< Hesabu 30 >

1 Mose akawaambia viongozi wa makabila ya Israeli: “Hili ndilo Bwana analoagiza:
मोशाले इस्राएलका मानिसहरूका कुलका अगुवाहरूलाई भने, “परमप्रभुले यो आज्ञा गर्नुभएको छ ।
2 Mwanaume awekapo nadhiri kwa Bwana, au anapoapa kujifunga kwa ahadi, kamwe asitangue neno lake, bali ni lazima afanye kila kitu alichosema.
जब कसैले परमप्रभुसँग भाकल गर्छ वा प्रतिज्ञासँगै आफैलाई शपथले बाँध्‍ने काम गर्छ, त्यसले आफ्नो वचन तोड्नुहुँदैन । त्यसले त्यसको मुखबाट निस्केका सबै कुरा पुरा गर्न त्यसको प्रतिज्ञा पालन गर्नुपर्छ ।
3 “Wakati mwanamwali anayeishi bado nyumbani kwa baba yake atakapoweka nadhiri kwa Bwana, ama amejifunga mwenyewe kwa ahadi,
आफ्नो बुबाको घरमा बस्‍ने जवान नारीले परमप्रभुको निम्ति भाकल गर्दा र आफैलाई प्रतिज्ञाद्वारा बाँध्दा,
4 na baba yake akasikia kuhusu nadhiri au ahadi yake lakini asimwambie lolote, ndipo nadhiri zake zote na kila ahadi aliyoiweka na kujifunga kwayo itathibitika.
यदि त्यसको बुबाले त्यसले आफूलाई बाँधेको भाकल र प्रतिज्ञा सुन्छ, यदि त्यसले त्यसको प्रतिज्ञालाई उल्टाउन कुनै कुरा भन्‍दैन भने, त्यसका सबै भाकल रहने छन् । त्यसले आफैलाई बाँधेकी हरेक प्रतिज्ञा सबल रहने छ ।
5 Lakini kama baba yake akimkataza wakati anapoisikia, hakuna nadhiri wala ahadi yake yoyote aliyojifunga kwayo itakayosimama; Bwana atamweka huru huyo mwanamwali kwa sababu baba yake amemkataza.
तर यदि त्यसका बुबाले त्यसको भाकल र प्रतिज्ञा सुन्छ र यदि त्यसले त्यसलाई केही भन्‍दैन भने, त्यसले गरेका सबै भाकल र प्रतिज्ञाहरू हराउने छन् ।
6 “Ikiwa ataolewa baada ya kuweka nadhiri au baada ya midomo yake kutamka ahadi fulani bila kufikiri akawa amejifunga hivyo,
तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए ।
7 na mume wake akasikia habari hiyo asimwambie neno lolote, ndipo nadhiri zake ama ahadi zake ambazo alikuwa amejifunga nazo zitathibitika.
यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् ।
8 Lakini ikiwa mume wake atamkataza atakaposikia kuhusu hilo, atakuwa ametangua nadhiri ambazo zilikuwa zimemfunga mkewe, ama ahadi aliyotamka pasipo kufikiri ambayo amejifunga kwayo, naye Bwana atamweka huru yule mwanamke.
तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने, त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
9 “Nadhiri yoyote ama patano ambalo limefanywa na mjane ama mwanamke aliyeachwa vitakuwa vimemfunga.
तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ ।
10 “Ikiwa mwanamke anayeishi na mumewe ataweka nadhiri ama kujifunga mwenyewe kwa ahadi chini ya kiapo,
यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने,
11 na mumewe akasikia kuhusu jambo hili lakini asimwambie lolote wala hakumkataza, ndipo viapo vyake vyote au ahadi zinazomfunga zitakapothibitika.
र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।
12 Lakini ikiwa mumewe atabatilisha nadhiri hizo baada ya kuzisikia, basi hakuna nadhiri au ahadi zozote alizoziweka kwa midomo yake zitakazothibitika. Mumewe atakuwa amezibatilisha, na Bwana atamweka huru yule mwanamke.
तर यदि त्यसका पतिले तिनीहरूको बारेमा सुनेको दिनमा नै तिनीहरूलाई रद्द गर्‍यो भने, त्यसको मुखबाट निस्केका भाकलहरू वा प्रतिज्ञाहरू जे भए पनि रहने छैनन् । त्यसका पतिले तिनीहरूलाई रद्द गरेको छ । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
13 Mumewe anaweza kuthibitisha au kutangua nadhiri yoyote anayoweka, au ahadi yoyote aliyoweka kwa kuapa ili kujikana mwenyewe.
कुनै महिलाले कुनै कुरा इन्कार गर्न आफैलाई बाँधेकी शपथ वा भाकललाई त्यसको पतिले पक्‍का गर्न वा रद्द गर्न सक्छ ।
14 Lakini ikiwa mumewe hasemi lolote kwake kuhusu jambo hilo siku baada ya siku, basi mumewe atakuwa amethibitisha nadhiri zote, na ahadi zote zinazomfunga mkewe. Anavithibitisha kwa kutokusema lolote kwa mkewe anapoyasikia hayo.
तर यदि त्यसले त्यसलाई दिन-दिनै केही भन्दैन भने, त्यसले गरेकी सबै भाकल र बाध्यात्मक प्रतिज्ञाहरूलाई त्यसले पक्‍का गर्छ । त्यसले तिनीहरूलाई पक्‍का गरेको छ, किनभने त्यसले तिनीहरूको बारेमा सुनेको समयमा त्यसले त्यसलाई केही पनि भनेन ।
15 Hata hivyo, ikiwa mumewe atavibatilisha baada ya kusikia hayo, basi atawajibika kwa hatia ya mkewe.”
यदि त्यसको पतिले सुनेको लामो समयपछि त्यसकी पत्‍नीको भाकललाई रद्द गर्ने कोसिस गर्‍यो भने त्यसको पापको निम्ति त्यो जिम्मेवार हुने छ ।”
16 Haya ndiyo masharti ambayo Bwana alimpa Mose kuhusu mahusiano kati ya mtu na mkewe, na kati ya baba na binti yake ambaye bado anaishi nyumbani kwa baba yake.
पुरुष र त्यसकी पत्‍नी, जवान हुँदा आफ्नो बुबाको परिवारमा रहँदा, बुबा र त्यसकी छोरी बिचको नियमहरू परमप्रभुले घोषणा गर्न मोशालाई आज्ञा गर्नुभएका सबै नियम यिनै नै हुन् ।

< Hesabu 30 >