< Zaburi 150 >
1 Msifuni Bwana. Msifuni Mungu katika patakatifu pake, msifuni katika mbingu zake kuu.
परमप्रभुको प्रशंसा गर । परमेश्वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
2 Msifuni kwa matendo yake makuu, msifuni kwa kadiri ya wingi wa ukuu wake.
उहाँका शक्तिशाली कामहरूका निम्ति उहाँको प्रशंसा गर । उहाँको आश्चर्यको महान्ताको निम्ति उहाँको प्रशंसा गर ।
3 Msifuni kwa mvumo wa tarumbeta, msifuni kwa kinubi na zeze,
सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
4 msifuni kwa matari na kucheza, msifuni kwa kinanda cha nyuzi na filimbi,
खैंजडी बजाउँदै र नाँच्दै उहाँको प्रशंसा गर । तार-वाजा र बाँसुरी बजाएर उहाँको प्रशंसा गर ।
5 msifuni kwa matoazi yaliayo, msifuni kwa matoazi yavumayo sana.
ठुलो सोरका झ्यालीहरूले उहाँको प्रशंसा गर । चर्को सोरका झ्यालीहरू बजाएर उहाँको प्रशंसा गर ।
6 Kila chenye pumzi na kimsifu Bwana. Msifuni Bwana!
सास हुने हरेक कुराले परमप्रभुको प्रशंसा गरोस् । परमप्रभुको प्रशंसा गर ।