< Zaburi 30 >
1 Utenzi wa kuweka wakfu hekalu. Zaburi ya Daudi. Nitakutukuza wewe, Ee Bwana, kwa kuwa umeniinua kutoka vilindi, na hukuacha adui zangu washangilie juu yangu.
हे परमप्रभु, म तपाईंलाई उचाल्छु, किनकि तपाईंले मलाई उठाउनुभएको छ र मेरा शत्रुहरूलाई ममाथि आनन्दित हुन दिनुभएको छैन ।
2 Ee Bwana, Mungu wangu, nilikuita unisaidie na wewe umeniponya.
हे परमप्रभु मेरो परमेश्वर, मैले सहयताको निम्ति तपाईंमा पुकारा गरें र तपाईंले मलाई निको गर्नुभयो ।
3 Ee Bwana, umenitoa Kuzimu, umeniokoa nisishuke kwenye shimo la mauti. (Sheol )
हे परमप्रभु, तपाईंले मेरो प्राणलाई चिहानबाट माथि ल्याउनुभएको छ । तपाईंले मलाई चिहानमा जानबाट जीवित राख्नुभएको छ । (Sheol )
4 Mwimbieni Bwana, enyi watakatifu wake; lisifuni jina lake takatifu.
हे परमप्रभुका विश्वासी मानिसहरू हो, उहाँको स्तुति गाओ । उहाँको पवित्रता तिमीहरूले याद गर्दा धन्यवाद देओ ।
5 Kwa maana hasira yake ni ya muda mfupi, bali upendo wake hudumu siku zote. Inawezekana kilio kiwepo usiku kucha, lakini asubuhi kukawa na furaha.
किनकि उहाँको रिस क्षणभरको निम्ति मात्र हुन्छ । तर उहाँको कृपा जीवनभरिको निम्ति हो । रातको निम्ति रोदन आउँछ, तर बिहान आनन्द आउँछ ।
6 Nilipofanikiwa nilisema, “Sitatikiswa kamwe.”
दृढतामा मैले भनें, “म कदापि डग्नेछैन ।”
7 Ee Bwana, uliponijalia, uliuimarisha mlima wangu, lakini ulipouficha uso wako nilifadhaika.
हे परमप्रभु, आफ्नो कृपाले तपाईंले मलाई बलियो पहाडको रूपमा स्थापित गर्नुभयो । तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो, तब मलाई कष्ट पर्यो ।
8 Kwako wewe, Ee Bwana, niliita, kwa Bwana niliomba rehema:
हे परमप्रभु, मैले तपाईंमा पुकारा गरें र मेरा परमप्रभुबाट कृपा खोजें ।
9 “Kuna faida gani katika kuangamia kwangu? Katika kushuka kwangu shimoni? Je, mavumbi yatakusifu? Je, yatatangaza uaminifu wako?
मेरो मृत्युमा म चिहानमा गएँ भने के फाइदा हुन्छ र? के धूलोले तपाईंको प्रशंसा गर्नेछ र? के त्यसले तपाईंको विश्वासनीयताको घोषणा गर्छ र?
10 Ee Bwana, unisikie na kunihurumia, Ee Bwana, uwe msaada wangu.”
हे परमप्रभु, सुन्नुहोस् र मलाई दया गर्नुहोस् । हे परमप्रभु, मेरो सहायक हुनुहोस् ।
11 Uligeuza maombolezo yangu kuwa kucheza, ulinivua nguo za gunia ukanivika shangwe,
तपाईंले मेरो शोकलाई नाँचमा परिणत गर्नुभएको छ । तपाईंले मेरो भाङ्ग्रा हटाउनुभएको छ र मलाई खुसीको पोशाक लगाउनुभएको छ ।
12 ili moyo wangu uweze kukusifu na usikae kimya. Ee Bwana Mungu wangu, nitakushukuru milele.
त्यसैले मेरो महिमाले तपाईंको प्रशंसा गाउनेछ र चूप लाग्ने छैन । हे परमप्रभु मेरो परमेश्वर, सदासर्वदा म तपाईंलाई दन्यवाद दिनेछु ।