< Zaburi 35 >
1 Zaburi ya Daudi. Ee Bwana, pingana na wale wanaopingana nami, upigane na hao wanaopigana nami.
हे परमप्रभु, मेरो विरुद्धमा काम गर्नेहरूका विरुद्धमा काम गर्नुहोस् । मेरो विरुद्धमा युद्ध गर्नेहरूका विरुद्धमा युद्ध गर्नुहोस् ।
2 Chukua ngao na kigao. Inuka unisaidie.
तपाईंको साना ढाल र ठुला ढाल लिनुहोस्। उठ्नुहोस् र मलाई सहायता गर्नुहोस् ।
3 Inua mkuki wako na fumo lako dhidi ya hao wanaonifuatia. Iambie nafsi yangu, “Mimi ni wokovu wako.”
मलाई खेद्नेहरूका विरुद्धमा तपाईंको भाला र बन्चरो प्रयोग गर्नुहोस् । मेरो प्राणलाई भन्नुहोस, “म नै तेरो उद्धार हुँ ।”
4 Wafedheheshwe na waaibishwe wale wanaotafuta uhai wangu. Wanaofanya shauri kuniangamiza warudishwe nyuma kwa hofu.
मेरो ज्याल लिन खोज्नेहरू लजजित र अपमानित होऊन् । मेरो हानि गर्न योजना रच्नेहरू पछि हटून् र व्याकुल होऊन् ।
5 Wawe kama makapi yapeperushwayo na upepo, malaika wa Bwana akiwafukuza.
परमप्रभुका दूतले तिनीहरूलाई लखेट्दा तिनीहरू हावाको सामु भुसझैं होऊन् ।
6 Njia yao na iwe giza na ya utelezi, malaika wa Bwana akiwafuatilia.
परमप्रभुका दूतले तिनीहरूलाई खेद्दा तिनीहरूका मार्ग अँध्यारो र चिप्लो होस् ।
7 Kwa vile walinifichia wavu wao bila sababu, na bila sababu wamenichimbia shimo,
विनाकारण तिनीहरूले मेरो निम्ति जाल थाप्छन् । विनाकारण तिनीहरूले मेरो जीवनको निम्ति खल्डो खन्छन् ।
8 maafa na yawapate ghafula: wavu walionifichia na uwatege wenyewe, na waanguke katika shimo hilo, kwa maangamizo yao.
विनाशले तिनीहरूलाई अचानक व्याकुल बनाओस् । तिनीहरूले थापेको जालले तिनीहरूलाई नै समातोस् । तिनीहरूको विनाशको निम्ति त्यसमा तिनीहरू नै फसून् ।
9 Ndipo nafsi yangu itashangilia katika Bwana na kuufurahia wokovu wake.
तर म परमप्रभुमा आनन्दित हुनेछु र उहाँको उद्धारमा रमाउनेछु ।
10 Nitapaza sauti yangu nikisema, “Ni nani aliye kama wewe, Ee Bwana? Wewe huwaokoa maskini kutokana na wale walio na nguvu kuliko wao, maskini na mhitaji kutokana na wanaowanyangʼanya!”
मेरा सबै हाडहरूले भन्नेछन्, “हे परमप्रभु, तपाईंझैं को छ, जसले थिचोमिचोमा परेकाहरूलाई तिनीहरू भन्दा अति बलियाहरूबाट, र गरिब तथा दरिद्रहरूलाई तिनीहरूलाई लुट्न खोज्नेहरूबाट बचाउनुहुन्छ?”
11 Mashahidi wakatili wanainuka, wananiuliza mambo nisiyoyajua.
अधर्मी साक्षीहरू खडा हुन्छन् । तिनीहरू मलाई झुटो दोष लगाउँछन् ।
12 Wananilipa baya kwa jema na kuiacha nafsi yangu ukiwa.
तिनीहरूले मलाई भलाइको सट्टा खराबी गर्छन् । म दुःखी छु ।
13 Lakini walipokuwa wagonjwa, nilivaa nguo ya gunia na nikajinyenyekesha kwa kufunga. Maombi yangu yaliponirudia bila kujibiwa,
तर तिनीहरू बिरामी हुँदा, मैले भाङ्ग्रा लगाएँ । मेरो शिर छातीमा निहुर्याएर मैले तिनीहरूको निम्ति उपवास बसें ।
14 niliendelea kuomboleza kama vile wao ni rafiki au ndugu. Niliinamisha kichwa chini kwa huzuni kama ninayemwombolezea mama yangu.
मेरो आफ्नै भाइलाई झैं मैले शोक गरें । मेरी आमाको निम्ति झैं मैले विलाप गरें ।
15 Lakini nilipojikwaa, walikusanyika kwa shangwe; washambuliaji walijikusanya dhidi yangu bila mimi kujua. Walinisingizia pasipo kukoma.
तर जब मैले ठेस खाएँ, तब तिनीहरू खुसी भए र एकसाथ भेला भए । तिनीहरू मेरो विरुद्धमा एकसाथ भेला भए र तिनीहरूले मलाई छक्क पारे । तिनीहरूले मलाई निरन्तर हप्काए ।
16 Kama watu wasiomcha Mungu, wamenidhihaki, wamenisagia meno.
कत्ति पनि आदर नगरी तिनीहरूले मेरो गिल्ला गरे । तिनीहरूले क्रोधमा ममाथि आफ्ना दाँत किटे ।
17 Ee Bwana, utatazama mpaka lini? Niokoe maisha yangu na maangamizi yao, uhai wangu wa thamani kutokana na simba hawa.
हे परमप्रभु, कहिलेसम्म तपाईं हेर्नुहुन्छ? तिनीहरूका विनाशपूर्ण आक्रमणबाट मेरो प्राणलाई, र सिंहहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।
18 Nami nitakushukuru mbele ya kusanyiko kubwa, nitakusifu katikati ya watu wengi.
तब ठुलो सभामा म तपाईंलाई धन्यवाद दिनेछु । धेरै जना मानिसका माझमा म तपाईंको प्रशंसा गर्नेछु ।
19 Usiwaache wale wanaonisimanga, wale ambao ni adui zangu bila sababu; usiwaache wale ambao ni adui zangu bila sababu wakonyeze jicho kwa hila.
मेरा छली शत्रुहरूलाई ममाथि आनन्दित हुन नदिनुहोस् । तिनीहरूका दुष्ट योजनाहरू पुरा गर्न तिनीहरूलाई नदिनुहोस् ।
20 Hawazungumzi kwa amani, bali wanatunga mashtaka ya uongo dhidi ya wale wanaoishi kwa utulivu katika nchi.
किनकि तिनीहरूले शान्तिको कुरा गर्दैनन् । तर हाम्रो देशमा शान्तिमा बसेकाहरूका विरुद्धमा तिनीहरू छलपूर्ण कुरा गर्छन् ।
21 Hunifumbulia vinywa vyao wakisema, “Aha! Aha! Kwa macho yetu wenyewe tumeliona.”
मेरो विरुद्धमा तिनीहरूले आफ्ना मुख चौडा खोल्छन् । तिनीहरूले भने, “आहा, आहा, हाम्रा आँखाले देखेका छन् ।”
22 Ee Bwana, umeona hili, usiwe kimya. Usiwe mbali nami, Ee Bwana.
हे परमप्रभु, तपाईंले यो देख्नुभएको छ, चूप नलाग्नुहोस् । हे परमप्रभु, मबाट टाढा नहुनुहोस् ।
23 Amka, inuka unitetee! Unipiganie Mungu wangu na Bwana wangu.
आफैलाई जाग्नुहोस् र मेरो रक्षा गर्न जाग्नुहोस् । हे मेरो परमेश्वर, मेरा प्रभु, मेरो रक्षा गर्नुहोस् ।
24 Nihukumu kwa haki yako, Ee Bwana Mungu wangu, sawasawa na haki yako; usiwaache wakusimange.
हे परमप्रभु मेरा परमेश्वर, तपाईंको धार्मिकताको कारणले मेरो रक्षा गर्नुहोस् । तिनीहरूलाई ममाथि आनन्दित हुन नदिनुहोस् ।
25 Usiwaache wafikiri, “Aha, hili ndilo tulilotaka!” Au waseme, “Tumemmeza.”
तिनीहरूले आफ्नो हृदयमा यसो नभनून्, “आहा, हामीले जे इच्छा गर्यौं सो पाएका छौं ।” तिनीहरूले यसो नभनून्, “हामीले त्यसलाई निलेका छौं ।”
26 Wote wanaofurahia dhiki yangu waaibishwe na wachanganyikiwe; hao wanaojiinua dhidi yangu wavikwe aibu na dharau.
मेरो कष्टमा आनन्दित हुनेहरू लज्जित होऊन् र तिनीहरू व्याकुल होऊन् । ममाथि आफैलाई उच्च पार्नेहरू लाज र अनादरले ढाकिन परोस् ।
27 Wale wanaofurahia hukumu yangu ya haki wapige kelele za shangwe na furaha; hebu waseme siku zote, “Bwana atukuzwe, ambaye amefurahia mafanikio ya mtumishi wake.”
मेरो निर्दोषताको इच्छा गर्नेहरू आनन्दले कराऊन् र खुसी होऊन् । तिनीहरूले निरन्तर यसो भनून्, “परमप्रभुको प्रशंसा होस्, जो आफ्नो सेवकको भलो हुँदा खुसी हुनुहुन्छ ।”
28 Ulimi wangu utanena haki yako na sifa zako mchana kutwa.
तब म तपाईंको न्यायको बारेमा भन्नेछु र सारा दिन तपाईंकै प्रशंसा गर्नेछु ।