< Kutoka 13 >
1 Yahweh akasema na Musa na kumwambia,
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
2 “Nitengee wazaliwa wote wa kwanza, kila mzaliwa wa kwanza wa Waisraeli, watu na wanyama. Mzaliwa wa kwanza ni wangu.”
“इस्राएलीहरूमध्येका मानिस र पशुहरू दुवैबाट पहिले जन्मेका सबै नरलाई मेरो निम्ति अलग गर् । पहिले जन्मेकाहरू मेरा हुन् ।”
3 Musa akawambia watu, “Hii kumbukeni hii siku, siku mliyo toka Misri, kutoka nyumba ya utumwa, kwa mkono hodari wa Yahweh amewatoa kutoka hii sehemu. Hakuna mkate wa hamira waruhusiwa kuliwa.
मोशाले मानिसहरूलाई भने, “आजको दिन सम्झना राख । आजकै दिन परमप्रभुको शक्तिशाली हातद्वारा तिमीहरू मिश्रको दासत्वबाट यस ठाउँमा ल्याइएका छौ । खमिर हालेको कुनै पनि रोटी खाइनेछैन ।
4 Mnatoka Misri hii siku, mwezi wa Abibu.
तिमीहरू आबीब महिनाको आजकै दिनमा मिश्रबाट बाहिर जाँदै छौ ।
5 Yahweh atakapo waleta nchi ya Wakanani, Wahiti, Waamori, Wahivi, na Wayebusi, nchi aliyo waapia mababu zenu kuwapa, nchi inayo tiririka kwa maziwa na asali - kisha wapaswa kuadhimisha hili tendo la ibada kila mwezi.
परमप्रभुले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी र यबूसीहरूको दूध र मह बग्ने देशमा लैजानुहुँदा तिमीहरूले यही महिनामा आराधनाको यो चाड मान्नू ।
6 Kwa siku saba utakula mkate bila hamira; siku ya saba kutakuwa na maakuli ya kumuadhimisha Yahweh.
सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ ।
7 Mkate usio na hamira wapaswa kuliwa kwa siku saba zote; hakuna mkate ulio na hamira wapaswa kuliwa miongoni mwenu. Hakuna hamira yapaswa kuonekana kwenye mipaka yenu.
सात दिनसम्म खमिर नहालेको रोटी खानू । खमिर हालेको रोटी तिमीहरूका बिचमा नदेखियोस् ।
8 Hiyo siku utasema kwa watoto wako, 'Hii ni kwasababu ya kile Yahweh alichofanya kwangu nilipo taka Misri.'
त्यस दिन तिमीहरूले आ-आफ्ना छोराछोरीहरूलाई भन्नू, 'म मिश्रबाट बाहिर आउँदा परमप्रभुले मेरो निम्ति जे गर्नुभएको थियो, त्यसैको खातिर मैले यसो गरेको हुँ ।'
9 Hii itakuwa kumbukumbu mkononi mwako, na kumbukumbu kwenye paji la uso wako. Hii ni ili sheria ya Yahweh iwe kinywani mwako, maana kwa mkono hodari Yahweh amewatoa kutoka Misri.
यो तिमीहरूका निम्ति हातमा र तिमीहरूको निधारमा सम्झना गराउने कुरो हुनेछ । परमप्रभुको शक्तिशाली हातले तिमीहरूलाई मिश्रबाट बाहिर ल्याएकोले तिमीहरूको मुखमा यो उहाँको विधि हुनेछ ।
10 Kisha basi wapaswa kushika hii sheria kwa wakati uliyo kusudiwa kutoka mwaka hadi mwaka.
त्यसकारण वर्षैपिच्छे तिमीहरूले तोकिएको समयमा यो विधिको पालन गर्नू ।
11 Yahweh atakapo waleta kwenye nchi ya Wakanani, kama alivyo apa kwenu na kwa mababu zenu kufanya, na atakapo wapa nchi ninyi,
परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूसित शपथ खानुभएझैँ उहाँले तिमीहरूलाई कनानीहरूको देशमा पुर्याई त्यो देश तिमीहरूलाई दिनुहुँदा
12 lazima umtengee mzaliwa wa kwanza mtoto na uzao wa kwanza wa wanyama wenu. Wakiume watakuwa wa Yahweh.
तिमीहरूले हरेकको गर्भको पहिले फल परमप्रभुको निम्ति अलग गर्नू ।
13 Kila mzaliwa wa kwanza wa punda lazima umnunue tena na mwana kondoo. Kama hautamnunua tena, lazima uivunje shingo yake. Lakini kila mzaliwa wa kwanza wakiume miongoni mwenu - lazima umnunue tena.
गधाको हरेक पहिलो फललाई एउटा पाठोद्वारा छुटाउनू । त्यो छुटाएनौ भने त्यसको घाँटी निमोठिदिनू । तर तिमीहरूका सबै छोराका बिचमा पहिलो फललाई तिमीहरूले छुटाउनैपर्छ ।
14 Mwanae atakapo kuuliza baadae, 'Hii ina maana gani?' kisha utamwambia, 'Ni kwa mkono hodari Yahweh katutoa Misri, kutoka nyumba ya utumwa.
'यसको मतलब के हो?' भनी पछि तिमीहरूको छोरोले सोध्दा तिमीहरूले यसो भन्नू, 'परमप्रभुले शक्तिशाली हातद्वारा हामीलाई मिश्रको दासत्वबाट निकालेर ल्याउनुभयो ।
15 Farao alipo kataa kwa ujeuri kutuachia twende, Yahweh aliwaua wazaliwa wa kwanza wa nchi ya Misri, wazaliwa wa kwanza wa watu na wa wanyama. Ndio sababu ninatoa dhabihu kwa Yahweh kwa kila mzaliwa wa kwanza wa kila mnyama, na pia sababu nina nunua wazaliwa wa kwanza wa wanangu tena.'
हठी भएर फारोले हामीलाई जान दिन इन्कार गर्दा परमप्रभुले मिश्र देशमा मानिस र पशु दुवैका सबै पहिले जन्मेकाहरूलाई मार्नुभयो । त्यसकारण म हरेक पशुको पहिले जन्मेको नरलाई परमप्रभुको निम्ति बलिदान चढाउँछु, र मेरा छोराहरूमध्ये जेठोलाई छुटाउँछु ।'
16 Hii itakuwa kumbukumbu mikononi mwako na kumbukumbu kwenye paji lako la uso, kwa kuwa ni kwa mkono hodari Yahweh alitutoa kutoka Misri.”
यो तिमीहरूको हात र तिमीहरूको निधारमा सम्झना दिलाउने कुरो हुनेछ किनकि परमप्रभुको शक्तिशाली हातद्वारा उहाँले हामीलाई मिश्रबाट बाहिर ल्याउनुभएको थियो ।”
17 Farao alipo waachia watu waende, Mungu akuwaongoza kwa njia ya Wafilisti, japo hiyo njia ilikuwa karibu. Kwa kuwa Mungu alisema, “Labda watu watabadili nia zao watakapo ona vita na watarudi Misri.”
फारोले मानिसहरूलाई जान दिएपछि परमेश्वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”
18 Hivyo Mungu akawaongoza watu kuzunguka nyikani kupita Bahari ya Shamu. Waisraeli waliondoka kutoka nchi ya Misri wakiwa wamejiami kwa pambano.
त्यसैले परमेश्वरले ती मानिसहरूलाई उजाड-स्थानको बाटो भएर लाल समुद्रतिर लैजानुभयो । इस्राएलीहरू युद्धको लागि सशस्त्र भई मिश्र देशबाट अगि बढे ।
19 Musa akachukuwa mifupa ya Yusufu pamoja naye, kwa kuwa Yusufu aliwaapisha Waisraeli na kusema, “Mungu atawaokoa, na muibebe mifupa yangu na nyie.”
मोशाले योसेफको अस्थि आफूसितै लगे किनकि योसेफले इस्राएलीहरूलाई यसरी गम्भीरतापूर्वक शपथ खान लगाएका थिए, “निश्चय नै परमेश्वरले तिमीहरूलाई छुटकारा दिनुहुनेछ र तिमीहरूले मेरो अस्थि आफूसितै लैजानू ।”
20 Waisraeli walisafiri kutoka Sakothi na kuweka kambi Ethamu pembezoni mwa nyikani.
इस्राएलीहरू सुक्कोतबाट यात्रा गरी उजाड-स्थानको नजिकै एथाममा आइपुगे र त्यहाँ तिनीहरूले पाल टाँगे ।
21 Yahweh alitangulia mbele yao mchana kama nguzo ya wingu kuwaongoza njiani. Usiku alienda kama nguzo ya moto kuwapa mwanga. Kwa namna hii waliweza kusafiri mchana na usiku.
परमप्रभु दिनमा बादलको खाँबो बनी तिनीहरूको अगिअगि जानुहुन्थ्यो । रातमा आगोको खाँबो बनी उहाँले तिनीहरूलाई ज्योति दिनुहुन्थ्यो । यसरी तिनीहरू दिन र रातमा यात्रा गर्न सक्थे ।
22 Yahweh hakuchukuwa kutoka kwa watu nguzo ya wingu mchana wala nguzo ya moto usiku.
परमप्रभुले दिनमा बादलको खाँबो र रातमा आगोको खाँबो मानिसहरूबाट हटाउनुभएन ।