< 1 Samweli 5 >
1 Basi Wafilisti wakawa wamelitwaa sanduku la Mungu, wakalileta kutoka Ebenezeri hadi Ashdodi.
यति बेला पलिश्तीहरूले परमेश्वरको सन्दुक कब्जा गरेका, र तिनीहरूले त्यो एबेन-एजेरबाट अश्दोदमा ल्याएका थिए ।
2 Wafilisti walilichukua sanduku la Mungu, wakalileta ndani ya nyumba ya Dagoni, na wakalikalisha pembeni mwa Dagoni.
पलिश्तीहरूले परमेश्वरको सन्दुक लगे, दागोनको मन्दिरमा त्यो ल्याए र दागोनको नजिकै राखे ।
3 Watu wa Ashdodi walipoamka mapema siku ya pili, tazama, Dagoni ilianguka chini kifudifudi mbele ya sanduku la BWANA. Hivyo waliichukua Dagoni na kuisimamisha tena katika sehemu yake.
जब अश्दोदका मानिसहरू अर्को दिन बिहान सबेरै उठे, हेर, दागोन त परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । त्यसैले तिनीहरूले दागोनलाई उठाए र त्यसलाई आफ्नै स्थानमा खडा गरे ।
4 Lakini walipoamka mapema kesho yake, tazama, Dagoni alikuwa ameanguka chini kifudifudi mbele ya sanduku la BWANA. Kichwa cha Dagoni na vitanga vyake miwili vilikatika na kulala mlangoni. Kiwiliwili cha Dagoni ndicho kilibaki tu.
तर जब तिनीहरू अर्को बिहान सबेरै उठे, हेर, दागोन परमप्रभुको सन्दुकको सामु घोप्टो परेर ढलेको थियो । दागोनको शिर र दुवै हातहरू टुक्रिएर ढोकामा अलपत्र थियो । दागोनको जिउ मात्र बाँकी रहेको थियो ।
5 Na hii ndiyo sababu, makuhani wa Dagoni na yeyote aingiae ndani ya nyumba ya Dagoni, hata leo, hawezi kukanyaga mlango wa Dagoni katika Ashdodi.
यसैकारण आज पनि दागोनको भवनमा आउने दागोनका पुजारीहरू र कसैले पनि अश्दोदको दागोनको ढोकामा टेक्दैनन् ।
6 Mkono wa BWANA ulikuwa mzito juu ya watu wa Ashdodi. Aliwaangamiza akawatesa kwa majipu, Ashdodi na wilaya zake kwa pamoja.
अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो ।
7 Watu wa Ashdodi walipotambua kilichokuwa kinatokea, walisema, “Sanduku la Mungu wa Israeli lisikae kwetu, kwa sababu mkono wake ni mzito juu yetu na juu ya mungu wetu Dagoni.”
जे भइरहेको थियो त्यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”
8 Basi wakawatuma watu wawakusanye pamoja viongozi wote wa Wafilisti; wakawambia, “Tufanye nini na sanduku la Mungu wa Israeli?” Wakawajibu, “Sanduku la Mungu wa Israeli lihamishwe na kupelekwa Gathi.” Basi wakalihamisha hilo sanduku la Mungu wa Israeli hadi huko Gathi.
त्यसैले तिनीहरूले बोलाउन पठाए र पलिश्तीहरूका सबै शासकहरूलाई एकसाथ भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई हामीले के गर्नुपर्छ?” तिनीहरूले जवाफ दिए, “इस्राएलका परमेश्वरको सन्दुकलाई गातमा नै ल्याइयोस् ।” त्यसैले तिनीहरूले इस्राएलका परमेश्वरको सन्दुकलाई बोकेर त्यहाँ ल्याए ।
9 Lakini baada ya kulipeleka huko, mkono wa BWANA ulikuwa juu ya mji huo, ukasababisha machafuko makubwa. Akawatesa watu wa mji huo, wakubwa kwa wadogo; na majipu yakaota juu ya miili yao.
तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो । उहाँले सहरका साना र ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो ।
10 Basi, wakalipeleka sanduku la Mungu hadi Ekroni. Lakini mara tu sanduku la Mungu lilipoingia Ekroni, watu wa Ekroni walipiga kelele wakisema, “Wametuletea sanduku la Mungu wa Israeli kutuua sisi na watu wetu.”
त्यसैले तिनीहरूले परमेश्वरको सन्दुकलाई एक्रोनमा पठाए । तर परमेश्वरको सन्दुक एक्रोनमा आउने बित्तिकै, एक्रोनीहरूले यसो भन्दै कराए, “तिनीहरूले हामी र हाम्रा मानिसहरूलाई मार्नलाई इस्राएलका परमेश्वरको सन्दुक हामीकहाँ ल्याएका छन् ।”
11 Basi wakawatuma watu wawakusanye pamoja viongozi wote wa Wafilisti; wakawambia, “Lipelekeni mbali sanduku la Mungu wa Israeli, na lirudishwe katika makao yake, ili lisije kutuua sisi na watu wetu.” Kwa maana kulikuwa na hofu ya kutisha mjini mwote; Mkono wa Mungu ulikuwa mzito mno huko.
त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्वरको हात धेरै भारी पर्यो ।
12 Watu ambao hawakufa waliteswa na majipu, na kilio cha mji kilipanda hadi mbinguni.
नमरेका मानिसहरूमा गिर्खाको रूढी आइपर्यो र सहरको क्रन्दन आकाशसम्मै पुग्यो ।