< Matendo 10 >
1 Kulikuwa na mtu fulani katika mji wa kaisaria, jina lake aliitwa Kornelio, alikuwa mkuu wa kikosi cha Kiitalia.
कैसरिया सहरमा कर्नेलियस नाउँका एक जना मानिस थिए जो इटालिया नामक पल्टनका कप्तान थिए ।
2 Alikuwa mchamungu na alimwabudu Mungu na nyumba yake yote; alitoa pesa nyingi kwa wayahudi na aliomba kwa Mungu siku zote.
तिनी ईश्वरभक्त मानिस थिए । तिनी र तिनका सारा घरानाले परमेश्वरको आराधना गर्थे । तिनले यहूदीहरूलाई धेरै रूपैयाँ-पैसा सहयोग गरे र तिनले सधैँ परमेश्वरलाई प्रार्थना चढाइरहन्थे ।
3 Muda wa saa tisa za mchana, akaona maono Malaika wa Mungu anakuja kwake. Malaika akamwambia “Kornelio!
दिउँसो तिन बजेतिर तिनले दर्शनमा परमेश्वरका एक स्वर्गदूत आफूतिर आइरहेको देखे । स्वर्गदूतले भने, “ए कर्नेलियस”
4 Kornelio akamwangalia malaika na alikuwa na hofu kubwa sana akasema “Hii ni nini mkuu?” Malaika akamwambia “Maombi yako na zawadi zako kwa masikini zimepanda juu kama kumbukumbu kwenye uwepo wa Mungu”.
कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे र भयभीत हुँदै भने, “हजुर, भन्नुहोस् ।” स्वर्तदूतले तिनलाई भने, “तिम्रा प्रार्थना र तिमीले गरिबहरूलाई दिएका दान सम्झनायोग्य बलिको रूपमा परमेश्वरको उपस्थितिमा पुगेका छन् ।
5 Sasa tuma watu kwenda mji wa Yafa kumleta mtu mmoja anayeitwa Simoni ambaye pia huitwa Petro.
पत्रुस पनि भनेर चिनिने सिमोन भनिने मानिसलाई ल्याउन योप्पा शहरमा मानिसहरू पठाऊ ।
6 Anakaa na mtengenezaji wa Ngozi aitwaye Simoni ambaye nyumba yake iko kando ya bahari.”
तिनी सिमोन नामक चर्मकारसित बसिरहेका छन् जसको घर समुद्रको छेउमा छ ।”
7 Baada ya Malaika aliyekuwa akisema naye kuondoka, Kornelio akawaita watumishi wa nyumbani kwake wawili, na askari aliyekuwa akimwabudu Mungu kati ya maaskari waliokuwa wanamtumikia.
आफूसित बोल्ने स्वर्गदूत गएपछि कर्नेलियसले आफ्नो घरका दुई जना नोकर र तिनको सेवा गर्ने सिपाहीहरूमध्ये परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई बोलाए ।
8 Kornelio aliwaambia yote yaliyotokea na akawatuma Yafa.
कर्नेलियसले तिनीहरूलाई सबै कुरा बताएर तिनीहरूलाई योप्पा पठाए ।
9 Siku iliyofuata muda wa saa sita wakiwa njiani na wamekaribia mjini, Petro akapanda juu darini kuomba.
भोलिपल्ट लगभग दिउँसोको बाह्र बजेको थियो । तिनीहरू यात्रा गरेर शहरको नजिक आइपुग्दा पत्रुस प्रार्थनाको लागि घरको माथिल्लो कौसीमा उक्ले ।
10 Na pia akawa na njaa na alihitaji kitu cha kula, lakini wakati watu wanapika chakula, akaonyeshwa maono,
तिनी भोकाए र तिनलाई केही खान मन लाग्यो । तर मानिसहरूले खानेकुरा पकाइरहँदा तिनीले एउटा दर्शन देखे ।
11 akaona anga limefuguka na chombo kinashuka na kitu fulani kama nguo kubwa ikishuka chini kwenye ardhi katika kona zake zote nne.
तिनले आकास खुलेको र एउटा वस्तु पृथ्वीतिर खसिरहेको देखे जुन चारै कुनामा बाँधिएको एउटा ठुलो तन्नाजस्तो थियो ।
12 Ndani yake kulikuwa na aina zote za wanyama wenye miguu minne na watambaao juu ya ardhi, na ndege wa angani.
त्यसमा सबै किसिमका चारखुट्टे प्राणीहरू, पृथ्वीमा घस्रने जन्तुहरू र आकासका चराचुरुङ्गीहरू थिए ।
13 Tena sauti ikasema kwake “Amka, Petro chinja na ule”.
त्यसपछि एउटा आवाजले तिनलाई भन्यो, “पत्रुस, उठ अनि मारेर खाऊ ।”
14 Lakini Petro akasema “Siyo hivyo, Bwana kwa sababu sijawahi kula kitu chochote najisi na kichafu.
तर पत्रुसले भने, “हुँदैन प्रभु । किनकि मैले कहिल्यै अशुद्ध र अपवित्र कुराहरू खाएको छैनँ ।”
15 Lakini sauti ikaja kwake tena kwa mara ya pili “Alichokitakasa Mungu usikiite najisi wala kichafu”.
तर त्यो आवाज दोस्रो पटक पनि तिनीकहाँ आयोः “परमेश्वरले जेलाई शुद्ध पार्नुभएको छ तिमीले त्यसलाई अशुद्ध नभन ।”
16 Hii ilitokea mara tatu, na kile chombo kikawa kimechukuliwa tena angani.
तिन पटकसम्म यसै भयो । त्यसपछि त्यो तन्नाजस्तो वस्तु तुरुन्तै आकासतिर लगियो ।
17 Na wakati Petro akiwa katika hali ya kuchanganyikiwa juu ya hayo maono yanamaanisha nini, Tazama, watu waliokuwa wametumwa na Kornelio wakasimama mbele ya lango, wakiuliza njia ya kwenda kwenye nyumba.
आफूले देखेको दर्शनको अर्थ के होला भनेर पत्रुस अन्योलमा परिरहँदा कर्नेलियसले पठाइएका मानिसहरू ढोकाको सामु खडा भए । तिनीहरू घर खोज्दै त्यहाँ आइपुगेका थिए ।
18 Na wakaita na kuuliza kama Simoni ambaye pia aliitwa Petro kama alikuwa anakaa pale.
पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि छैनन् भनी तिनीहरूले सोधे ।
19 Wakati huo Petro alipokuwa akiwaza juu ya hayo maono, Roho akasema naye, “Tazama watu watatu wanakutafuta.
पत्रुसले दर्शनको बारेमा अझै सोचिरहेकै बेला पवित्र आत्माले तिनलाई भन्नुभयो, “हेर, तिन जना मानिसले तिम्रो खोजी गर्दैछन् ।
20 Amka na ushuke chini na uende nao. Usiogope kwenda nao, kwa sababu nimewatuma.”
उठ र तल जाऊ अनि तिनीहरूसँगै लाग । तिनीहरूसँगै जानदेखि नडराऊ किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ ।”
21 Petro akashuka chini kwao na kusema “Mimi ni yule mnayemtafuta. Kwa nini mmekuja?”
त्यसैले, पत्रुस ती मानिसहरूकहाँ ओर्ले र तिनले भने, “तपाईंहरूले खोजिरहनुभएको व्यक्ति मै हुँ । तपाईंहरू किन आउनुभएको?”
22 Wakasema, “Akida mmoja jina lake Kornelio, mtu wa haki na hupenda kumwabudu Mungu, na watu humsema vyema katika taifa lote la kiyahudi, ameambiwa na malaika wa Mungu kukutuma ili kwenda kwenye nyumba yake, ili asikie ujumbe kutoka kwako.”
तिनीहरूले भने, “परमेश्वरको आराधना गर्ने कर्नेलियस नाउँ गरेका कप्तान धर्मी मानिस हुनुहुन्छ जो सारा यहूदी जातिको बिचमा प्रसिद्ध हुनुहुन्छ । परमेश्वरका पवित्र स्वर्गदूतले तपाईंलाई बोलाएर उहाँको घरमा ल्याऊ भनी उहाँलाई आज्ञा दिए ताकि उहाँले तपाईंको सन्देश सुन्न सकून् ।”
23 Petro akawakaribisha kuingia ndani na kukaa pamoja naye. Asubuhi iliyofuata akaamka akaenda pamoja naye, na ndugu wachache kutoka Yafa wakaambatana naye.
त्यसैले, पत्रुसले तिनीहरूलाई भित्र आई तिनी र तिनका मानिसहरूसित बस्न निमन्त्रणा दिए । भोलिपल्ट बिहान पत्रुस उठे र तिनीहरूसँगै गए । योप्पाका केही भाइहरू पनि तिनीसँगै लागे ।
24 Siku iliyofuata walikuja Kaisaria. Na Kornelio alikuwa akiwasubiri; na alikuwa amewaita pamoja ndugu zake na marafiki zake wa karibu.
अर्को दिन तिनीहरू कैसरिया आइपुगे । कर्नेलियसले तिनीहरूको प्रतीक्षा गर्दै थिए । तिनले आफ्ना नातेदारहरूसाथै घनिष्ठ मित्रहरूलाई पनि बोलाएका थिए ।
25 Wakati Petro akiingia ndani, Kornelio akamlaki na kuinama hadi chini kwenye miguu yake kwa kumheshimu.
पत्रुस भित्र पसेपछि कर्नेलियसले तिनलाई स्वागत गरे र तिनको सम्मान गर्दै तिनले दण्डवत् गरे ।
26 Lakini Petro akamwinua na kusema “Simama; mimi mwenyewe pia ni mwanadamu.”
तर पत्रुसले तिनलाई उठाएर भने, “उठ्नुहोस् । म आफैँ पनि केवल मानिस हुँ ।”
27 Wakati Petro akiwa anaongea naye, alienda ndani akakuta watu wamekusanyika pamoja.
पत्रुस तिनीसित बातचित गरिरहँदा तिनी भित्र प्रवेश गरे र धेरै मानिसहरू जम्मा भएका देखे ।
28 Akawaambia, “Ninyi wenyewe mnajua kuwa siyo sheria ya kiyahudi kushirikiana au kutembelewa na mtu ambaye si wa taifa hili. Lakini Mungu amenionesha mimi kuwa sipaswi kumwita mtu yeyote ni najisi au mchafu.
पत्रुसले तिनीहरूलाई भने, “तपाईंहरूलाई थाहा छ कि एउटा यहूदीले अर्को जातिका मानिसहरूसित सङ्गत गर्नु वा तिनीहरूलाई भेटघाट गर्नु अनुचित कार्य हो । तर मैले कुनै पनि मानिसलाई अशुद्ध वा अपवित्र भन्नु हुँदैन भनी परमेश्वरले मलाई देखाउनुभएको छ ।
29 Na ndiyo maana nimekuja bila kubisha, nilipotumwa kwa ajili ya hiyo. Kwa hiyo niwaulize kwa nini mlitumwa kwa ajili yangu.”
त्यसकारण, मलाई बोलाइँदा म गनगन नगरीकन आएँ । तपाईंहरूले मलाई किन बोलाउनुभएको?”
30 Kornelio akasema, “Siku nne zilizopita, wakati kama huu nilikuwa naomba muda wa saa tisa mchana ndani ya nyumba yangu; Nikaona mbele yangu mtu amesimama akiwa na mavazi meupe,
कर्नेलियसले भने, “चार दिनअगि यही घडीमा म मेरो घरमा दिउँसो तिन बजे प्रार्थना गरिरहँदा सेतो पोशाक लगाएका एक जना मानिस मेरो सामु खडा भए ।
31 Akaniambia “Kornelio maombi yako yamesikiwa na Mungu, na zawadi zako kwa masikini zimekuwa ukumbusho mbele za Mungu.
तिनले भने, ‘हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ र तिमीले गरीबहरूलाई दिएको दानको सम्झना गर्नुभएको छ ।
32 Kwa hiyo tuma mtu Yafa na akamwite mtu mmoja anayeitwa Simoni aje kwako, ambaye pia huitwa Petro. ambaye anaishi kwa mtengenezaji wa Ngozi mmoja aitwaye Simoni ambaye nyumba yake iko pembeni mwa bahari.
त्यसैले, कसैलाई योप्पामा पठाऊ र पत्रुस भनिने सिमोनलाई डाकेर ल्याऊ । तिनी सिमोन भनिने चर्मकारको घरमा बसिरहेका छन् जुन समुद्रको छेउमा पर्छ ।’
33 Zingatia: Msatri huu, “Naya atakapokuja atasema nanyi,” haumo kwenye maandiko ya kale.
त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्न हामी सबै यहाँ परमेश्वरको उपस्थितिमा छौँ ।”
34 Ndipo Petro akafungua mdomo wake na kusema “Kweli, nimeamini kuwa Mungu hawezi kuwa na upendeleo.
तब पत्रुसले आफ्नो मुख खोलेर भनेः “साँच्चै म जान्दछु कि परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न ।
35 Badala yake, kila taifa mtu yeyote anayemwabudu na kufanya matendo ya haki anakubalika kwake.
बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
36 Unajua ujumbe alioutoa kwa watu wa Israel, alipokuwa akitangaza habari njema ya amani kupitia Yesu Kristo ambaye ni Bwana wa wote-
परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
37 ninyi wenyewe mnajua tukio lililotokea, ambalo limetokea Yudea yote na lilianzia Galilaya, baada ya ubatizo ambao Yohana alitangaza.
यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
38 tukio lililokuwa linamhusu Yesu Kristo jinsi Mungu alivyomtia mafuta kwa Roho Mtakatifu na kwa nguvu. Alienda akifanya mema na kuponya wote walioteswa na ibilsi, kwa kuwa Mungu alikuwa pamoja naye.
ती घटनाहरू नासरतका येशूको बारेमा हुन् जसलाई परमेश्वरले पवित्र आत्मा र शक्तिले अभिषेक गर्नुभएको थियो । उहाँले असल कामहरू गर्नुभयो र शैतानद्वारा पीडितहरूलाई निको पार्दै जानुभयो किनकि परमेश्वर उहाँसित हुनुहुन्थ्यो ।
39 Sisi ni mashahidi wa mambo yote aliyoyafanya katika nchi za Uyahudi na katika Yerusalemu- huyu ni Yesu waliyemuua na kumtundika mtini.
यहूदीहरूको देश र यरूशलेम दुवैमा उहाँले गर्नुभएका सबै कुराहरूका हामी साक्षी हौँ । यही येशूलाई तिनीहरूले काठमा झुण्ड्याएर मारे ।
40 Huyu mtu Mungu alimfufua siku ya tatu na kumpa kujulikana,
परमेश्वरले उहाँलाई तेस्रो दिनमा बिउँताउनुभयो र प्रकट गराउनुभयो,
41 si kwa watu wote, lakini kwa mashahidi waliochaguliwa kabla na Mungu. - sisi wenyewe, tulio kula naye na kunywa naye baada ya kufufuka kutoka kwa wafu.
सबैकहाँ होइन तर परमेश्वरले पहिले नै छान्नुभएका साक्षीहरूकहाँ । हामी नै ती साक्षीहरू हौँ जसले उहाँ मृतकहरूबाट बौरी उठ्नुभएपछि उहाँसँगै खायौँ र पियौँ ।
42 Ametuagiza kuhubiri kwa watu na kushuhudia kuwa huyu ndiye ambaye Mungu alimchagua kuwa mwamuzi wa walio hai na waliokufa.
परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
43 Katika yeye manabii wote washuhudie, ili kwamba kila anayeamini katika yeye atapokea msamaha wa dhambi kupitia jina lake.”
सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
44 Wakati Petro akiendelea kusema haya, Roho Mtakatifu akawajaza wote waliokuwa wakisikiliza ujumbe wake.
पत्रुसले यी कुराहरू बताइरहँदा तिनको सन्देश सुन्नेहरू सबैमाथि पवित्र आत्मा ओर्लनुभयो ।
45 Watu wale wanaohusika na kikundi cha waamini waliotahiriwa- wale wote waliokuja na Petro- walishangazwa, kwa sababu ya karama ya Roho Mtakatifu aliyemwagwa pia kwa wamataifa.
पत्रुससँगै आएका यहूदी विश्वासीहरू छक्क परे किनकि पवित्र आत्माको वरदान अन्यजातिहरूलाई पनि दिइएको थियो ।
46 Kwa kuwa walisikia hawa wamataifa wanaongea kwa lugha zingine na kumwabudu Mungu. Petro akajibu,
किनभने तिनीहरूले यी अन्यजातिहरूले अन्य भाषाहरूमा बोलेका र परमेश्वरको प्रशंसा गरेका सुने । तब पत्रुसले जवाफ दिए,
47 “Kuna mtu yeyote anaweza kuzuia maji ili watu wasibatizwe, Watu hawa wamempokea Roho Mtakatifu kama sisi?”
“हामीले जस्तै पवित्र आत्मा प्राप्त गर्ने यी मानिसहरूलाई पानीको बप्तिस्मा लिनदेखि कसैले रोक्न सक्छ?”
48 Ndipo akawaamuru wabatizwe kwa jina la Yesu Kristo. Baadaye wakamwomba akae nao kwa siku kadhaa.
तिनले तिनीहरूलाई येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनू भन्ने आज्ञा दिए । तिनीहरूले तिनलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे ।