< Torati 5 >
1 Musa aliwaita Israeli yote na akasema nao, “Sikiliza, Israeli, kwa amri na sheria ambazo nitasema katika masikio yenu leo, muweze kujifunza na kuzishika.
मोशाले सारा इस्राएलीलाई बोलाएर भने, “हे इस्राएल हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्न सक ।
2 Yahwe Mungu wetu alifanya agano nasi huko Horeb.
परमप्रभु हाम्रा परमेश्वरले होरेबमा हामीसित करार बाँध्नुभयो ।
3 Yahwe hakufanya agano hili pamoja na mababu zetu, lakini na sisi, sisi wote tu hai hapa leo.
परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्नुभयो ।
4 Yahwe alizungumza nawe uso kwa uso kwenye mlima toka katikati mwa moto
पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो ।
5 (Nilisimama kati ya Yahwe na wewe kwa wakati huo, kukufunulia wewe neno lake, kwa kuwa ulikuwa umeogopa kwa sababu ya moto, na haukwenda juu ya mlima), Yahwe alisema,
त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्नुभयो,
6 'Mimi ni Yahweh Mungu wako, niliyekutoa katika nchi ya Misri, kutoka nyumba ya utumwa.
'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
7 Hautakuwa na miungu mingine mbele yangu.
तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्नू ।
8 Hautajifanyia mwenyewe sanamu ya kuchonga wala mfano wa kitu chochote kilicho juu mbinguni, au kilicho chini ya dunia, au kilicho chini ya maji.
आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
9 Hautavisujudia au kuvitumikia, kwa kuwa Mimi, Yahwe Mungu wako, ni Mungu wa wivu, Nawaadhibu uovu wa mababu kwa kuleta adhabu juu ya watoto, kwa kizazi cha tatu na cha nne cha wale wanichukiao,
तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।
10 na kuonesha agano la uaminifu kwa maelfu, kwa wale wanaonipenda na kushika amri zangu.
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्वसनीयता देखाउने छु ।
11 Hautalichukua jina la Yahwe Mungu wako bure, kwa kuwa Yahwe hatamshikilia kuwa ana hatia yeye alichukuae jina bure.
परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ ।
12 Zingantia siku ya Sabato kwa kuiweka takatifu, kama Yahwe Mungu wako alivyokuamuru.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्न याद राख्नू ।
13 Kwa siku sita utafanya kazi na fanya kazi zako zote,
तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ ।
14 lakini siku ya saba ni Sabato kwa Yahwe Mungu wako. Kwa siku hiyo hautafanya kazi yoyote- si wewe, wala mwana wako, wala binti yako, wala mjakazi wako wa kiume, wala maksai wako, wala punda wako, wala mifugo wako, wala mgeni yeyote aliye katika malango yako. Hii ni kwamba mjakazi wako wa kiume na mjakazi wako wa kike wapate kumpuzika pamoja na wewe.
तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।
15 Utakumbuka katika akili yako kwamba ulikuo mtumwa katika nchi ya Misri, na Yahwe Mungu wako alikutoa kutoka huko kwa mkono wa uweza na mkono ulionyoshwa. Kwa hiyo Yahwe Mungu wako amekuamuru kuitunza siku ya Sabato.
तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्नू । त्यसकारण, शबाथ-दिन मान्न परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ ।
16 Mheshimu baba yako na mama yako, kama Yahwe Mungu wako alivyokuamuru kufanya, ili kwamba uweze kuishi muda mrefu katika nchi ambayo Yahwe Mungu wako akupa, ili kwamba iende kwa uzuri kwako.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।
20 hautashuhudia uongo dhidi ya ndugu yako.
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
21 Hautamtamani mke wa jirani yako, hautatamani nyumba ya jirani yako, shamba lake, au mjakazi wake wa kiume, au mjakazi wake wa kike, maksai au punda wako, au chochote ambacho ni mali ya jirani yako.
आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'
22 Haya maneno Yahwe alisema kwa sauti kubwa kwa kusanyiko lako lote kwenye mlima toka katikati mwa moto, mawingu, giza zito, hakuongeza maneno yoyote zaidi. Na aliandika chini kwenye mbao mbili za mawe na akanipa mimi.
परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्नुभयो । उहाँले अरु कुनै पनि वचन थप्नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्नुभयो र मलाई दिनुभयो ।
23 Ilipokaribia, pindi uliposikia sauti toka katikati mwa giza, wakati mlima unawaka moto, kuwa mlikuja karibu nami, wazee wako wote, na wakuu wa makibila yako.
पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ ।
24 Ulisema, Tazama, Yahwe Mungu wetu ametuonesha utukufu wake na ukuu wake, na tumeisikia sauti yake toka katikati mwa moto, tumeona leo kwamba wakati Mungu azungumza na watu, wanaweza kuishi.
तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र उहाँको महान्ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ ।
25 Lakini kwanini tufe? Kwa kuwa mto huu mkuu utatutoshereza sisi; kama tutasikia sauti ya Yahwe Mungu wetu tena, tutakufa.
तर हामी किन मर्ने? किनकि यो महाअग्निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ ।
26 Kwa kuwa badala yetu kuna miongoni mwetu wa mwili ambao wamesikia sauti ya Mungu aliye hai akizungumza toka katikati mwa moto na kuishi, kama tulivyofanya?
किनकि आगोको बिचबाट जीवित परमेश्वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला?
27 Kwenu ninyi, mnapaswa kwenda na kusikiliza kila kitu ambacho Yahwe Mungu wetu asema; rudia kwetu kila kitu ambacho Yahwe Mungu wetu asema kwenu; tutamsikiliza na kumtii.'
जानुहोस् र परमप्रभु हाम्रा परमेश्वरले भन्नुहुने हरेक कुरो सुन्नुहोस् । परमप्रभु हाम्रा परमेश्वरले तपाईंलाई भन्नुहुने हरेक कुरो हामीलाई दोहोर्याउनुहोस् । हामी यसलाई सुन्ने छौँ र पालन गर्ने छौँ ।'
28 Yahweh alisikia maneno yenu pindi mlipozungumza nami. Alisema na mimi, “Nimekwisha sikia maneno ya watu hawa, kile wanasema kwako. Kile walichosema kilikuwa kizuri.
तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्नुभयो । उहाँले मलाई भन्नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए ।
29 Oh, kulikuwa na moyo wa namba hiyo ndani yao, kwamba wataniheshimu na daima kushika amri zangu zote, ili iweze kuwa vizuri kwao na pamoja na watoto wao milele!
मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो ।
30 Nenda useme nao, “Rudini kwenye mahema.”
गएर तिनीहरूलाई भन्, 'तिमीहरूका पालहरूमा फर्क ।'
31 Lakini kwenu, simama karibu nami, na nitakuambia amri zote, sheria, na maagizo ambayo mtawafundisha, ili kwamba waweze kuyashika katika nchi ambayo nitawapa kumiliki.'
तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।'
32 Utashika, kwa hiyo, kile Yahwe Mungu wenu amewaamuru; hamtageukia mkono wa kulia au kushoto.
त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर ।
33 Mtatembea katika njia zote ambazo Yahwe Mungu wenu, amewaamuru ili kusudi muweze kuishi, na ili kwamba iweze kwenda vizuri kwenu, na kwamba muweze kuongeza siku zenu katika nchi ambayo mtaimiliki.
तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।