< 2 Samweli 4 >
1 Ikawa Ishboshethi, mwana wa Sauli, aliposikia kwamba Abneri amekufa huko Hebroni, mikono yake ikadhoofika, na Israeli yote ikataabika.
जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्यो ।
2 Basi mwana wa Sauli alikuwa na watu wawili waliokuwa wakuu wa vikosi vya askari. Mmoja wao alikuwa Baana na mwingine alikuwa Rekabu, wana wa Rimoni Mbeerothi wa wana wa Benjamini(kwa maana Berothi ilihesabiwa kuwa sehemu ya Benjamini,
शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्सा ठानिन्छ,
3 na Waberothi walikimbilia Gitaimu na wamekuwa wakiishi pale hadi sasa).
र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन् ।)
4 Basi Yonathani, mwana wa Sauli, alikuwa na mwana mlemavu wa miguu. Alikuwa na umri wa miaka mitano habari kuhusu Sauli na Yonathani ilipofika Yezreeli. Yaya wake akamchukua ili akimbie. Lakini wakati anakimbia, mwana wa Yonathani alianguka na akawa kirema. Jina lake aliitwa Mefiboshethi.
शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।
5 Hivyo wana wa Rimoni mbeerothi, Rekabu na Baana, wakasafiri mchana wakati wa jua kali mpaka nyumbani mwa Ishbothethi, yeye alikuwa amepumzika mchana.
त्यसैले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।
6 Mwanamke aliyekuwa akililinda lango alisinzia wakati akipepeta ngano, Rekabu na Baana waliingia ndani polepole na wakampita.
ढोकाको स्त्री पाले गहूँ ओसार्दै गर्दा मस्त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए ।
7 Hivyo walipoingia ndani ya nyumba, walimpiga na kumuua wakati amelala chumbani mwake. Kisha wakakata kichwa chake na wakaondoka nacho, wakasafiri njiani usiku kucha mpaka Araba.
यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे ।
8 Wakaleta kichwa cha Ishboshethi kwa Daudi huko Hebroni, nao wakamwambia mfalme, “Tazama, hiki ni kichwa cha Ishboshethi mwana wa Sauli, adui yako, aliyekuwa akiutafuta uhai wako. Leo Yahwe amemlipia kisasi bwana wetu mfalme dhidi ya Sauli na uzao wake.”
तिनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्ने तपाईंको शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्ला लिनुभएको छ ।”
9 Daudi akawajibu Rekabu na Baana nduguye, wana wa Rimoni mbeerothi, akawambia, “Kama Yahwe aishivyo, aliyeuokoa uhai wangu na kila shida,
दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्टबाट बचाउनुभयो,
10 mtu mmoja aliponiambia, 'Tazama, Sauli amekufa,' akifikiri alileta habari njema, nilimkamata na kumwua huko Siklagi. Huo ndio ujira niliompa kwa habari yake.
जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ ।
11 Namna gani, mtu mwovu anapomwua mwenye haki kitandi mwake ndani ya nyumba, Je nisiitake damu yake kutoka katika mikono yenu, na kuwaondoa duniani?”
झन दुष्ट मानिसहरूले एक जना निर्दोष व्यक्तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बदला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?”
12 Kisha Daudi akawaagiza vijana, nao wakawaua wakakata mikono na miguu yao na kuwatundika kando ya bwawa huko Hebroni. Lakini wakakichukua kichwa cha Ishboshethi na kukizika katika kaburi la Abneri katika Hebroni.
त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्बोशेतको टाउकोलाई लिए र त्यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।