< 1 Samweli 25 >

1 Basi Samweli akafariki. Waisraeli wote wakakusanyika pamoja na kumwomboleza, na wakamzika nyumbani kwake huko Rama. Kisha Daudi akainuka na akashuka hadi jangwa la Parani.
शमूएल मरे । सबै इस्राएल भेला भए र तिनको निम्ति विलाप गरे र तिनलाई आफ्नै घर रामामा दफन गरे । त्यसपछि दाऊद उठे र पारानको उजाड-स्‍थानमा तल झरे ।
2 Kulikuwa na mtu mmoja huko Maoni, na mali zake zilikuwa huko Karmali. Mtu huyo alikuwa tajiri sana. Alikuwa na kondoo elfu tatu na mbuzi elfu moja. Naye alikuwa akiwakata manyoya kondoo wake huko Karmeli.
माओनमा एक जना मानिस थिए जसको सम्‍पत्ति कार्मेलमा थियो । त्यो मानिस धेरै धनी थियो । उसको तिन हजार भेडा र एक हजार बाख्राहरू थिए । उसले कार्मेलमा भेडाको ऊन कत्रँदै थियो ।
3 Na mtu huyo aliitwa Nabali, na jina la mke wake aliitwa Abigaili. Mwanamke huyo alikuwa mwenye busara na mzuri kwa sura. Lakini mwanaume alikwa mkaidi na mwovu katika mambo yake. Alikuwa wa uzao wa nyumba ya Kalebu.
त्यो मानिसको नाउँ नाबाल थियो । उसकी पत्‍नीको नाउँ अबीगेल थियो । ती स्‍त्री बुद्धिमती र देख्‍नमा सुन्दरी थिइन् । तर त्यो मानिस आफ्‍नो व्यावहारमा कठोर र खराब थियो । ऊ कालेबको घरानाको सन्तान थियो ।
4 Daudi akasikia akiwa jangwani kwamba Nabali alikuwa akiwakata manyoya kondoo wake.
नाबालले उजाड-स्‍थानमा भेडाको ऊन कत्रँदैछन् भनी दाऊदले सुने ।
5 Hivyo Daudi aliwatuma kwake vijana kumi. Akawaambia wale vijana, “Pandeni kwanda Karmeli, mwendeeni Nabali, na mkamsalimie kwa jina langu.
त्यसैले दाऊदले दस जना जवान मानिसलाई पठाए । दाऊदले ती जवान मानिसहरूलाई भने, “कार्मेलमा माथि जाओ, नाबालकहाँ जाओ र मेरो नाउँमा तिनलाई अभिवादन गर ।
6 Mtamwambia, 'Uishi katika baraka, Uwe na amani na nyumba yako iwe na amani, na wote ulionao wawe na amani.
तिमीहरूले तिनलाई भन्‍नु, “समृद्धिमा जिउनुहोस् । तपाईंलाई शान्ति मिलोस्, तपाईंका घरानामा शान्ति छाओस् र तपाईंसँग भएका सबैलाई शान्‍ति होस् ।
7 Nasikia kwamba unao wakata manyoya. Wachungaji wako walikuwa pamoja nasi, na hatukuwafanyia ubaya, na muda wote wakiwa Karmeli hawakupotelewa kitu chochote.
तपाईंसँग ऊन कत्रनेहरू छन् भनी म सुन्छु । तपाईंका गोठालाहरू हामीसँग छन् र हामीले तिनीहरूलाई कुनै हानि गरेनौं र तिनीहरू कार्मेलमा हुँदा तिनीहरूले कुनै पनि कुरा गुमाएनन् ।
8 Waulize vijana wako, nao watakuambia. Basi vijana wangu wapate kibali machoni pako, maana tumefika siku ya sherehe. Tafadhali utoe cho chote ulicho nacho mkononi kwa watumishi wako na kwa Daudi mwanao.'”
तपाईंका जवान मानिसहरूलाई सोध्‍नुहोस् र तिनीहरूले तपाईंलाई भन्‍नेछन् । अब मेरा जवानहरूले तपाईंको दृष्‍टिमा निगाह पाऊन्, किनकि हामी आज उत्सवको समयमा आएका छौं । कृपया तपाईंको हातमा जे छ सो तपाईंका सेवकहरू र तपाईंका छोरा दाऊदलाई दिनुहोस् ।”
9 Vijana wa Daudi walipofika, walimwambia Nabali yote haya kwa niaba ya Daudi na kisha wakasubiri.
जब दाऊदका जवान मानिसहरू आइपुगे, तिनीहरूले यी सबै कुरा दाऊदको तर्फबाट नाबाललाई भने र प्रतिक्षा गरे ।
10 Nabali akawajibu watumishi wa Daudi, “Daudi ni nani? Na ni nani mwana wa Yese? Siku hizi wapo watumishi wengi wanaotoroka bwana zao.
नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, “दाऊद को हुन् र यिशैका छोरा को हुन्? आजभोलि आफ्ना मालिकहरूबाट भाग्‍ने धेरै जना सेवकहरू छन् ।
11 Je, nichukue mkate wangu na maji yangu na nyama yangu ambayo nimewachinjia wakata manyoya wangu, na niwape watu wanaotoka nisikokujua?”
के मैले आफ्‍ना ऊन कत्रनेहरूका निम्ति काटेका मासु, मेरो रोटी र मेरो पानी कहाँबाट आएका हुन् भनी मैले नचिनेको मानिसहरूलाई दिनुपर्छ?”
12 Hivyo vijana wa Daudi waligeuka na kurudi, nakumwambia kila kitu kilichosemwa.
त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।
13 Daudi akawaambia watu wake, “Kila mtu ajifunge upanga wake.” Kila mtu akajifunga upanga wake. Daudi naye pia akajifunga upanga wake. Yapata kama watu mia nne wakafuatana na Daudi, na wengine mia mbili walibaki kulinda mizigo yao.
दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ‍-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।
14 Lakini kijana mmojawapo alimwambia Abigaili, mke wa Nabali akasema, “Daudi aliwatuma wajumbe kutoka jangwani waje wamsalimu bwana wetu, na yeye akawatukana.
तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्‍नी अबीगेललाई भने । तिनले भने, “दाऊदले उजाड-स्‍थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए र तिनले उनीहरूको अपमान गरे ।
15 Bado watu hawa walitutendea mema. Hatukudhurika na hatukupoteza chochote wakati wote tulipotembea nao tulipokuwa mbugani.
तापनि ती मानिसहरू हामीप्रति धेरै असल थिए । हामी बाहिर चरनमा हुँदा तिनीहरूसँग जाँदा र हामीलाई कुनै हानि भएन र कुनै कुरा पनि गुामएनौं ।
16 Walikuwa ukuta wetu usiku na mchana, wakati wote tulikuwa pamoja nao tukichunga kondoo.
हामीले तिनीहरूसँगै भेडाहरू चराउँदा तिनीहरू हाम्रा निम्ति दिन र रात दुवै समयमा पर्खाल नै भएका थिए ।
17 Kwa hiyo tambua hili na zingatia utafanya nini, maana ubaya unamvizia bwana wetu, na utakuwa juu ya nyumba yake yote. Yeye ni mtu asiyefaa na hakuna awezaye kushauriana naye.”
यसकारण यो कुरा जान्‍नुहोस् र तपाईंले के गर्नुपर्ने हो सो विचार गर्नुहोस्, किनकि हाम्रा मालिक र उहाँका सारा घरानाका विरुद्ध खराब षड्यन्त्र रचिएको छ । उहाँ यस्तो वेकामको मानिस हुनुहुन्‍छ, उहासँग कसैले वहस गर्न सक्दैन ।”
18 Ndipo Abigaili akaharakisha na akachukuwa mikate mia mbili, chupa mbili za divai, kondoo watano waliokwisha andaliwa, vipimo vitano vya bisi, vishada mia moja vya zabibu, na mikate mia mbili ya tini na akavipakia juu ya punda.
अनि अबीगेलले हतार गरिन् र दुई सय रोटी, दुई मशक दाखमद्य, पहिले नै तयार पाँच वटा भेडा, आठ पाथी सुकेको अन्‍न, एक सय झुप्‍पा किशमिश, दुई सय डल्ला सुकेको नेभारा लिए र तिनलाई गधामाथि राखिन् ।
19 Akamwambia kijana wake, “Tangulia mbele yangu, nami nitakuja nyuma yako.” Lakini hakumwambia mmewe Nabali.
तिनले आफ्ना जवान मानिसहरूलाई भनिन्, “मेरो अगिअगि जाओ र म तिमीहरूको पछिपछि आउनेछु ।” तर तिनले आफ्नो पति नाबाललाई यो कुरा भनिनन् ।
20 Alipokuwa akienda juu ya punda wake na kutelemka penye kificho cha mlima, Daudi na watu wake walishuka chini wakimwelekea Abigaili, naye akakutana nao.
जसै तिनी आफ्‍नो गधामा चढिन् र पहाडको बिचतिर आइपुगिन्, दाऊद र तिनका मानिसहरू तिनीकहाँ तल आए र तिनले तिनीहरूलाई भेटिन् ।
21 Basi Daudi alikuwa amesema, “Hakika nimelinda bure vyote alivyonavyo mtu huyu huko nyikani, na vyote alivyonavyo hakuna kilichopotea, pamoja na hayo amenilipa mabaya badala ya mema.
दाऊदले भनेका थिए, “निश्‍चय नै यो मानिसँग उजाड-स्‍थानमा भएका सबै थोकलाई मैले व्यार्थमा सुरक्षा दिएको रहेछु, ताकि उसँग भएका कुनै पनि कुरा हराएनन् र उसले मलाई असलको सट्टामा खराब फिर्ता दिएको छ ।
22 Mungu na anitendee hivyo mimi, Daudi, pia iwe zaidi, iwapo nitamwacha hata mtu mmoja wa kwake akiwa hai ifikapo kesho asubuhi.
भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्‍तै र यो भन्दा बढ्ता होस् ।”
23 Abigaili alipomwona Daudi, aliharakisha na kushuka chini ya punda wake, akalala kifudifudi na kujiinamisha hadi chini.
जब अबीगेलले दाऊदलाई देखिन्, तिनी हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन् र दाऊदको सामु तिनले शिर तल गरिन् र जमिनमा घोप्टो परिन् ।
24 Akamwangukia miguuni pake na kusema, “Juu yangu tu, bwana wangu, na uwe uovu. Tafadhali acha mjakazi wako aseme nawe, tena uyasikilize maneno ya mjakazi wako.
तिनी दाऊदको पाउमा परिन् र भनिन्, “हे मेरो मालिक, सारा दोष ममाथि नै परोस् । कृपया आफ्नो दासीलाई तपाईंसँग बोल्न दिनुहोस् र आफ्‍नो दासीको कुरा सुन्‍नुहोस् ।
25 Nakusihi bwana wangu usimjali mtu huyu asiyefaa, Nabali, kwa maana kama jina lake lilivyo, ndivyo alivyo. Jina lake ni Nabali, na upumbavu uko pamoja naye. Lakini mimi mjakazi wako sikuwaona vijana wa bwana wangu, uliowatuma.
मेरो मालिकले यो वेकामको मानिस नाबालको ख्याल नगर्नुहोस्, किनकि जस्‍तो उसको नाम छ ऊ त्यस्तै छ । उसको नाम नाबाल हो र उससँग मूर्खता छ । तर मेरो मालिकले पठाउनुभएका हजुरका जवान मानिसहरूलाई म तपाईंकी दासीले देखिन ।
26 Sasa basi, bwana wangu, kama BWANA aishivyo, na kama unavyoishi, kwa kuwa BWANA amekuondoa kutoka kumwaga damu, na kuacha kulipiza kisasi kwa mkono mwenyewe, basi adui zako, na wale ambao wanatafuta kumfanyia uovu bwana wangu, wawe kama Nabali
अब, हे मेरा मालिक, जस्तो परमप्रभु जीवित हुनुहुन्छ र हजूर जीवित हुनुहुन्छ, किनकि परमप्रभुले तपाईंलाई रक्‍तपात गर्न र आफ्नो शत्रुमाथि आफ्‍नै हातले बद्‍ला लिनबाट रोक्‍नुभएको छ, अब हे मेरा मालिक, तपाईंका सत्रुहरू र तपाईंको खराबी गर्न खोज्‍ने सबै नाबालजस्तै होऊन् ।
27 Na sasa zawadi hii ambayo mjakazi wako ameileta kwa bwana wangu, na wapewe vijana ambao wanamfuata bwana wangu.
अब तपाईंकी दासीले ल्याएकी यो उपहार मेरो मालिकका पछि हिंड्‍ने जवान मानिसहरूलाई दिइयोस् ।
28 Tafadhali ulisamehe kosa la mjakazi wako, maana BWANA hakika atamfanyia bwana wangu nyumba imara, kwa sababu bwana wangu anapigana vita vya BWANA; na uovu hautaonekana ndani yako maadamu unaishi.
कृपया आफ्‍नो दासीको अपराध क्षमा गर्नुहोस्, किनकि परमप्रभुले निश्‍चय नै मेरो मालिकको निम्ति अटल घराना बनाउनुहुनेछ, किनकि मेरो मालिकले परमप्रभुको युद्ध लडिरहनुभएको छ । र तपाईं जिवित बएसम्‍म तपाईंमा कुनै खराबी भेट्टाइने छैन ।
29 Na ingawa watu wangeinuka na kukuandama ili wakuue, bado uhai wa bwana wangu utafungwa katika furushi la walio hai na BWANA Mungu wako; na atayatupa maisha ya adui zako mbali, kama vile kutoka katika mfuko wa kombeo.
तपाईंको ज्यान लिनलाई मानिसहरूले तपाईंलाई लखेटे तापनि मेरो मालिकको जीवनलाई परमप्रभु तपाईंका परमेश्‍वरले जीवितहरूको मुट्ठामा बाँध्‍नुहुनेछ । अनि उहाँले तपाईंका शत्रुहरूको जीवनलाई घुँयत्रोको पाकेटबाट फालेझैं फाल्‍नुहुनेछ ।
30 Na itakuwa, BWANA atakapokuwa amemtimizia bwana wangu mambo yote mazuri ambayo amekuahidi, na alivyokufanya kiongozi juu ya Israeli,
परमप्रभुले तपाईंलाई प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले मेरो मालिकको निम्ति पुरा गर्नुहुनेछ, र तपाईंलाई इस्राएलमाथि अगुवा नियुक्‍त गर्नुभएको छ ।
31 jambo hili halitakuwa huzuni kwako, wala chukizo moyoni kwa bwana wangu, kwa sababu hukumwaga damu bila sababu, na hujajilipizia kisasi. Na BWANA akikuletea mafanikio, umkumbuke mjakazi wako.”
तपाईंले निर्दोष रगत बगाउनुभएको वा मेरो मालिकले आफ्‍नो उद्धार आफैले गरेकोले यो तपाईंको निम्ति पछुताउनुपर्ने बोझ हुनेछैन । किनकि परमप्रभुले मेरो मालिकको निम्ति असल गर्नुहुँदा आफ्नो दासीलाई पनि सम्झनुहोस् ।”
32 Ndipo Daudi akamwambia Abigaili, “BWANA, Mungu wa Israeli, abarikiwe, aliyekutuma uonane na mimi leo.
दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो ।
33 Na hekima yako ibarikiwe, nawe umebarikiwa, kwa sababu leo umenizuia nisiwe na hatia ya kumwaga damu, na kutojilipizia kisasi kwa mkono wangu mwenyewe.
तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ!
34 Kwa kweli, kama BWANA, Mungu wa Israeli, aishivyo, ambaye amenizuia nisikuumize, kama usinge harakisha kuja ukutane nami, kwa hakika kesho asubuhi asinge salia hata mtoto mmoja wa kiume kwa Nabali.”
किनकि साँचो भन्दा, जस्तो परमप्रभु इस्राएलका परमेश्‍वर जीवित हुनुहुन्छ, जसले मलाई तिमीलाई चोट पुर्‍याउनबाट बचाउनुभयो, तिमी मलाई भेट्‍न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन ।”
35 Kwa hiyo Daudi akavipokea kutoka mkononi mwake vile alivyokuwa amemletea; akamwambia, “Nenda kwa amani hadi nyumbani kwako; tazama, nimeisikiliza sauti yako na nimekubali.”
त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे । तिनले उनलाई भने, “आफ्नो घरमा शान्तिसँग जाऊ । हेर, मैले तिम्रो कुरा सुनेको छु र तिमीलाई स्वीकार गरेको छु ।”
36 Abigaili akarudi kwa Nabali; tazama, alikuwa akifanya sherehe katika mji wake, kama sherehe ya mfalme; na moyo wa Nabali ulifurahi ndani yake, kwa sababu alikwa amelewa sana. Kwa hiyo hakumwambia chochote kabisa hadi kulipopambazuka
अबीगेल नाबालकहाँ फर्केर गइन् । हेर, उसले आफ्नो घरमा राजाको भोजजस्तै भोज दिइरहेको थियो । नाबालको हृदय आफैमा हर्षित थियो, किनकि उसले धेरै पिएको थियो । त्यसैले तिनले भोलिपल्‍ट बिहान नभएसम्म उसलाई केही पनि भनिनन् ।
37 Ikawa asubuhi, divai ilipokuwa imemtoka Nabali, basi mkewe akamwambia mambo hayo; moyo wake ukafa ndani yake, na akawa kama jiwe.
बिहान यसो भयो, जब नाबाललाई मद्यले छोडेको थियो, तब उसकी पत्‍नीले उसलाई यी कुराहरू भनिन् । उसको हृदय आफैभित्र मर्‍यो र ऊ ढुङ्गाजस्तो भयो ।
38 Ikawa baada ya siku kumi BWANA alimpiga Nabali naye akafa.
दस दिनपछि परमप्रभुले नाबाललाई प्रहार गर्नुभयो ताकि ऊ मर्‍यो ।
39 Naye Daudi aliposikia kwamba Nabali amekufa, akasema, “BWANA abarikiwe, aliyenichukulia hatua ya shutuma yangu kutoka mkono wa Nabali, na kumzuia mtumishi wake asifanye maovu. Na amemrudishia Nabali tendo la uovu juu ya kichwa chake mwenyewe.” Ndipo Daudi akawatuma watu wakaongee na Abigaili, ili amchukue awe mke wake.
जब नाबाल मर्‍यो भन्‍ने दाऊदले सुने, तिनले भने, “परमप्रभु धन्यको होऊन्, जसले नाबालको हातबाट आएको मेरो अपमानको मामला लिनुभएको छ र आफ्नो दासलाई खराबी गर्नबाट बचाउनुभएको छ । उहाँले नाबालको दुष्‍ट कामलाई उसैको आफ्‍नै शिरमा खन्‍याउनुभएको छ ।” तब दाऊदले अबीगेललाई आफ्‍नी पत्‍नीको रूपमा लिन कुरा गर्न मानिसहरू पठाए ।
40 Watumishi wake Daudi walipofika kwa Abigaili huko Karmeli, wakaongea naye na kusema, “Daudi ametutuma kwako tukuchukue hadi kwake uwe mke wake.”
जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, “दाऊदले तपाईंलाई आफ्‍नो पत्‍नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।”
41 Abigaili aliinuka, akainamisha uso chini, na akasema, “Tazama, mjakazi wako ni mtumwa aoshaye miguu ya watumishi wa bwana wangu.”
उनी उठिन्, आफ्‍नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।”
42 Akaharakisha na kuamka, akapanda punda akiwa na vijakazi wake watano waliofuatana naye; akawafuata wajumbe wa Daudi, na akawa mke wake.
अबीगेलले हतार गरिन् र उठिन् र आफूसँगै लान आफ्‍ना पाँच जना दासीहरूसँगै गधामा बसिन्, अनि उनी दाऊदको दूतहरूको पछि लागिन् र तिनकी पत्‍नी भइन् ।
43 Daudi pia alimchukua Ahinoamu wa Yezreeli akamwoa; wote wawili wakawa wake zake.
यति बेला दाऊदले यिजरेलकी अहीनोमलाई पनि पत्‍नीको रूपमा लिएका थिए । ती दुवै जना तिनकी पत्‍नीहरू भए ।
44 Wakati huo Sauli alikuwa amempa Palti, mwana wa Laishi mtu wa Galimu, Mikali, binti yake, aliyekuwa mke wa Daudi.
साथै शाऊलले आफ्नी छोरी, दाऊदकी पत्‍नी मीकललाई गलीमका लेशका छोरा पल्तिएललाई दिएका थिए ।

< 1 Samweli 25 >