< Mithali 31 >
1 Misemo ya Mfalme Lemueli, usia wa mama yake aliyomfundisha:
राजा लमूएलका वचनहरू अर्थात् तिनकी आमाले सिकाएकी ईश्वरवाणीः
2 “Ee mwanangu, ee mwana wa tumbo langu, ee mwana wa nadhiri zangu,
हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस्?
3 Usitumie nguvu zako kwa wanawake, uhodari wako kwa wale wanaowaharibu wafalme.
स्त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्ट गर्नेहरूलाई तेरा चालहरू नदे ।
4 “Ee Lemueli, haifai wafalme, haifai wafalme kunywa mvinyo, haifai watawala kutamani sana kileo,
यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्न ।
5 wasije wakanywa na kusahau vile sheria inavyoamuru na kuwanyima haki zao wote walioonewa.
किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् ।
6 Wape kileo wale wanaoangamia, mvinyo wale walio na uchungu,
नष्ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे ।
7 Wanywe na kusahau umaskini wao na wasikumbuke taabu yao tena.
त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्टलाई सम्झने छैन ।
8 “Sema kwa ajili ya wale wasioweza kujisemea, kwa ajili ya haki za wote walioachwa ukiwa.
बोल्न नसक्नेहरू र नष्ट भइरहेकाहरूको अधिकारको लागि बोल् ।
9 Sema na uamue kwa haki, tetea haki za maskini na wahitaji.”
आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् ।
10 Mke mwenye sifa nzuri, ni nani awezaye kumpata? Yeye ni wa thamani sana kuliko marijani.
कसले सुयोग्य पत्नी पाउन सक्छ? उनको मूल्य रत्नहरूभन्दा बहुमूल्य हुन्छ ।
11 Mume wake anamwamini kikamilifu wala hakosi kitu chochote cha thamani.
उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् ।
12 Humtendea mumewe mema, wala si mabaya, siku zote za maisha yake.
उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्,
13 Huchagua sufu na kitani naye hufanya kazi kwa mikono yenye bidii.
उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् ।
14 Yeye ni kama meli za biashara akileta chakula chake kutoka mbali.
उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् ।
15 Yeye huamka kungali bado giza huwapa jamaa yake chakula na mafungu kwa watumishi wake wa kike.
उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् ।
16 Huangalia shamba na kulinunua, kutokana na mapato yake hupanda shamba la mizabibu.
उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् ।
17 Hufanya kazi zake kwa nguvu, mikono yake ina nguvu kwa ajili ya kazi zake.
उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् ।
18 Huona kwamba biashara yake ina faida, wala taa yake haizimiki usiku.
उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन ।
19 Huweka mikono yake kwenye pia, navyo vidole vyake hushikilia kijiti chenye uzi.
उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् ।
20 Huwanyooshea maskini mikono yake na kuwakunjulia wahitaji vitanga vyake.
उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् ।
21 Theluji ishukapo, hana hofu kwa ajili ya watu wa nyumbani mwake, kwa maana wote wamevikwa nguo za kutia joto.
आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् ।
22 Hutengeneza mazulia ya urembo ya kufunika kitanda chake, yeye huvaa kitani safi na urujuani.
उनले आफ्नो ओछ्यानको लागि तन्ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् ।
23 Mume wake anaheshimiwa kwenye lango la mji, aketipo miongoni mwa wazee wa nchi.
उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् ।
24 Hutengeneza mavazi ya kitani na kuyauza, naye huwauzia wafanyabiashara mishipi.
उनले सुती कपडाका वस्त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् ।
25 Amevikwa nguvu na heshima, anaweza kucheka bila kuwa na hofu kwa siku zijazo.
उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्न सक्छिन् ।
26 Huzungumza kwa hekima na mafundisho ya kuaminika yapo ulimini mwake.
उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ ।
27 Huangalia mambo ya nyumbani mwake wala hali chakula cha uvivu.
उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् ।
28 Watoto wake huamka na kumwita aliyebarikiwa, mumewe pia humsifu, akisema:
उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्,
29 “Wanawake wengi hufanya vitu vyenye sifa nzuri, lakini wewe umewapita wote.”
“धेरै स्त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।”
30 Kujipamba ili kuvutia ni udanganyifu na uzuri unapita upesi, bali mwanamke anayemcha Bwana atasifiwa.
सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्ने स्त्रीको नै प्रशंसा गरिने छ ।
31 Mpe thawabu anayostahili, nazo kazi zake na zimletee sifa kwenye lango la mji.
उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।