< 2 Nyakati 11 >
1 Rehoroboamu alipofiki Yerusalemu, akawakusanya nyumba ya Yuda na Benyamini, wanaume 180, 000 walaiaochaguliwa amabao wliakuwa wanajeshi, kwa ajili ya kupigana dhiidi ya Israeli, ili kuurudisha ufalme kwa Rehoboamu.
जब रहबाम यरूशलेममा आइपुगे, तब तिनले रहबामको राज्य पुनःर्स्थापित गराउनलाई इस्राएलको विरुद्धमा युद्ध गर्नलाई यहूदा र बेन्यामीनका घरानाका एक लाख असी हजार योद्धाहरू भेला गरे ।
2 Lakini neno la Yahwe likamjia Shemaya mtu wa Mungu, likisema,
तर परमप्रभुको वचन परमेश्वरका मानिस शमायाहकहाँ यसो भनेर आयो,
3 “Sema kwa Rehoboamu mwana wa Selemani, mfalme wa Yuda, na kwa Israeli kataika Yuda na Benyamaini,
“सोलोमनका छोरा यहूदाका राजा रहबाम, अनि यहूदा र बेन्यामिनका सबै इस्राएललाई यसो भन्,
4 Yahwe anasema hivi, “Msivamie wala kufanya vita dhidi ya ndugu zako. Kila mmoja lazima arudi kwenye nyumba yake, kwa maana nimesababisha jambo hili kutokea.” Kwa hiyo wakayatii maneno ya Yahwe na kuacha kumvamia Yeroboamu.
'परमप्रभु यसो भन्नुहुन्छ, “आफ्नै दाजुभाइका विरुद्धमा तिमीहरूले आक्रमण गर्नु वा युद्ध गर्नुहुँदैन । हरेक व्यक्ति आआफ्नै घरमा फर्केर जानुपर्छ, किनकि मैले नै यसो हुन दिएको हो” ।’” यसैले तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आक्रमण गर्नबाट पछि हटे ।
5 Yeroboamu akaishi katika Yerusalemu na kujenga miji katika Yuda kwa ajili ya kujilinda.
रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।
6 Akaijenga Bethelehemu, EtamuTekoa,
तिनले बेथहेलेम, एताम, तको,
7 Bethsusi, Soko, Adulamu,
बेथ सर, सोखो, अदुल्लाम,
9 Adoraimu, Lakishi, Azeka,
अदोरेम, लाकीश, आजेका,
10 Sora, Aiyaloni, na Hebroni. Hii ni miji yenye ngome katika Yuda na Benyamini.
सोरा, अय्यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका सहरहरू यि नै थिए ।
11 Akaziimarisha ngome na kuweka maamri jeshsi ndani yake, pamaoja na hazina ya chakula, mafuta, na divai.
तिनले ती गढीहरू किल्लाबन्दी गरे र तिनमा कमाण्डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्चय गरिदिए ।
12 Akaweka ngao na mikuki katika miji yote na kuifanya imara sana. Kwa hiyo Yuda na Benyamini zikawa zake.
तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्यामीन तिनका भए ।
13 Makuhani na Walawi waliokuwa katika Israeli yote wakaenda kwake kutoka ndani ya mipaka yao.
जम्मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्ना सिमानाहरूबाट तिनीकहाँ गए ।
14 Kwa kuwa Walawi waliacha nchi za malisho yao na mali zao ili kuja Yuda na Yerusalemu, kwa maana
किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
15 Yeroboamu na wanaaye walikuwa wamewafukuza, ili kwamba wasifanye majukumu yao ya kikuhani kwa ajili ya sehemu za juu na mbuzi na sanamu za ndama alizokuwa ametengeneza.
डाँडाका अल्गा थानहरू र आफूले बनाएका बाख्रा र बाछाका मूर्तिहरू पूजा गर्न यारोबामले आफ्नै पुजारीहरू नियुक्त गरे ।
16 Watu kutoka kabila zote za Israeli wakaja nyuma yao, wale walio wameiilekeza mioyo yao kumtafuta Yahwe, Mungu wa Israeli; wakaja Yerusalemu kwa ajili ya kumtolea dhabihu Yahwe. Mungu wa baba zao.
परमप्रभु इस्राएलका परमेश्वरलाई खोज्न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई बलिदान चढाउन यरूशलेममा आए ।
17 Kwa hiyo wakauimarisha ufalame wa Yuda na kumfanya imara Rehoboamu mwana wa Selemani kwa miaka mitatu, na wakatembea kwa miaka mitatu katika njia ya Daudi na Selemani.
यसैले तिनीहरूले यहूदाको राज्य बलियो बनाए र तीन वर्षसम्म सोलोमनका छोरो रहबामलाई समर्थन गरे, र त्यस बेला तिनीहरू दाऊद र सोलोमनका चालअनुसार तीन वर्षसम्म हिंडे ।
18 Rehoboamu akajitwalia mke: Mahalathi, binti wa Yerimothi, mwana wa Daudi na wa Abihaili, binti wa Eliabu, mwana wa Yese.
रहबामले आफ्नो निम्ति एउटी पत्नी ल्याएः तिनी महलत थिइन् । तिनका बुबा दाऊदका छोरा यरीमोत थिए र आमाचाहिं यिशैका छोरा एलीआबकी छोरी अबीहेल थिइन् ।
19 Akamzalia wana: Yeushi, Shemaraia, na Zahamu.
उनीले तिनको निम्ति छोराहरू जन्माइन्: येऊश, शमरयाह र साहम ।
20 Baaad ya Mahalathi, Rehoboamu akamchukua Maaka, binti Absalomu; akamzalia Abiya, Atai, Ziza, na Shelomithi.
महलतपछि तिनले अब्शालोमकी छोरी माकालाई विवाह गरे । उनले तिनको निम्ति अबिया, अत्तै, जीजा र शलोमीत जन्माइन् ।
21 Rehoboamu akampenda Maaka, binti Solomoni, zaidi kuliko wake za wengine wote na masuria (alichukua wake kumi na nane na masuria sitini, na akawa baba wa wana ishirini na nane na mabinti sitini).
रहबामले आफ्ना सबै पत्नीहरू र उपपत्नीहरूलाई भन्दा धेरै माया माकालाई गरे (तिनले अठाह्र जना पत्नीहरू र साठी जना उपपत्नीहरू ल्याए, र तिनका अट्ठाईस जना छोरा र साठी जना छोरी थिए) ।
22 Rehoboamu akamteua Abiya mwana wa Maaka kuwa mkuu, kiongozi miongoni mwa ndugu zake alikuwa na wazo la kumfanya mfalme.
रहबामले माकाका छोरा अबियालाई दाजुभाइका प्रमुख अगुवा नियुक्त गरे । तिनले उनलाई राजा बनाउने बिचार गरेका थिए ।
23 Rehoboamu akatawala kwa hekima; akawatawanya wanaye katika nchi yote ya Yuda na Benyamini katika kila mji imara. Pia akawapa chakula kwa wingi na akatafuta wake wengi kwa ajili yao.
रहबामले बुद्धिमानीपूर्वक राज्य गरे । तिनले आफ्ना सबै छोराहरूलाई यहूदा र बेन्यामीनका किल्लाबन्दी गरिएका जम्मै सहरमा पठाए । तिनले उनीहरूका निम्ति प्रशस्त खानेकुरा दिए र तिनीहरूका निम्ति धेरै जना पत्नीहरू खोजिदिए ।