< Torati 10 >

1 Kwa wakati ule Yahwe alisema kwangu, 'Chonga mbao mbili za mawe kama zile za kwanza, na njoo kwangu huku juu ya mlima, na utengeneze sanduku la mbao.
त्यस बेला परमप्रभुले मलाई भन्‍नुभयो, 'पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काट्, र पर्वतमा मकहाँ उक्लेर आइज अनि काठको एउटा सन्दूक बना ।
2 Nitaandika kwenye mbao maneno ambayo yalikuwa kwenye mbao za kwanza ulizozivunja, na utaziweka ndani ya sanduku.
तैँले फुटाएका पहिलेका पाटीहरूमा भएका वचनहरू म यी पाटीहरूहरूमा लेख्‍ने छु, र तैँले तिनलाई सन्दुकमा राख्‍नू ।'
3 Basi nilitengeneza sanduku la mbao za mikaratusi, na nikachonga mbao mbili za mawe kwa zile za kwanza, na nikaenda juu ya mlima, nikiwa na mbao mbili mkononi mwangu.
त्यसैले मैले बबुल काठको एउटा सन्दुक बनाएँ, र पहिलेजस्तै ढुङ्गाका दुईवटा पाटी काटेँ अनि मेरो हातमा ती दुईवटा पाटी लिएर पर्वतमा उक्लेँ ।
4 Aliandika kwenye mbao, kama maandishi ya kwanza, amri kumi ambazo Yahwe amesema nanyi kwenye mlima kutoka katikati mwa moto katika siku ya kusanyiko; ndipo Yahwe alilinipa mimi.
पर्वतमा सभाको दिनमा आगोको बिचबाट परमप्रभुले तिमीहरूलाई बोल्नुभएका दस आज्ञा उहाँले पहिलेजस्तै ती पाटीहरूमा लेख्‍नुभयो र मलाई दिनुभयो ।
5 Niligeuka na kushuka chini kutoka mlimani, na kuweka mbao ndani ya sanduku nililokuwa nimetengeneza; hapo zilikaa, kama Yahwe alivyoniamuru.”
म फर्केर पर्वतबाट तल ओर्लें, र मैले बनाएका सन्दुकमा ती पाटीहरू राखेँ । परमप्रभुले आज्ञा गर्नुभएझैँ ती त्यहाँ थिए ।”
6 (Watu wa Israeli walisafiri kutoka Beerothi ya Bene Jaakan kwenda Moserathi. Huko Aaroni alikufa, na huko alizikwa; Eleazar, mwana wake, alitumika katika ofisi ya ukuhani kwenye nafasi yake.
(इस्राएलीहरू बिरोथ-बने-याकानबाट हिँडेर मोसेरामा आए । त्यहाँ हारून मरे, र त्यहीँ गाडिए । तिनको ठाउँमा तिनका छोरा एलाजारले पुजारीको पद सम्हाले ।
7 Kutokea huko walisafiri kwenda Gudgodah, na kutoka Gudgodah kwenda Jotbathah, nchi yenye mikondo ya maji.
त्यहाँबाट तिनीहरू गुदगुदासम्म हिँडे र गुदगुदाबाट खोलाहरू भएको योतबातामा आए ।
8 Kwa wakati huo Yahwe alichagua kabila la Lawi kubeba sanduku la agano la Yahwe, kusimama mbele ya Yahwe kumtumikia na kubariki watu kwa jina lake, kama ilivyo leo.
त्यस बेला परमप्रभुको नाउँमा मानिसहरूलाई आशिष् दिन र उहाँको सेवाको लागि उहाँको सामु खडा हुनका लागि परमप्रभुको करार बोक्‍न उहाँले लेवी कुललाई छान्‍नुभयो जस्तो आजसम्म चलिआएको छ ।
9 Kwa hiyo Lawi hawana sehemu wala urithi wa nchi pamoja na ndugu zake; Yahwe ni urithi wao, kama Yahwe Mungu wenu alizungumza naye)
त्यसकारण, आफ्ना दाजुभाइहरूसँगै लेवीसित जमिनको कुनै हिस्सा वा सम्पत्ति हुँदैन । परमप्रभु तिमीहरूका परमेश्‍वरले तिनलाई भन्‍नुभएझैँ परमप्रभु नै तिनको सम्पत्ति हुनुहुन्छ)
10 “Nilibaki kwenye mlima kama ilivyokuwa mara ya kwanza, siku arobaini na usiku arobaini. Yahwe alinisikiliza wakati huo pia; Yahwe hakutaka kukuangamiza.
पहिलेजस्तै म चालिस दिन र चालिस रातसम्म पर्वतमा बसेँ । त्यस बेला पनि परमप्रभुले मेरो कुरा सुन्‍नुभयो ।
11 Yahwe alisema nami, “Inuka, nenda mbele ya watu uwaongoze katika safari yao; wataingia na kumiliki nchi ambayo niliapa kwa mababu zao kuwapa.'
परमप्रभुले मलाई मार्ने इच्छा गर्नुभएन । परमप्रभुले मलाई भन्‍नुभयो, 'उठ् र मानिसहरूलाई यात्रामा अगुवाइ गर्न तिनीहरूको अगि जा । मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिने छु भनी प्रतिज्ञा गरेको देशमा तिनीहरू जाने छन् र त्यसको अधिकार गर्ने छन् ।'
12 Sasa, Israeli, Yahwe Mungu wenu ataka nini kwenu, isipokuwa hofu ya Yahwe Mungu wenu, kutembea katika njia zake zote, kumpenda yeye, na kumwabudu Yahwe Mungu wenu kwa moyo wenu wote na roho yenu yote.
अब हे इस्राएली हो, परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूबाट चाहनुभएका कुराहरू यिनै हुन्: परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान; उहाँका सबै मार्गमा हिँड; उहाँलाई प्रेम गर; परमप्रभु तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा ह्रदय र सारा प्राणले आराधना गर;
13 Kuzishika amri za Yahwe, na maagizo ambayo ninawaamuru ninyi leo kwa ajili ya uzuri wenu?
परमप्रभुका आज्ञा र विधिविधानहरू पालन गर जुन तिमीहरूका भलाइको निम्ति आज मैले तिमीहरूलाई दिँदै छु ।
14 Tazama, kwa Yahwe Mungu wenu mbingu ni zake na mbingu za mbingu, dunia, vyote vilivyomo.
हेर, आकाश, आकाशमण्डलहरू, पृथ्वी र तिनमा भएका सबै परमप्रभु तिमीहरूका परमेश्‍वरकै हुन् ।
15 Yahwe peke alichukua furaha kwa baba zenu ili kwamba awapende, na aliwachagua ninyi, wazao wao, baada yao, zaidi kuliko ya watu wengine wowote, kama afanyavyo leo.
परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई प्रेम गर्नमा उहाँ खुसी हुनुभयो र उहाँले तिमीहरू, तिमीहरूका सन्तानहरू र त्यसपछि आउनेहरूलाई चुन्‍नुभयो जस्तो तिमीहरू देख्छौ ।
16 Kwa hiyo basi wataili govi la mioyo yao, na msiwe wakaidi tena.
त्यसकारण, तिमीहरूका ह्रदयको खतना गर, र अबदेखि उसो हठी नहोओ ।
17 Kwa kuwa Yahwe Mungu wenu, ni Mungu wa miungu na Bwana wa bwana, Mungu mkuu, mwenye nguvu na wakutisha, ambaye hapendelei yeyote na hapokei rushwa-
किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै देवहरूका परमेश्‍वर र प्रभुहरूका प्रभु, महान् परमेश्‍वर, शक्तिशाली र भययोग्य हुनुहुन्छ जसले कसैको पक्षपात गर्नुहुन्‍न र घुस लिनुहुन्‍न ।
18 Hutekeleza haki kwa yatima na wajane, na huonesha upendo kwa mgeni kwa kumpa chakula na mavazi.
उहाँले अनाथ र विधवाहरूको पक्षमा न्याय गर्नुहुन्छ, र परदेशीलाई भोजन र वस्‍त्र दिएर प्रेम देखाउनुहुन्छ ।
19 Kwa hiyo basi mpende mgeni; kwa kuwa mlikuwa wageni kutoka nchi ya Misri.
त्यसकारण परदेशीलाई प्रेम गर । किनकि तिमीहरू पनि मिश्र देशमा परदेशी नै थियौ ।
20 Mtamche Yahwe Mungu wenu yeye mtamwabudu. Mtashikamana kwake, na kwa jina lake mtaapa.
परमप्रभु तिमीहरूका परमेश्‍वरको भय मान । उहाँको आराधना गर । उहाँमै टाँसिरहो, र उहाँको नाउँमा मात्र शपथ खाओ ।
21 Yeye ni sifa yenu, ni Mungu wenu, ambaye amefanya kwa ajili yenu haya mambo makuu na kutisha, ambayo macho yenu yameyaona.
उहाँ तिमीहरूको प्रशंसा हुनुहुन्छ, उहाँ तिमीहरूका परमेश्‍वर हुनुहुन्छ जसले तिमीहरूका आँखाले देख्‍ने गरी यी महान् र भययोग्य कुराहरू गर्नुभएको छ ।
22 Baba zako walienda Misri kama watu sabini; sasa Yahwe Mungu wako amekufanya wewe kuwa wengi kama nyota za mbinguni.
तिमीहरूका सत्तरी जना पिता-पुर्खा मिश्रमा गएका थिए । अहिले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आकाशका ताराहरूजत्तिकै असङ्ख्य बनाउनुभएको छ ।

< Torati 10 >