< Zaburi 62 >
1 Kwa mwimbishaji. Mtindo wa Yeduthuni. Zaburi ya Daudi. Kwa Mungu peke yake nafsi yangu inapata pumziko; wokovu wangu watoka kwake.
परमेश्वरमा मात्र म चूपचाप पर्खिन्छु । मेरो उद्धार उहाँबाट आउँछ ।
2 Yeye peke yake ndiye mwamba wangu na wokovu wangu; yeye ni ngome yangu, sitatikisika kamwe.
उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ । म धेरै डग्नेछैन ।
3 Mtamshambulia mtu hata lini? Je, ninyi nyote mtamtupa chini, ukuta huu ulioinama na uzio huu unaotikisika?
तिमीहरू सबै जनाले एक जना मानिसलाई कहिलेसम्म आक्रमण गर्छौ, जसलाई तिमीहरूले ढल्न लागेको पर्खाल वा कमजोर बारजस्तै ढाल्न सक्छौ?
4 Walikusudia kikamilifu kumwangusha toka mahali pake pa fahari; wanafurahia uongo. Kwa vinywa vyao hubariki, lakini ndani ya mioyo yao hulaani.
त्यसको आदरको ठाउँबाट त्यसलाई तल झार्नलाई मात्र तिनीहरू विचार विमर्श गर्छन् । तिनीहरू झुटो बोल्न रुचाउँछन् । आफ्ना मुखले तिनीहरूले त्यसलाई आशिष् दिन्छन्, तर आफ्ना हृदयमा तिनीहरूले त्यसलाई सराप्छन् । सेला
5 Ee nafsi yangu, upumzike, kwa Mungu peke yake, tumaini langu latoka kwake.
परमेश्वरमा मात्र म चूपचाप पर्खिन्छु । किनकि मेरो आसा उहाँमा राखिएको छ ।
6 Yeye peke yake ndiye mwamba wangu na wokovu wangu; ndiye ngome yangu, sitatikisika.
उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्लो धरहरा हुनुहुन्छ । म डग्नेछैन ।
7 Wokovu wangu na heshima yangu viko kwa Mungu, ndiye mwamba wangu wenye nguvu na kimbilio langu.
मेरो उद्धार र महिमा परमेश्वरसँग छ । मेरो बल र शरणको चट्टान परमेश्वर हुनुहुन्छ ।
8 Enyi watu, mtumainini yeye wakati wote, miminieni mioyo yenu kwake, kwa kuwa Mungu ni kimbilio letu.
ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ । सेला
9 Binadamu wa ngazi ya chini ni pumzi tu, nao wa ngazi ya juu ni uongo tu; wakipimwa kwenye mizani, si chochote; wote kwa pamoja ni pumzi tu.
निश्चय नै निम्न स्तरका मानिसहरू व्यर्थ हुन् र उच्च स्तरका मानिसहरू झुट हुन् । तिनीहरू तराजुमा तौलिंदा हलुका हुन्छन् । एकसाथ तौलिंदा पनि तिनीहरू केही पनि हुँदैनन् ।
10 Usitumainie vya udhalimu wala usijivune kwa vitu vya wizi; ingawa utajiri wako utaongezeka, usiviwekee moyo wako.
थिचोमिचो वा लुटमा भरोसा नगर । अनि व्यर्थमा धनमा आसा नगर, किनकि तिनीहरूले कुनै फल दिने छैनन् । आफ्नो हृदय तिनमा नलगाओ ।
11 Jambo moja Mungu amelisema, mambo mawili nimeyasikia: kwamba, Ee Mungu, wewe una nguvu,
परमेश्वरले एक पल्ट बोल्नुभएको छ, मैले यो दुई पल्ट सुनेको छुः शक्ति परमेश्वरकै हो ।
12 na kwamba, Ee Bwana, wewe ni mwenye upendo. Hakika utampa kila mtu thawabu kwa kadiri ya alivyotenda.
हे परमप्रभु, करारको विश्वस्तता पनि तपाईंकै हो, किनकि हरेक व्यक्तिले जे गरेको छ त्यसको प्रतिफल तपाईंले दिनुहुन्छ ।