya kambi, umbali kidogo na kambini. Aliita hema ya kukutania. Kila mtu alliye muuliza Yahweh kitu chochote alienda kwenye hema ya kukutania, nje ya kambi.
मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे । तिनले यसलाई भेट हुने पाल भने । परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो ।
8 Kisha Musa alipo enda kwenye hema, watu wote walisima kando ya hema yao na kumuangalia Musa hadi alipo ingia ndani.
मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्जेलसम्म तिनलाई हेर्ने गर्थे ।
9 Wakati wowote Musa alipo ingia hemani, nguzo ya wingu ilishuka chini na kusimama nje ya lango la hema, na Yahweh alizungumza na Musa.
मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो ।
10 Wakati wowote watu walipo ona nguzo ya wingu imesimama langoni mwa hema, waliamka na kuabudu, kila langoni mwa hema yake.
कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो ।
11 Yahweh alizungumza na Musa uso kwa uso, kama mtu anapo zungumza na rafiki yake. Kisha Musa alirudi kambini, lakini mtumishi wake Yoshua mwana wa Nuni, kijana, alibaki hemani.
एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।
12 Musa alisema na Yahweh, “Ona, umekuwa ukisema na mimi, 'Chukuwa watu hawa safarini,' lakini hauja niambia nani utamtuma na mimi. Umesema, 'Nina kujua kwa jina, na umepata upendeleo kwangu.'
मोशाले परमप्रभुलाई भने, “हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन । तपाईंले भन्नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्टिमा निगाह पाएको छस् ।'
13 Kama nimepata upendeleo machoni pako, nionyeshe njia zako ili nikujue na kuendelea kupata upendeleo machoni pako. Kumbuka ili taifa ni watu wako.”
अब मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ । यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस् ।”
14 Yahweh akajibu, “Uwepo wangu utaenda nawe, na nitakupa pumziko.”
परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”
15 Musa akasema, “Kama uwepo wako hautaenda nasi, usitutoe hapa.
मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।
16 Au je, itajulikanaje niimepata upendeleo machoni pako, mimi na watu wako? Haitakuwa kuwa tu kama ukienda nasi mimi na watu wako tutakuwa na utofauti na watu wengine wote waliopo katika uso wa dunia?”
किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?”
17 Yahweh akamwambia Musa, “Nitafanya pia hichi kitu ulicho niomba, kwa kuwa umepata upendeleo machoni mwangu, na nina kujua kwa jina lako.”
परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्नेछु किनकि तैँले मेरो दृष्टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।”
18 Musa akasema, Tafadhali nionyeshe utukufu wako.”
मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।”
19 Yahweh akasema, “Nitafanya wema wangu wote ujulikani kwako, na nitatangaza jina langu 'Yahweh' kwako. Nitakuwa na neema kwake nitakae kuwa na neema, na nitaonyesha rehema kwake nitakaye onyesha rehema.”
परमप्रभुले भन्नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।”
20 Lakini Yahweh akasema, “Hauta ona uso wangu, kwa kuwa hakuna aonaye uso wangu na kuiishi.”
तर परप्रभुले भन्नुभयो, “तैँले मेरो अनुहार देख्न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”
21 Yahweh akasema, “Ona, hapa kuna sehemu yangu; utasimama kwenye huu mwamba.
परमप्रभुले भन्नुभयो, “हेर्, मेरो छेउमा एउटा ठाउँ छ । तँ यो चट्टानमा खडा हो ।
22 Wakati utukufu wangu unapita, nitakuweka kwenye shimo kubwa la mwamba na kukufunika kwa mkono wangu mpaka nitakapo pita.
मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्नेछ ।
23 Kisha nitaondoa mkono wangu, na utaona mgongo wangu, ila uso wangu hautaonekana.”
त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्, तर मेरो अनुहारचाहिँ देख्नेछैनस् ।”